वन मुद्धाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-१६
- A
- A-
- A+
कैलाली:- मिति २०७९/१२/१५ गतेको साँझतिर ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको प्रहरी टोलीले फैसाला कार्यान्वयन गर्ने क्रममा सम्मानित कैलाली जिल्ला अदालतको मिति २०७२/१२/०८ गतेको फैसला अनुसार वनमुद्धामा रू ५९,१३६।-(उन्साठी हजार एक सय छत्तिस) जरिवाना तोकिई हालसम्म फरार रहेका जिल्ला कैलाली टीकापुर नगरपालिका १ एकतापुर बस्ने बर्ष २५ को धिरेन्द्र शाहीलाई निजकै घर ठेगानामा फेला पारी पक्राउ गरेको हो । निजलाई आवश्यक कारबाहीको लागी प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।