लागू औषध सहित मानिस पक्राउ
२०७९-११-०४
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०७९।११।०३ गते साझतिर खटिगएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर पुनर्वास न.पा.११ अमरबस्ती स्थित ऐ.ऐ. बस्ने बर्ष ३२ को सविन महर्जन र ऐ.ऐ. वस्ने बर्ष २६ को राजु वि.क.लाई ४ ग्राम लागू औषध खैरोहेरोईन र नगद भारतिय रुपैया ४४२०, नेपाली रुपैया ६४९०, विभिन्न देशका सिक्का ७ वटा, डिजिटल काटा १ थान र से ५ प ५४९ नं.को मो.सा. सहित प्रहरीले पक्राउ गरेको हो ।
कैलाली:- यसै गरि प्रहरी चौकी त्रिनगर कैलालीवाट खटिएको प्रहरी टोलीले बुधवार साझ जिल्ला कैलाली धनगढी उमनपा-२ त्रिनगर ब्यारल स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको चालक जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ३ बस्ने बर्ष २३ को आशिष ओलीले चलाएको सु.प.प्र.०१-००१०प ७९९९ नम्बरको मो.सा. लाई शंका लागी चेकजाच गर्दा निजको साथबाट लागू औषध खैरोहेरोईन ३ ग्राम ७० मिलि ग्राम र सोही मो सा को पछाडी सवार ऐ.ऐ.३ बस्ने बर्ष २९ को बसन्त ओलिलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।