प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामानहरु बरामद

२०७९-१०-२४

  • A
  • A-
  • A+
Share

कैलाली-मिति २०७९।१०।२४ गतेको बिहान प्रहरी चौकी त्रिनगरबाट खटिई गएको प्रहरी टोलीले  जि.कैलाली धनगढी उमनपा-२भन्सार स्थित भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी रु.६,५००/- बराबरको कपडा बेवारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको हो ।

कञ्चनपुर-यसैगरी मिति २०७९।१०।२४ गतेको दिउसो ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिई गएको प्रहरी टोलीले सिमानाका स्थित गस्ति गर्ने क्रममा जिल्ला कंचनपुर,बेलौरी न.पा६ बैजुडाडा स्थित गन्ना बारीमाभन्सार छली गरि ल्याएका अन्दाजी रु.२९,२००।–बराबरकाकपडा,पापड,कुरकुरे,साउण्ड बक्स,ग्याँस पाईप लगायतका सामानहरु बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागी प्रहरीले कैलाली भन्सार कार्यालय पठाएको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-१६

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. २ ट्राफिक चौराह नजिक, टिकापुर न.पा.७, ८ सोनाफाटा स्थित भित्री सडक खण्डबाट र भजनी न.पा.५ कौवाखेडा स्थित झुलङ्गे पुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६१,०३५।– बराबरको प्याज,चिनी,बिडी,सुर्ती,गुट्खा,प्लाष्टिक झिल्ली,मैदा,स्याम्पु,पेय पदार्थ,साईकलको ट्युब लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु, भिमदत्त न.पा. ४ सब्जीमण्डी,बसपार्क र ऐ.१० बिद्युत कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४३,१९५।–बराबरको चिनी,मिश्री,कुर्ती,सुट,मोबिल,ग्रिस,जुत्ता,दुध पाउडर,मेहेन्दी,बदाम पाक,रोगम बदाम,नारी सुधा,गोल्डेन धुप,भेष्ट,गुलाब जल,हर्बल,सिलाजित,दाल,गाजर,भिण्डी,सिमला मिर्चा,फर्सी,माछा लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।