एकान्त स्थानबाट चोरी गरि बेचिएको सुन बरामद

मिति:-२०७७।०२।३२ गते बिहान ०८:३० बजे ई.प्र.का. पाटन, बैतडीमा प्राप्त जाहेरी अनुसार जिल्ला बैतडी,सिगास गा.पा. - ७ बोरी बस्ने बर्ष ४१कि किनरमा बोहराले खेतबारीमा काम गर्न जाने क्रममा टाउकोमा रुमाल बाधी र मुखमा मास्क लगाएर बाटोमा हातहतियार देखाई ज्यान मार्ने सम्मको धम्की दिई कानमा रहेको १ तोला बराबरको सुन चोरी गरी बेचेको सुन बरामद गरिएको ।