लागु औषध सहित मानिस पक्राउ
२०७९-१०-१९
- A
- A-
- A+
कञ्चनपुर, लागु औषध नियन्त्रण बिशेष अभियानको क्रममा मिति २०७९।१०।१८ गतेको बेलुकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर,भिमदत्त न.पा. ४ सव्जीमण्डी स्थित करन साउदको घर कोठाबाट ला.औ. (चरेश) को कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा ऐ. बस्ने बर्ष ४२ को लोक बहादुर साउद ,ऐ. २ बस्ने बर्ष २४ को डम्मर शाहलाई निलो प्लाष्टिकमा शुद्ध तौल गर्दा १.६६४ कि.ग्रा र ऐ. १८ बस्ने बर्ष ३० की रेखा बडुको घरबाट १६७ ग्राम लागु औषध (चरेश) जस्तो देखिने पदार्थ फेला पारी मानिस सहित पक्राउ गरेको । सोही घटनामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएको छ ।