डाकाँ चोरी मुद्दामा फरार १६ बर्ष पछि पक्राउ ।

जिल्ला कैलाली साविक चौमला गाविस ६ हाल ऐ.गौरिगंगा न पा २ स्थित स्थानियको घरमा मिति २०५८।१०।०४ गते राती हातहतियार सहित आएको समुहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न जिल्ला कैलाली साविक चौमला गाविस ६ हाल ऐ.गौरिगंगा न पा २ बस्ने बर्ष ६२ को चुलुवा चौधरी समेतलाई तत्कालै पक्राउ गरी सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागी कारागार कार्यालय कैलालीमा पठाएकोमा  मिति २०६१।१०।२७ गते निज कैलाली कारागारबाट भागी फरार भएको र मिति२०६६।३।२ गतेको कैलाली जिल्ला अदालतको फैसलाले निजलाई ६ बर्ष कैद र रु. ४,१४७।६५ ( चार हजार एक सय सत्तचालिस रुपैया पैसठ्ठी पैसा) जरिवना भई पुनरावेदन अदालत दिपायलबाट समेत सोही सजाय सदर भएका निज चुलुवाको खोज तलासका लागी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०५।१५ गते आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेलापारी पक्राउ गरी आवश्यक कारबाहीका लागी निजलाई आज मिति २०७७।०५।१६ गते कैलाली जिल्ला अदालतमा दाखिला गरिएकोछ ।daka