कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैद भई फरार १ जना पक्राउ ।
२०७८-०६-१३
- A
- A-
- A+
मिति २०६१।०७।०७ गते रातिको समयमा जिल्ला कैलाली साविक पवेरा ७ हाल ऐ.कैलारी गाउँपालीका वडा नम्बर ५ बस्ने बर्ष २३ को राम बहादुर कुमाल निजको माटोको भाडा बनाउने घरकोठामा एक्लै सुतेकोमा ऐ.८ गते बिहान धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा घर परिवारका मानिसले फेला पारेको घटना सम्बन्धमा अनुसन्धानका क्रममा पुरण प्रसाद कुमाल समेतलाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी कैलाली जिल्ला अदालतमा पेश भएकोमा निजलाई पुर्पक्षका लागी कारागार पठाईएको र मिति २०६१।१०।२७ गते निज कैलाली कारागार बाटै भागी फरार भए पश्चात निजको खोज तलासका लागी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०५।१५ गते निज पुरण प्रसादलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी आवश्यक कारबाहीका लागी कैलाली जिल्ला अदालतमा दाखिला गरिएको छ ।