फरार प्रतिवादी पक्राउ
२०७९-११-०८
- A
- A-
- A+
कैलाली:- मिति २०७९।११।०८ गतेको दिउसो अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली ध.उ.म.न.पा.४ बसपार्क स्थित जिल्ला कैलाली ध.उ.म.न.पा.४ बस्ने बर्ष ३६ को कर्तब्य ज्यान मुद्वाको सम्मानित कैलाली जिल्ला अदालतको २०६६।०७।२४ गतेको फैसला अनुसार २ बर्ष कैद तोकिएको फरार प्रतिवादी अर्जुन भट्टराई र ऐ.बस्ने बर्ष ४७ को चोरी मुद्वाको सम्मानित कैलाली जिल्ला अदालतको २०७१।१०।२४ गतेको फैसला अनुसार ४ दिन कैद र रु.३२,०००।– जरिवाना तोकिएको फरार प्रतिवादी मोहन शाहलाई प्रहरी टोलीले पक्राउ गरेको हो । निज दुबै जनालाई आवश्यक कारबाहीको लागी सम्मानित कैलाली जिल्ला अदालत कैलालीमा पेश गरिएको छ ।