लागु औषध सहित मानिस पक्राउ
२०७९-१२-१६
- A
- A-
- A+
कैलाली:- मिति २०७९।१२।१५ गतेको राती प्रहरी चौकी त्रिनगरबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली धनगढी उ.म.न.पा. २ त्रिनगर भन्सार स्थित शंका लागी चेकजाँच गर्ने क्रममा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिक ६ बस्ने बर्ष १८ को निराजन शाह सहित दुई जना मानिसको साथबाट २ ग्राम लागु औषध खैरो हेरोईन फेला पारी पक्राउ गरेको हो ।
यसैगरी,कञ्चनपुर:- मिति २०७९।१२।१६ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जि.कञ्चनपुर,भिमदत्त न.पा. १८ भगतपुर स्थित ऐ.बस्ने बर्ष २४ को रोहित चौधरी र ऐ.बस्ने बर्ष १९ को राहुल चौधरीलाई शंका लागी चेकजाँच गर्दा निज रोहित चौधरीको साथबाट १.२८ ग्राम लागु औषध खैरो हेरोईन फेला पारी दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।