प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०७९-१०-१५

  • A
  • A-
  • A+
Share

फैसला कार्यान्वयन गर्ने क्रममा ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालतको मिति २०७६/१०/१६ गतेको फैसला अनुसार वन मुद्धामा रु.४८,२३४।- (अठचालिस हजार दुई सय चौतिस) जरिवाना तोकिई हालसम्म फरार अवस्थामा रहेका जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.१ एकतानगर शिविर बस्ने बर्ष ३९ को पहल सिंह टमट्टालाई मिति २०७९/१०/१४ गते दिउसो टीकापुर नगरपालिका वडा नं.१ स्थित सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

     यसैगरि फैसला कार्यान्वयन गर्ने क्रममा ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले २०७९/१०/१५ गते दिउसो टीकापुर न.पा.१ स्थित ऐ.बस्ने बर्ष ४२ की  पुष्पा तुलाचन करकाप मुद्धामा रू ५०/- र निजको छोरा बर्ष २५ को राजेश तुलाचन लाई रू.२५०/- कैलाली जिल्ला अदालतको मिति ०७३/११/०९ गते फैसला अनुसार करकाप मुद्धामा जरिवाना तोकिई हालसम्म फरार अवस्थामा दुबै जनालाई ऐ.घर नजिकै सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

      यसैगरि अस्थायी प्रहरी पोष्ट बसपार्क धनगढीबाट खटिइ गएको प्रहरी टोलीले  मिति २०७९/१०/१५ गतेको बेलुकी अन्दाजी १६:०० बजेको समयमा धनगढी उ.म.न.पा.४ बसपार्कबाट बैँकिङ कसुर मुद्धाकी फरार प्रतिबादी ऐ.५ बस्ने बर्ष २८ की मोनिका पाण्डेयलाई पक्राउ गरेको हो । 

     यसैगरि मिति २०७९।१०।१५ गतेको बेलुकीतिर ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया खटीएको प्रहरी टोलीले ज.ज.क.मुद्दाको फरार प्रतिवादी जि.कैलाली साबिक दोदोधरा गा.वि.स.४ हाल बर्दगोरिया गा.पा.५ रामपुर बस्ने बर्ष ५२ को सिता राम चौधरी मिति ०७४।०२।०७ गते सम्मानित कैलाली जिल्ला अदालतको फैसला अनुसार  कैद ४ बर्ष ११ महिना २६ दिन  बाँकी रहेको फरार प्रतिवादीलाई आफ्नै स्थाई वतनमा  लुकिछिपी बसि रहेको अवस्थामा गोप्य सुचनाको आधारमा पक्राउ गरेको । निजहरुलाई आवश्यक कारबाहीको लागी सम्मानित अदालतमा उपस्थित गराएको ।

सम्बन्धित समाचार
अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१२

   कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयाबेहडी नजिकबाट,ऐ.३ पुरवार पेट्रोल पम्प नजिकबाट, ऐ.९ त्रिवेणीघाट,ऐ.१२ खप्तड ईटा भट्टा नजिकबाट,ऐ.१५ कनरी बजारबाट, घोडाघोडी न.पा.७ भजनी सुखड भित्री सडक खण्डबाट, टिकापुर न.पा.८ बटनपुर र भजनी न.पा.५ कव्वाखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,७४,८१७।–बराबरको प्याज,चिनी,सुर्ती, नरिवल,बिस्कुट,प्लाष्टिक झिल्ली,पेय पदार्थ,सुट पिस,पानीपुरी,चक्लेट,बेसनको पिठो, आरा मेसिनको चेन लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ सुकासाल,ऐ.१७ मझगाउँ,बेलौरी न.पा.१ फटैया, ऐ.२ बैजुडाडा र बन्दातालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०९,९८०।–बराबरको प्याज,चिनी,दाल,हरियो केराउ,मोबिल,पेय पदार्थ, माछा, साईकल थान-३ लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     यसैगरी, बेलौरी न.पा.८ कलकत्ताबाट अबैध रुपमा भारतरबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मूल्य रु.१४,५०,०००।–(चौध लाख पचाँस हजार) बराबरको २०० क्विन्टल गहुँ र ट्याक्टरको ट्राली थान- २ मंगलबार ईलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित गहुँ र ट्राली आवश्यक कारवाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।

अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८१-०१-१२

     कैलाली:- धनगढी उ.म.न.पा.३ मिलनचोकबाट ३६० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २० की चेतना सेट्टी अवस्थीलाई  मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।     यसैगरी, धनगढी उ.म.न.पा.७ बेलीबाट ९० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २१ को प्रदिप रानालाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१२

    कैलाली:- जिल्ला कैलाली, मोहन्याल गा.पा.६ बिजगडा बस्ने शिकुराम जैशीको काठले बनेको खरले छाएको घर र गोठमा अचानक जंगलमा लागेको आगोबाट मंगलबार साँझतिर आगलागी हुँदा घर भित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सामानहरु गरि अन्दाजी रु. १,६०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       यसैगरी:- जिल्ला कैलाली, गोदावरी न.पा. ०१ महेन्द्रनगर रोड स्थित जिल्ला कन्चनपुर,कृष्णपुर न.पा.०७  बस्ने प्रेरणा पाण्डेले सञ्चालन गरेको प्रेरणा सपिङ्ग सेन्टरमा मंगलबार राती अचानक आगलागी हुँदा पसल भित्र रहेका सम्पुर्ण समानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । आगलागीबाट भएको क्षतीको विवरण आउन वाँकि रहेको । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-११

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चोक नजिकबाट,ऐ.७ कालिका चोक, गोदावरी न.पा.३ चौकीडाँडा र टिकापुर न.पा. ९ खैरिपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,११,७४५।–बराबरको प्याज,चिनी,सुर्ती, प्लाष्टिक झिल्ली,पेय पदार्थ,कुर्ता सुरवाल,धोती,कुर्ती सेट,थान कपडा,जुत्ता,मोटरसाईकल थान-१ लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ बनगाँउ,ऐ.१० जिमुवा जाने बाटोबाट र तिनताराबाट र पुनर्वास न.पा. ४ कार्गिलडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४७,००४।–बराबरको प्याज,चिनी,मिश्री,चामल,जिरा,मटर,तरकारी,हार्डवेयरका सामान,बिजुलीका सामान,बच्चाको कपडा,कुर्ती,लेडिज टिसर्ट,जुत्ती,चप्पल लगायत बोईलर कुखुरा समेत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।