लागुऔषध सहित मानिस पक्राउ
२०७९-१०-१७
- A
- A-
- A+
मिति २०७९।१०।१७ गते वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर कैलालीवाट संयुक्त खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालीका वडा नं. २ र ३ मा पर्ने सिमानाका स्थित शंका लागि चेकजाँच गर्दा जि.कैलाली गौरीगंगा न.पा.२ बस्ने बर्ष ३३ को हिक्मत साउद समेतका १२ जना मानिसहरुको साथवाट खैरोहोरिईन ६ ग्राम ४३० मिलीग्राम, गाँजा १० ग्राम, स्पासमो प्रोक्सिमन १९ क्याप्सुल, नाईट्राभेट १ ट्याव्लेट, कोरोक्स १ सिसि, स्पास २३ क्याप्सुल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीवाट थप अनुसन्धान भई रहेको छ ।
कञ्चनपुर:- यसै गरि मंगलवार दिउसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीवाट खटिईगएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलौरी नगरपालीका वडा नं. ६ हात्तिबोझ स्थित बेलौरी बजार देखि हात्तिबोझ तर्फ जादै गरेको से.७ प १४३९ न. को मो.सा. चालक बेलौरी न.पा.६ बिध्यानगर बस्ने बर्ष अं.२१ को आकाश बोहरालाई शंकालागी चेकजाँच गर्दा निजको साथवाट ०.१५ मि.ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने पदार्थ फेला पारी बरामद गरी मो.सा.र निज समेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलौरीमा राखी थप अनुसन्धान भईरहेको ।