प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डाकाँ चोरी मुद्दामा फरार १६ बर्ष पछि २ जना पक्राउ ।

२०७८-०६-१३

  • A
  • A-
  • A+
Share

जिल्ला कैलाली साविक चौमला गाविस ६ हाल ऐ.गौरिगंगा न पा २ स्थित स्थानियको घरमा मिति २०५८।१०।०४ गते राती हातहतियार सहित आएको समुहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न निम्न व्यक्तीहरुलाई तत्कालै पक्राउ गरी सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागी कारागार कार्यालय कैलालीमा पठाएकोमा  मिति २०६१।१०।२७ गते निजहरु कैलाली कारागारबाट भागी फरार भएको र मिति २०६६।३।२ गतेको कैलाली जिल्ला अदालतको फैसलाले निजहरुलाई ६ बर्ष कैद र जनहि रु. ४,१४७।६५ (चार हजार एक सय सत्तचालिस रुपैया पैसठ्ठी पैसा) जरिवना भई पुनरावेदन अदालत दिपायलबाट समेत सोही सजाय सदर भई हाल सम्म फरार रहेकोमा निजहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०५।१८ गते पक्राउ गरी आवश्यक कारबाहीका लागी निजहरुलाई कैलाली जिल्ला अदालतमा दाखिला गरेको ।

                                             निम्न -

  • जिल्ला कैलाली गौरिगंगा नगरपालीका वडा नम्बर २ बस्ने बर्ष ५६ को श्याम चौधरी ।
  • ऐ.ऐ बस्ने बर्ष ५० को फुलपाती चौधरी ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।