जुवातास खेलिरहेका मानिसहरु पक्राउ
२०८०-०२-१६
- A
- A-
- A+
कञ्चनपुर- वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भि.न.पा.४ बसपार्क स्थित लाल बहादुर चौधरीले सञ्चालन गरेको रतगैया होटेलबाट सोमबार दिउसो जुवातास खेलिरहेको अबस्थामा लाल बहादुर चौधरी सहित निम्न स्थान बस्ने १० जना मानिसहरु, नगद रु. १,५६,२९५।- ( एक लाख छपन्न हजार दुई सय पञ्चानब्बे), ६ गड्डी तास र मोबायल थान-११ सहित प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
निम्न:-
१. जिल्ला कञ्चनपुर भि.न.पा.४ बस्ने लाल बहादुर चौधरी
२. ऐ.ऐ. बस्ने बर्ष ४९ को मुन्ना भन्ने धिरेन्द्र चौधरी
३. ऐ.ऐ. ११ बस्ने बर्ष ३८ को प्रकाश थापा
४. ऐ.ऐ. ४ बस्ने बर्ष ३६ को सञ्जु राना मगर
५. ऐ.ऐ. १८ बस्ने बर्ष ३७ को नारायण चन्द
६. ऐ.ऐ. १ बस्ने बर्ष ३२ को राकेश साँउद
७. ऐ.ऐ. बस्ने बर्ष ४४ को देब राज नाथ
८. ऐ.ऐ. बस्ने बर्ष ४० को शेर सिंह बिष्ट
९. ऐ.ऐ. बस्ने बर्ष ३५ को धर्मानन्द भट्ट
१०. ऐ.ऐ. बस्ने बर्ष ३५ को हर्क बोहोरा