प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरी मुद्दा र सवारी ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ

२०७९-१२-०१

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।११।३० गते ईलाका प्रहरी कार्यालय सुख्खड कैलाली र प्रहरी चौकी पहलमानपुर कैलालीवाट खटिएको संयुक्त प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीको २०७७/०४/२७ गतेको आदेशले १ महिना कैद र दुई हजार जरिवाना तोकिएको सवारी ज्यान कसुर मुद्दाको फरार प्रतिबादी जि.कैलाली घोडाघोडी न.पा.८ दिपनगर बस्ने बर्ष २९ को लोकेन्र्द गुरुङलाई निजको घर नजिक सडक वाटोमा हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेक हो । 

यसै गरि मिति २०७९।१२।०१ गते ईलाका प्रहरी कार्यालय सुख्खड कैलाली र प्रहरी चौकी पहलमानपुर कैलालीवाट खटिएको संयुक्त प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीको २०७५/११/०९ गतेको आदेशले २२ दिन  कैद र दश हजार जरिवाना तोकिएको चोरी  कसुर मुद्दाको फरार प्रतिबादी जि. कैलाली घोडाघोडी न.पा. १० पहलमानपुर थेबै बस्ने बर्ष २८ को रमेश भन्ने सनम डगौरा आफ्नै घरमा बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । 

दुवै जना फरार प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीमा बुझाईएको । 

सम्बन्धित समाचार
लागु औषध सहित मानिस पक्राउ
२०७९-१२-१९

कैलाली- मिति २०७९।१२।१८ गते दिउसो ईलाका प्रहरी कार्यालय लम्कीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली लम्की चुहा न.पा.२ गणेशपुर  बस्ने बर्ष २५ को सञ्जु शाही लागु औषध (खैरो हिरोईन) को कारोवार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ऐ.बस्ने वर्ष २४ को नविन डांगी र ऐ.ल.चु.न.पा.६ बस्ने वर्ष २३ को प्रतुष ओडलाई फेला पारी निजहरुको शरिर तथा घर कोठामा रित पुर्वक खानतलासी गर्दा निजहरुको साथवाट १ ग्राम ३ सय ६०  मिलि ग्राम लागु औषध खैरोहेरोईन फेला पारी तिनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।यसै गरि शनिवार साझको समयमा जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट चटकपुरवाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ त्रिभुवन चोक स्थित जिल्ला कैलाली गोदावरी नगरपालिका २ बस्ने बर्ष २६  को गोबिन्द रावल र भारत पलिया बस्ने बर्ष १९ को राज सिहंलाई शंका लागि चेक जाँच गर्दा निजहरुको साथवाट १ ग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कञ्चनपुर- मिति २०७९/१२/१८ गते दिउसो ईलाका प्रहरी कार्यालय झलारीवाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर शुकल्लाफाटा न.पा.११ स्थित ऐ.शुक्लाफाटा न.पा. १० झलारी बस्ने बर्ष १८ को प्रबिन भन्ने ओम प्रकाश ओलि र ऐ.न.पा.११अम्मर पुर बस्ने बर्ष १७ को राजु बोहोरालाई शंकालागि चेकजाँच गर्दा निजहरुको साथबाट ५४० मिलि ग्राम लागुऔषध खैरोहेरोईन फेलापारी निजहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान बरामद
२०७९-१२-१८

कञ्चनपुर- मिति २०७९/१२/१७ गते बिहान ईलाका प्रहरी कार्यालय झलारीवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनुर शुकल्लाफाटा न.पा.११ कलुवापुर स्थित कलुवापुर बेलौरी सडक खण्डमा जिल्ला दार्चुला लेकम गा.पा. १ बस्ने बर्ष ३४ को अम्वा दत्त भट्टले चलाएको ना.४ ख. ४०२७ नम्बरको बसमा भन्सार छलि गरी ल्याएको ५० किलोका २० कट्टा चिनी फेला पारी  चिनीको अ. मूल्य रु ७०,०००।- र बसको अ.मुल्य रु ७,००,०००।- गरी जम्मा अ.मुल्य रु. ७,७०,०००।-  बराबरको बस सहित प्रहरीले नियन्त्रणमा लिएको हो । चिनी र बस सहित आवश्यक कार्वाहीको लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकी महेन्द्रनगर बुझाएको हो ।

लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-१८

कैलाली- मिति २०७९।१२।१७ गते बेलुका जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालका २ त्रिनगर भन्सार नजिक जिल्ला कैलाली गोदावरी नगरपालिका  १० बस्ने बर्ष २२  को अजबिन चौधरी  र ऐ.ऐ बस्ने बर्ष १९  को सगुन चौधरीलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुको साथवाट ८०० मिलि ग्राम लागु औषध खैरोहेरोईन सहित दुवै जनालाई प्रहीले पक्राउ गरेको हो ।  यसै गरी शुक्रबार बेलुकी तिर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी, ईलाका प्रहरी कार्यालय भजनी र ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको संयुक्त गस्ती टोलीले जिल्ला कैलाली भजनी न.पा. ७ चर्रा स्थित ऐ.ऐ. बस्ने बर्ष २३ को ईन्द्र बहादुर कठरियालाई संका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट ३३ ग्राम (तेत्तिस ग्राम ) ला.औ. खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।