प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतीवादी पक्राउ

२०७९-१०-१२

  • A
  • A-
  • A+
Share

मिति २०७९/१०/१२ गतेको ११:२० बजेको समयमा अस्थायी प्रहरी पोष्ट तोरैयापुर कैलालीबाट  प्र.स.नि.मिठ्ठु बोहराको कमाण्डमा खटीई गएको प्रहरी टोलीले जिल्ला कैलाली जानकी गाँउपालीका वडा न. १ बस्ने बर्ष ४६ को राम कृपाल चौधरी (बन मुद्दाको रु.१०,५६०।–जरिवाना) र ऐ. वडा न.३ भगतपुर बस्ने बर्ष ६१ को  हिरण्ड्य प्रसाद ढुङगाना (भ्रष्टाचार मुद्दा,४ महिना कैद सजाय फैसला भएको)  फरार प्रतीबादीलाई निजहरुको  घरबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी सम्मानित कैलाली जिल्ला अदालत कैलालीमा पेश गरिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-०६

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट,ऐ.३ ब्यारेल नजिकबाट, ऐ.९ बाङ्ग्राकटानबाट र ऐ.१३ मोहनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३४,४६०।–बराबरको प्याज,लेडिज कुर्ती,सारी,सुर्ती,लेडिज कुर्ता सुरुवाल,चिनी,प्लाष्टिकको खेलौना,नमकिन लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।              कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ५ बनगाँउ र ९ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२४,४००।- बराबरको चिनी,दाल,खानेतेल,पास्ता लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय ब्रहमदेव र अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

फरार प्रतिवादी पक्राउ
२०८१-०१-०५

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।      निम्न:-१. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष ३३ को नर सिंह चौधरी ।  २. कुटपिट मुद्दामा रु.५,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष ४५ को भानु चौधरी ।  ३. बहुविवाह मुद्दामा १ बर्ष २ महिना ८ दिन कैद सजाय ठहर भएका घोडाघोडी न.पा.९ बस्ने बर्ष ४१ को हरिलाल भण्डारी । ४. लागू औषध खैरो हिरोइन मुद्दामा १ महिना १० दिन कैद सजाय ठहर भएका जानकी गा.पा. ६ बस्ने वर्ष २७ को ललित कडायत । 

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०१-०५

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट,ऐ.बालुवाघाटबाट र गोदावरी न.पा.१ महेन्द्रनगर रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५८,५९०।–बराबरको प्याज,गुट्खा,पास्ता,लेडिज कुर्ती,सुपारी,चकलेट लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।          यसैगरी, गोदावरी न.पा. ०१ धनगढी रोड स्थित सब्जी मण्डी नजिकबाट अबैंध रुपमा भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,५४,५००।–बराबरको ११ सय किलोग्राम प्याज र ८ वटा मोटरसाईकल सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.७ बस्ने बर्ष ४० को राम अवतार रानालाई बिशेष सूचनाको आधारमा मंगलबार ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामान सहित मानिसलाई आवश्यक कारबाहीको लागि प्रहरीले   कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० बिधुत कार्यालय नजिक,ऐ.११ चौकी सत्ताबाट, बेलौरी न.पा.१ फटैया ,ऐ.२ बैजुडाडा, ऐ.६ नकैया,भुराकोट र ऐ.१० भुडा पन्तचोक नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६१,३५१।- बराबरको चिनी,रिफाईन्ड तेल,चरिको बिउ,लेडिज सुट,चकलेट,सुर्ती,कस्मेटिक सामान,बोईलर कुखुरा लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय बेलौरी तथा ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।