जुवातास खेलिरहेको अवस्थामा ६ जना मानिस पक्राउ
२०७९-११-१६
- A
- A-
- A+
कञ्चनपुर: मिति २०७९।११।१५ गतेको राती ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर पुनर्वास नगरपालीका वडा नं. ५ स्थित वडा कार्यालय भवन पछाडी जुवातास खेलिरहेको अवस्थामा निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुका साथै खालमा रहेका नगद रू २,४०५।– ( दुई हजार चार सय पाँच मात्र ) ,एक गड्डी तास सहित प्रहरी टोलीले निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
निम्न:-
१) जिल्ला कञ्चनपुर पुनर्वास न.पा. वडा नं.५ “ग” गाऊ बस्ने वर्ष ३३ को भक्त बोगटी ।
२) ऐ. ऐ. बस्ने वर्ष ३७ को गणेश साँउद ।
३) ऐ.ऐ. बस्ने बर्ष २७ को भक्त सिंह ।
४) ऐ.ऐ. बस्ने वर्ष ३० को श्याम बोगटी ।
५) ऐ.ऐ. बस्ने वर्ष २७ को शरद बि.सि.।
६) जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं.१६ बस्ने वर्ष २१ को हिमाल सिंह ।