अबैंध भन्सार छलीका सामान सहित मानिस पक्राउ
२०७९-११-२०
- A
- A-
- A+
कैलाली: मिति २०७९।११।१९ गतेको दिउसो कैलालीका बिभिन्न स्थानहरुबाट प्रहरी टोलीले अबैंध भन्सार छली ल्याएका सामान सहित मानिस पक्राउ गरेको हो । टीकापुर न.पा.८ स्थित भित्री सडक खण्डमा ऐ.कालिमाटी बस्ने बर्ष ४० को शंकर साउँदले गोरु गाडामा भन्सार छलि ल्याउदै गरेको स्टिल बाटा,स्टिल बाल्टिन, स्टिल पुन्यु,स्टिल डाडु, काँसका थाली,फलामको कडाई,ईलोक्ट्रिक आईरन,फलामको तावा लगायत जम्मा अंन्दाजी मुल्य रु २,७९,३५०।– (दुई लाख उनासी हजार तिन सय पचास) बराबरको सामान सहित निज शंकर साउँदलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
यसैगरि शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उपमहानहरपालिका २ त्रिनगर भन्सार नजिक भारतबाट भन्सार छली गरी ल्याएको मम्फली(बदाम),चना,प्याँज गरि अन्दाजी रू.२४,०००।– बराबरको सामान बेवारिसे अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसैगरि शुक्रबार दिउसो प्रहरी चौकी कैलालीगाउबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालीका १३ राजपुरचोक स्थित भारतबाट भन्सार छली गरि ल्याउका सेन्डिल चप्पल,बिडि,मैदा,कालो झिल्ली,सुपरपावर,आन्टि सुपारी,चियापत्ति,मसला लगायतका अन्दाजी रु.५५००० (पच्पन्न हजार) बराबरको सामानहरु वेवारिसे अवस्थामा फेला पारी प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उल्लेखित पक्राउ परेको सामान सहित मानिसलाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय पठाएको छ ।