अबैंध भन्सार छलीका सामान बरामद
२०७९-११-०७
- A
- A-
- A+
कञ्चनपुर:- २०७९।११।०७ गतेको बिहान ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिई गएको प्रहरी टोलीले भिमदत्त न.पा.१० काठेपुल स्थित भारतबाट अबैंध भन्सार छली गरी ल्याएको चप्पल, हार्डवेयर सामानहरु, वाईरिङको सामान, कपडा, बिडी र अन्य सामान गरी अ. रु.२,०४,२७०।- बराबरको वेवारिसे अवस्थामा सामान फेला पारी प्रहरीले पक्राउ गरेको हो । उक्त सामानहरु आवश्यक कारबाहीको लागी गड्डाचौकी भन्सार कार्यालय पठाईएको छ ।