लागु औषध सहित मानिस पक्राउ
२०७९-१०-०९
- A
- A-
- A+
मिति २०७९।१०।०९ गते अं. २०:१० बजे ईप्रका त्रिभुबनबस्ती कञ्चनपुरबाट प्र.नि.नरेश राज मल्लको कमाण्डमा खटिएको ७ जनाको गस्ति टोलीले पुनर्वास न.पा.१ ढक्का स्थित पेट्रोल पम्प नजिकै बेलौरी-धनगढि भित्रि हुलाकी सडक खण्डमा चेकजाँच गर्ने क्रममा बेलौरीबाट धनगढि तर्फ आउदै गरेको ऐ.बेलौरी नगरपालीका ३ खिरिया बस्ने राम नाथ रानाको छोरा बर्ष अं. २८ को राम अवतार राना सु.प.प्र.०१ ०१० प ३३५० नं.को मो.सा.चलाई आउदै गर्दा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजबाट खैरो हिरोईन जस्तो देखिने लागुऔषध प्लाष्टिक सहित ५.०३ ग्राम ( पाँच दशमलव शुन्य तिन) र प्लाष्टिक रहित तौल गर्दा ४.५८ ग्राम ( चार दशमलव पाच आठ ग्राम) फेला पारी र निजको साथमा रहेको मोबाईल थान-१, उक्त ला.औ.मो.सा.र निज ब्यक्तिलाई पक्राउ गरि आवश्यक प्रकृया पुरा गरि हिरासत कक्षमा राखिएको, र थप आवश्यक अनुसन्धान कार्य जारी रहेको ।