प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डाकाँ चोरी मुद्दामा फरार १६ बर्ष पछि २ जना पक्राउ ।

२०७८-०६-१३

  • A
  • A-
  • A+
Share

जिल्ला कैलाली साविक चौमला गाविस ६ हाल ऐ.गौरिगंगा न पा २ स्थित स्थानियको घरमा मिति २०५८।१०।०४ गते राती हातहतियार सहित आएको समुहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न निम्न व्यक्तीहरुलाई तत्कालै पक्राउ गरी सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागी कारागार कार्यालय कैलालीमा पठाएकोमा  मिति २०६१।१०।२७ गते निजहरु कैलाली कारागारबाट भागी फरार भएको र मिति २०६६।३।२ गतेको कैलाली जिल्ला अदालतको फैसलाले निजहरुलाई ६ बर्ष कैद र जनहि रु. ४,१४७।६५ (चार हजार एक सय सत्तचालिस रुपैया पैसठ्ठी पैसा) जरिवना भई पुनरावेदन अदालत दिपायलबाट समेत सोही सजाय सदर भई हाल सम्म फरार रहेकोमा निजहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०५।१८ गते पक्राउ गरी आवश्यक कारबाहीका लागी निजहरुलाई कैलाली जिल्ला अदालतमा दाखिला गरेको ।

                                             निम्न -

  • जिल्ला कैलाली गौरिगंगा नगरपालीका वडा नम्बर २ बस्ने बर्ष ५६ को श्याम चौधरी ।
  • ऐ.ऐ बस्ने बर्ष ५० को फुलपाती चौधरी ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।