फरार प्रतिबादी पक्राउ सम्बन्धमा
२०७९-१२-०५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयन गर्ने क्रममा मिति २०७९।१२।०४ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरुबाट ३ जना फरार प्रतिवादीहरु प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटी गएको प्रहरी टोलीले लागु औषध मुद्धामा सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीबाट दुई महिना कैद र रू. २०००।– (दुई हजार) जरीवाना फैसला भएको जिल्ला कैलाली गोदावरी न.पा. २ बस्ने बर्ष २९ को कुबेर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरि सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीबाट लागु औषध (चरेश) मुद्धामा छ महिना कैद र रू. ५०००।– (पाँच हजार) जरिवाना फैसला भएको जिल्ला कैलाली गोदावरी न.पा. १ बस्ने बर्ष ४३ को मिन बहादुर रिठामेली र चोरी मुद्धाको रू. १०,०००।– (दश हजार) जरीवाना फैसला पश्चात फरार रहेको प्रतिबादी ऐ.ऐ. बस्ने बर्ष ३० को कमलेश दमाईलाई प्रहरीले पक्राउ गरेको हो । निजहरुलाई आवश्यक कारबाहीको लागी सम्मानित अदालतमा प्रहरीले पेश गरेको हो ।