लागु औषध सहित मानिस पक्राउ
२०७९-१०-२५
- A
- A-
- A+
कञ्चनपुर- मिति २०७९।१०।२४ गतेको साझतिर कञ्चनपुर जिल्लाको बिभिन्न स्थानवाट लागुऔषधसहित ५ जना मानिसलाई प्रहरीले पक्राउ गरेको हो । बेलौरी नपा६ बैशाखा स्थित नेपाल भारत सिमा ईलाकामा ईलाका प्रहरी कार्यालय वेलौरीवाट खटीएको प्रहरी टोलीले चेक जाँचको क्रममा जिल्ला कैलाली जोशीपुर गापा६ सिम्री बस्ने बर्ष २३ को पारस कठरियाले चलाएको सु.प.प्र.०१-०११ प ७१४६ नम्बरको स्कुटीपछाडी सवारऐ. २ मुद्दी बस्ने बर्ष २३ को दिनेश रावतसमेतलाई शंका लागीचेकजाँच गर्दा सोही स्कुटीको मोडगार्ड भित्र कालो रङ्गको प्लाष्टिकको थैलीमा १ पोका ०.८३ मिली ग्राम लागु औषध (खैरो हेरोईन) फेला पारी लागु औषध,स्कुटीर दुबै जना लाईपक्राउ गरेको हो । यसै गरी भिमदत्त न.पा. ४ कोव्रा डान्स बार नजिकै सडक खण्डमा व.प्र.का. महेन्द्रनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ऐ. ३ भाँसी बस्ने बर्ष १९ प्रवेश थापा मगरले चलाएको म. २ प. १८६६ नं. को मो.सा. लाई चेकजाँच गर्ने क्रममा सोही मो.सा. पछाडी सवार जिल्ला दार्चुला शैल्यशिखर न.पा. ३ घर भई हाल ऐ. भिमदत्त न.पा. ३ ऐठपुर कोठा गरी बस्ने बर्ष २९ को राम सिंह धामीको साथबाट Diazepam injection २० वटा, Buprenorphine Injection २० वटा, PromephazineHydrochlOride Injection २० वटा गरी जम्मा ६० वटा पिस र Nitraje Pam Tablet १० वटा फेला पारी ऐ. मो.सा. पछाडी सवार ऐ. भिमदत्त न.पा. ४ वस्ने बर्ष १८ को अनुराग टोके समेतलाई प्रहरीले पक्राउ गरेको हो । सो सम्म्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कैलाली:- यसै गरी मिति २०७९/१०/२४ गतेको रातीटीकापुर नपा २ मुलपानी स्थित सडक खण्डमा Ontestमो.सा.दुर्घटना भएको भन्ने खबर जानकारी हुना साथ ईलाका प्रहरी कार्यालय टिकापरवाट खटिगएको प्रहरी टोलीसो स्थानमा पुग्दा जिल्ला कैलाली टीकापुर नपा५ नुक्कलीपुर बस्ने बर्ष २३ को साजन चौधरी लाई फेला पारी निजकोशरिर खानतलासी गर्दा निजले लगाएको जकेटको भित्री गोजीवाट ६७० मिलि ग्राम लागुऔषध खैरो हिरोईनसहित मोसा रमानिसलाई पक्राउ गरेको हो । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।