प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बन्यजन्तु अखेटोपहार (चितुवाको हड्डी जस्तो देखिने) सहित मानिस पक्राउ

२०७९-११-१४

  • A
  • A-
  • A+
Share

मिति २०७९/११/१४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय डडेल्धुरावाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला डडेल्धुरा अमरगढी न.पा.५ बागबजार स्थित जिल्ला बाजुरा बुढीगंगा न.पा. १० बस्ने बर्ष २६ को  राजेन्द्र जैसी र ऐ. खप्तडछेडेदह गा.पा.७ बस्ने बर्ष २७ को बिर ब. वलीलाई हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट बन्यजन्तु अखेटोपहार (चितुवाको हड्डी जस्तो देखिने) ४ किलो ५ ग्राम  फेला पारि निज दुबै जनालाई समेत नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-०८

कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१ बसन्तटोल,ऐ.२ ट्राफिक चौराह नजिकबाट र ऐ.५ उत्तरवेहडी चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५९,९००।–बराबरको प्याज,चिनी,प्लाष्टिक झिल्ली,जिरा,लेडिज सुट लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.४ घ गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३२,०००।–बराबरको प्याज,चिनी,सुर्ती,मिठाई,सुपारी,प्लाष्टिक डोरी,लगायतका सामानहरु शुक्रबार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

कर्णाली नदीमा बगेर बेपत्ता
२०८१-०१-०७

     बाजुरा:- जिल्ला बाजुरा, जगन्नाथ गा.पा.२ बस्केना बस्ने नन्द बहादुर शाहको छोरी अन्दाजी बर्ष १५ की सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी अन्दाजी बर्ष १३ की सन्जु कुमारी शाही बिहीबार दिउँसो ऐ.नुनेपानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा बगी बेपत्ता भएका हुन । निज दुबै जना बालिका बगी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई गई बुझ्दा निजहरु सहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकालाई सकुशल उद्दार गरिएको साथै नदीमा बगेर बेपत्ता भएका बालिकाहरुको प्रहरीले खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-०७

       बैतडी:- जिल्ला बैतडी, पञ्चेश्वर गा.पा. ४ भनकुडा स्थित जय बहादुर चन्दको ढुंगाले बनेको खर र त्रिपालले छाएको ४ कोठे र ७ कोठे गरी २ (दुई) वटा घरमा सोही ठाँउ स्थित जंगलमा लागेको आगोबाट दुबै घरमा बिहीबार साँझतिर आगलागी हुँदा घर भित्र रहेका काठ, भाडाबर्तन,लत्ताकपडा,खाद्यान्न,सोलार प्यानल लगायतका सामानहरु गरि अन्दाजी रु. ५,००,०००।–(पाँच लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।