प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२० बर्ष पछि डाँका चोरी मुद्दाका फरार ४ जना प्रतिवादी पक्राउ

२०७८-०६-१३

  • A
  • A-
  • A+
Share

आजभन्दा २० बर्ष पहिला विभिन्न मितिमा समुह बनाई रातिको समयमा साथमा हात हतियार भरुवा बन्दुक, खुकुरी र लाठ्ठी समेत बोकी स्थानिय व्यक्तीहरुको घरमा घेरा हाली आफ्नो पहिचान लुकाउन मुखमा पट्टी बाधी घरमा सुति रहेका मानिसहरुलाई नियन्त्रणमा लिई डरत्रास देखाई घर भित्र रहेका जिन्सी तथा धनमालहरु लुटपाट गरी डाँका चोरी गर्ने समुहका निम्न ४ जना २० बर्ष पछि मिति २०७७/०५/०९ गते जिल्ला प्रहरी कैलालीले निजहरुकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरि निजहरुलाई आवश्यक कारबाहीको लागी  मिति २०७७।०५।११ गते सम्मानित कैलाली जिल्ला अदालतमा दाखिला गरिएको । 

                                                                     निम्न :

 पक्राउ प्रतिवादीको विवरण :-
१)नामथर वतन- जिल्ला कैलाली जोशीपुर गाउपालीका ६ बस्ने बर्ष ४५ को रोगही भन्ने क्रमराज (करन राज) थापा

२) नामथर वतन- जिल्ला कैलाली जोशीपुर ३ बस्ने बर्ष ४९ को रोहिना भन्ने भगत चौधरी

३) नामथर वतन- जिल्ला कैलाली जोशिपुर गाउपालीका ४ बस्ने बर्ष ३८ कालु भन्ने गुन सिंह कठरिया

४) नामथर वतन- जिल्ला कैलाली भजनी न पा ६ बस्ने बर्ष ४७ को टिकाराम चौधरी(डगौरा)

kailali daka

सम्बन्धित समाचार
कर्णाली नदीमा बगेर बेपत्ता
२०८१-०१-०७

     बाजुरा:- जिल्ला बाजुरा, जगन्नाथ गा.पा.२ बस्केना बस्ने नन्द बहादुर शाहको छोरी अन्दाजी बर्ष १५ की सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी अन्दाजी बर्ष १३ की सन्जु कुमारी शाही बिहीबार दिउँसो ऐ.नुनेपानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा बगी बेपत्ता भएका हुन । निज दुबै जना बालिका बगी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई गई बुझ्दा निजहरु सहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकालाई सकुशल उद्दार गरिएको साथै नदीमा बगेर बेपत्ता भएका बालिकाहरुको प्रहरीले खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-०७

       बैतडी:- जिल्ला बैतडी, पञ्चेश्वर गा.पा. ४ भनकुडा स्थित जय बहादुर चन्दको ढुंगाले बनेको खर र त्रिपालले छाएको ४ कोठे र ७ कोठे गरी २ (दुई) वटा घरमा सोही ठाँउ स्थित जंगलमा लागेको आगोबाट दुबै घरमा बिहीबार साँझतिर आगलागी हुँदा घर भित्र रहेका काठ, भाडाबर्तन,लत्ताकपडा,खाद्यान्न,सोलार प्यानल लगायतका सामानहरु गरि अन्दाजी रु. ५,००,०००।–(पाँच लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-०६

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट,ऐ.३ ब्यारेल नजिकबाट, ऐ.९ बाङ्ग्राकटानबाट र ऐ.१३ मोहनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३४,४६०।–बराबरको प्याज,लेडिज कुर्ती,सारी,सुर्ती,लेडिज कुर्ता सुरुवाल,चिनी,प्लाष्टिकको खेलौना,नमकिन लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।              कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ५ बनगाँउ र ९ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२४,४००।- बराबरको चिनी,दाल,खानेतेल,पास्ता लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय ब्रहमदेव र अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।