चितुवाको छाला सहित मानिस पक्राउ
२०७९-११-०७
- A
- A-
- A+
कैलाली: मिति २०७९/११/०७ गतेको दिउसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय चिसापानीबाट खट्टिएको संयुक्त प्रहरी टोलीले कुईने देखी चिसापानी तर्फ आउँदै गरेको चालक जिल्ला अछाम बिनायक नपा ६ तोली बस्ने बर्ष ३६ को तुल बहादुर बि.क.ले चलाएको से.५ प ८०३१ नं.को मोटरसाईकल पछाडी सवार जिल्ला जुम्ला तातोपानी गापा ४ राउतवाडा बस्ने बर्ष ५० को तुल बहादुर खत्रीको साथमा रहेको झोला चेक जाँच गर्दा लम्बाई ७ फिट १० ईन्च र चौडाई ४ फिट ७ ईन्च भएको चितुवाको जस्तो देखिने छाला थान १ (एक) र बन्यजन्तुको जस्तो देखिने बिभिन्न भागका हड्डी २ किलो ९५० ग्राम सहित निज दुवै जना र मो.सा. समेत प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।