प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०७९-१०-१४

  • A
  • A-
  • A+
Share

आज मिति २०७९।१०।१४ गतेको दिउसो अन्दाजी १५:०५ बजेको समयमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटीई गएको प्रहरी टोलीले वन मुद्दाको फरार प्रतिवादी जिल्ला कैलाली बर्दगोरिया गा.पा. ५ बेलुवा बस्ने बर्ष २२ को बिक्रम बि.क.लाई आफ्नै घरमा लुकी छीपी बसिरहेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिई ईप्रका सडकपुर बौनिया कैलाली ल्याई राखिएको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८१-०१-११

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।      निम्न:-१. बिना ईजाजत बन पैदावार ओसार पसार मुद्दामा १२ महिना कैद सजाय र रु. ४,९४८।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ११ बस्ने बर्ष ३० को सन्तरी राना ।२. चोरी मुद्दामा ६ महिना कैद सजाय र रु.५,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष ३० को पद्दुलाल चौधरी ।३. बन सम्बन्धी मुद्दामा रु.१,४५,०००।- जरिवाना ठहर भएका भजनी न.पा.८ बस्ने बर्ष ३२ को रमेश चौधरी ।

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-११

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चोक नजिकबाट,ऐ.७ कालिका चोक, गोदावरी न.पा.३ चौकीडाँडा र टिकापुर न.पा. ९ खैरिपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,११,७४५।–बराबरको प्याज,चिनी,सुर्ती, प्लाष्टिक झिल्ली,पेय पदार्थ,कुर्ता सुरवाल,धोती,कुर्ती सेट,थान कपडा,जुत्ता,मोटरसाईकल थान-१ लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ बनगाँउ,ऐ.१० जिमुवा जाने बाटोबाट र तिनताराबाट र पुनर्वास न.पा. ४ कार्गिलडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४७,००४।–बराबरको प्याज,चिनी,मिश्री,चामल,जिरा,मटर,तरकारी,हार्डवेयरका सामान,बिजुलीका सामान,बच्चाको कपडा,कुर्ती,लेडिज टिसर्ट,जुत्ती,चप्पल लगायत बोईलर कुखुरा समेत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८१-०१-११

       कैलाली:- धनगढी उ.म.न.पा.१२ पटरीघाटबाट ५ ग्राम ४३० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.८ बस्ने १८ बर्षिय किशोर र ऐ.३ बस्ने १८ बर्षिय किशोर गरि दुई जनालाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, निजहरुले प्रयोग गरेको मोटरसाईकल थान-१ र उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।       कञ्चनपुर:- भिमदत्त न.पा. ७ हल्दुखालबाट ०.२७ ग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २९ को सन्तोष जाग्री र ऐ. ३ तिलकपुरबाट ०.९४ ग्राम अबैंध लागू औषध खैरो हेरोईन सहित सोही ठाउँ बस्ने बर्ष २७ को निराजन बोहरालाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०१-१०

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयाबेहडी, टिकापुर न.पा.७ डाँडाबोझी, भजनी न.पा.३ कांडा र कैलारी गा.पा. ७ झोलुङगे पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१७,३००।–बराबरको प्याज,चिनी,बिडी,सुर्ती,खाने तेल,पेय पदार्थ,प्लाष्टिक झिल्ली लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   यसैगरी, धनगढी उ.म.न.पा.८ धनगढी गाउँबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याउदै गरेको अन्दाजी मूल्य रु.२,८१,५१०।–बराबरको ३७ कुण्डल १७ के.जी. गहुँ र गोरु समेत डल्लव थान- ४ सहित जिल्ला लखिमपुर खिरी गौरीफण्टा ग्राम कजरिया भारत बस्ने बर्ष ३५ को राम शरण राना समेत तीन जना भारतिय नागरिकलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित गहुँ,गोरु सहित डल्लव र मानिसलाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।