अबैंध भन्सार छलिका सामानहरु सहित मानिस पक्राउ
२०७९-१०-२४
- A
- A-
- A+
कैलाली:-मिति २०७९।१०।२३ गतेको साँझतिर अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले जि. कैलाली धनगढी उमनपा-९ बाग्राकटान स्थित ऐ.८ बस्ने बर्ष ४२ को भक्त रानाले झोलामा भारतबाट भन्सार छलि गरि ल्याउदै गरेको पेन्ट्रो प्राजोला २० पत्ता लगायत अन्य ७ किसिमको अ.मुल्य रु.१,४८,३३८ (भारु) बराबरको औषधी सहित मानिस पक्राउ गरेको हो ।
कञ्चनपुर:-यसैगरि मिति २०७९/१०/२३ गते साँझतिर ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कृषणपुर न.पा.२ पबित्रा बस्ती स्थित जि.कैलाली गोदावरी न.पा.३ मालाखेती बस्ने बर्ष अ.२९ को शुरेस टमट्टाले चलाएको सु.प.प्र.०१०११० प १२८७ न.को मो.सा.द्वारा भन्सार छली गरी ल्याउदै गरेको चिनी,कालो प्लाष्टिक,बिडी लगायतको अन्दाजी रु. ९३,४००/- (तिरानब्बे हजार चार सय) बराबरको अबैध भन्सार छलीका सामानहरु बरामद गरी मानिस सहित पक्राउ गरेको हो । उल्लेखित सामानहरु सहित मानिसलाई कारबाहीको लागी प्रहरीले सम्बन्धित निकायमा पठाएको छ ।