लागुऔषध सहित ३ जना मानिस पक्राउ
२०७९-१०-२६
- A
- A-
- A+
कैलाली- मिति २०७९/१०/२५ गते बेलुका जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालीका वडा न. ८ स्थित ऐ वस्ने वर्ष २२ को सिरु राना र ऐ.ऐ वस्ने वर्ष १७ को हिमाल रानालाई शंका लागी चेक जाँच गर्दा ९ ग्राम ४५० मिलि ग्राम लागुऔषध ब्राउन सुगर (खैरोहेरोई) सहित दुवै जनालाई प्रहरी पक्राउ गरेको हो ।
यसैगरि बुधवार वेलुकी ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीवाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली टिकापुर नगरपालीका वडा न १ वजार स्थित ऐ.ऐ. वस्ने वर्ष १९ को प्रमोद बराललाई शंका लागी चेक जाँच गर्ने क्रममा निजको साथवाट ३४० मिलि ग्राम लागुऔषध (खैरो हेरोईन) सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।