कैलालीका बिभन्न स्थानवाट लागुऔषध सहित मानिस पक्राउ
२०७९-११-०३
- A
- A-
- A+
मिति २०७९/११/०२ गते रातिको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा स्थित ऐ.ऐ. १७ धुर्जन्ना बस्ने बर्ष १७ को आयुश चौधरीको साथबाट २५० मिलिग्राम । यसै गरि अस्थाई प्रहरी पोष्ट जोगेडावाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा.१० खप्तड ईट्टा भट्टा नजिक ऐ.१५ बस्ने बर्ष २३ को हुकुम राना र निजकै श्रीमती बर्ष २३ की निलु चौधरीलाई ८५० मिलिग्राम लागुऔषध खैरोहेरोईन र निजहरुले प्रयोग गरेको सु.प.प्र.०१-००९ प २५८३ नं. को स्कुटर सहित दुबै जनालाई पक्राउ गरेको हो । सोही राती बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली गदावरी न.पा.१ अत्तरिया टेलीकम गल्लि स्थित ऐ. बस्ने बर्ष २४ को सुमन थापाको आफु सुत्ने कोठा बाट ४ ग्राम ३९० मिली ग्राम लागुऔषध खैरोरोईन फेला पारी पक्राउ गेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।