प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छलीका सामान सहित मानिस पक्राउ

२०७९-११-२२

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०७९।११।२२ गते अस्थाई पोष्ट बसपार्क धनगढीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ४ स्थित जिल्ला कैलाली गो.न.पा. ५ बस्ने बर्ष ३५ को मान ब. बोहरा र निजले चलाएको  से ७ प ७७७० नं.को मो.सा.मा भारत बाट भन्सार छली गरी ल्याएको चिनी ५० के.जी, मैदा ४० के.जी.सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी कैलाली भन्सार कार्यालयमा बुझाईऐको ।

कञ्चनपुर:- मिति०७९।११।२२ गते ईलाका प्रहरी कार्यालय बेलौरी बाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर बेलौरी न.पा.६ रिछाह बस्ने वर्ष ३० को सुरज राना सहित ३ जना मानिस, २ वटा मोटरसाईकल र अन्दाजि ४०,०००।– बराबरको १०० केजि बोईलर कुखुरा सहित मानिसलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकामा बुझाईएको ।

 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-०४

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ चटकपुर नजिकबाट, भजनी न.पा.०६ नवलपुर र टिकापुर न.पा.१ सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,१००।–बराबरको प्याज,सुर्ती,चिनी,खानेतेल लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।          कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०६,२००।- (एक लाख छ हजार दुइ सय) बराबरको ब्लाउज थान कपडा, सेतो थान कपडा, कालो पोलिथिन, रिफाईन्ड तेल, डाल्डा, चरिको बिउ,चप्पल,ब्रेक-सु,मोटरसाईकलको हेडलाईट,कोराजिन औषधी लगायतका सामानहरु सोमबार ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको हो ।

फरार प्रतिवादी पक्राउ
२०८१-०१-०४

   कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।   निम्न:-१. चोरी मुद्दामा रु.४,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.१ बस्ने बर्ष २२ को दिनेश वि.क. ।  २. कुटपिट मुद्दामा रु.५,००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष ४५ को चन्द्र प्रकाश कोइराला ।  ३. कुटपिट मुद्दामा रु.५,००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष ३४ को जगत प्रकाश कोईराला ।  ४. बन मुद्दामा रु.१,८००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने बर्ष ६० को रतन लाल सार्की ।   

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-०३

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट र गोदावरी न.पा.१ मनहराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९१,४४०।–बराबरको प्याज,सुर्ती,साडी,लेडिज सुट लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।           कञ्चनपुर:- जिल्ला कञ्चनपुर,बेलौरी न.पा.८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १९,६००।–बराबरको आलु,छिद्रा माछा,साईकल लगायतका सामानहरु आईतबार प्रहरी चौकी पचुईबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।