अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०२-२१
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८०।२।२० गतेको राती जि. कञ्चन्पुर भिमदत्त न.पा.१८ ईको पार्क स्थित भन्सार छलीका खुर्सानी,गाजर,लौकी,लगायत से ४ प ६९३२ र से २ प ९९३५ नम्बरका २ वटा मोटरसाईकल अन्दाजी रु. १,०७,८१० ( एक लाख सात हजार आठ सय दश) बराबरको सामान सहित जिल्ला कञ्चनपुर दोधराचाँदनी न.पा.७ बस्ने बर्ष ३१ को गोबिन्द बहादुर चन्द समेत २ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो । निजलाई अस्थायी प्रहरी पोष्ट पुष्पलालचोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।