प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०७९-१२-१९

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१२।१८ गते दिउसो ईलाका प्रहरी कार्यालय लम्कीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली लम्की चुहा न.पा.२ गणेशपुर  बस्ने बर्ष २५ को सञ्जु शाही लागु औषध (खैरो हिरोईन) को कारोवार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ऐ.बस्ने वर्ष २४ को नविन डांगी र ऐ.ल.चु.न.पा.६ बस्ने वर्ष २३ को प्रतुष ओडलाई फेला पारी निजहरुको शरिर तथा घर कोठामा रित पुर्वक खानतलासी गर्दा निजहरुको साथवाट १ ग्राम ३ सय ६०  मिलि ग्राम लागु औषध खैरोहेरोईन फेला पारी तिनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यसै गरि शनिवार साझको समयमा जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थाई प्रहरी पोष्ट चटकपुरवाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ त्रिभुवन चोक स्थित जिल्ला कैलाली गोदावरी नगरपालिका २ बस्ने बर्ष २६  को गोबिन्द रावल र भारत पलिया बस्ने बर्ष १९ को राज सिहंलाई शंका लागि चेक जाँच गर्दा निजहरुको साथवाट १ ग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

कञ्चनपुर- मिति २०७९/१२/१८ गते दिउसो ईलाका प्रहरी कार्यालय झलारीवाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर शुकल्लाफाटा न.पा.११ स्थित ऐ.शुक्लाफाटा न.पा. १० झलारी बस्ने बर्ष १८ को प्रबिन भन्ने ओम प्रकाश ओलि र ऐ.न.पा.११अम्मर पुर बस्ने बर्ष १७ को राजु बोहोरालाई शंकालागि चेकजाँच गर्दा निजहरुको साथबाट ५४० मिलि ग्राम लागुऔषध खैरोहेरोईन फेलापारी निजहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-२४

कञ्चनपुर:- मिति २०८०।०२।२३ गतेको साँझतिर भिमदत्त न.पा.६ ऐठपुर स्थित जमुना सार्कीको घर कोठाबाट ०.२६ ग्राम लागु औषध खैरोहेरोईन सहित ऐ.ऐ.बस्ने बर्ष २१ को रबिन्द्र चन्द,ऐ.ऐ.बस्ने बर्ष १९ को दिवस चन्द र ऐ.ऐ.बस्ने बर्ष १८ की कञ्चन आग्री समेतलाई नियन्त्रणमा लिएको हो । निजहरुलाई गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा महेनद्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।      यसैगरि,मंगलबार राती जि.कञ्चनपुर वेदकोट.न.पा. ७ लालपुर बस्ने बर्ष अं. ४३ को गणेश सिह भण्डारीलाई संका लागि चेकजाँच गर्दा निजको साथबाट रेक्सोजोशिक नामक २ सिसी र फेनार्गन १ सिसि सहित फेलापारी नियन्त्रणमा लिएको हो । निजलाई प्रहरी चौकी सुडाबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा जिल्ला  प्रहरी कार्यालय कञ्चनपुरले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलीका सामानहरु पक्राउ
२०८०-०२-२४

कैलाली:- मिति २०८०।०२।२३ गतेको साँझतिर धनगढी उप-महानगरपालिका ४ ओमशान्ती टोल  स्थित भारतबाट भन्सार छली गरी ल्याएको लेडिज कुर्ती थान ५०० गरी अं.मुल्य २,००,०००।– (दुई लाख) बराबरको सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिई गएको प्रहरी टोलीले उल्लेखित सामानहरु पक्राउ गरेको हो ।      यसैगरि,मंगलबार साँझतिर जि.कैलाली भजनी न.पा.१ पडरिया चोक स्थित भन्सार छली गरि ल्याएका पेप्सी,आन्टी,सुपारी गरि अन्दाजी रु. २५,०००।- (पच्चिस हजार) बराबरको सामानहर  बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले उल्लेखित सामानहरु पक्राउ गरेको हो ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-२१

कैलाली:- मिति २०८०/०२/२० गतेको साँझतिर जि. कैलाली धनगढी उपमहानगरपालिका ३ त्रिनगर ब्यारेल स्थित गोदावरी नगरपालीका ५ बस्ने बर्ष १७ को साजन जहेरु लाई शंका लागी चेकजाच गर्दा निजको साथबाट ४९० मिलिग्राम ला.औ. ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । निजलाई प्रहरी चौकी त्रिनगरबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।   यसैगरि, मिति २०८०/०२/२० गतेको साँझतिर जि. कैलाली टिकापुर न.पा. ९ खक्रौला चेक पोष्टमा भारतबाट नेपाल तर्फ  आउदै गरेको ऐ.जानकी गा.पा. ९ पुर्वीखैरीफाँटा बस्ने बर्ष २५ को सागर कडारालाई शंका लागी चेकजाँच गर्ने क्रममा  निजको साथबाट कुल तौल ९४० मिली ग्राम लागु औषध खैरोहेरोईन फेलापारी नियन्त्रणमा लिएको हो । निजलाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।