लागु औषध सहित मानिस पक्राउ
२०७९-१०-२४
- A
- A-
- A+
मिति २०७९/१०/२३ गतेको बेलुकी वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उ.म.न.पा.१३ भाटभटेनी नजिक ऐ.बस्ने बर्ष २७ को प्रकाश कुँवरलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ३०० मिलिग्राम ब्राउन सुगर फेला पारी मानिस सहित नियन्त्रणमा लिएको हो । निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।