प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
फरार प्रतिबादी पक्राउ
२०८३-०२-३०

      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. नकवजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु.१२,५००।– जरिवाना तोकिएको भिमदत्त न.पा.१८ बागवाणी बस्ने बर्ष २८ को रोशन दमाई । २. लागूऔषध खैरो हेरोइन मुद्दामा २० दिन कैद सजाय तोकिएको कृष्णपुर न.पा.२ वाणी बस्ने बर्ष २४ को चन्द्र बहादुर चन्द ।३. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय तोकिएको बेदकोट न.पा.२ दैजी बस्ने बर्ष ४६ को रमेश बहादुर बोहरा ।    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले डाँका चोरी मुद्दामा ६ बर्ष कैद सजाय र रु.३३,७५०।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा.१८ बस्ने बर्ष ३२ को रमेश खड्कालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२९

       कैलाली:- धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय पवन गुप्तालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही न.पा.१ ब्लक नम्बर २३  बस्ने १८ बर्षिय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिबादी पक्राउ
२०८३-०२-२८

      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. बिद्युतिय कारोबार सम्बन्धी कसुर मुद्दामा ६ महिना कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको लालझाडी गा.पा.२ बस्ने बर्ष ३२ को शंकर राना  ।२. लागूऔषध खैरो हेरोइन मुद्दमा ३ महिना कैद सजाय तोकिएको भिमदत्त न.पा.२ भाँसि बस्ने बर्ष २३ को सिजन नेगी ।    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२७ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको लम्कीचुहा न.पा.४ बस्ने दिपक सुनार ।२. लागूऔषध मुद्दामा ७ महिना कैद सजाय तोकिएको भजनी न.पा.६ बस्ने रुप भण्डारी ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२८

      कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.६ बडेहाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २०० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २५ को सुनिल रानालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले निजको घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ बागवाणीबाट नियन्त्रित लागूऔषध फेनारगन २१ एम्पुल, ब्रोफिन २१ एम्पुल र ५ML को सिरिन्ज थान-३ सहित सोही ठाउँ बस्ने १८ बर्षिय किशोरलाई  वुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिबादी पक्राउ
२०८३-०२-२७

      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२६ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. कर्तव्य ज्यान मुद्दामा २ बर्ष ६ महिना कैद सजाय र रु.२५,०००।– जरिवाना तोकिएका बेलौरी न.पा.१ मटैया बस्ने बर्ष २८ को सरोज राना र सोही ठाउँ बस्ने बर्ष २२ को राहुल राना  ।२. मानव बेचबिखन तथा ओसार पसार मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.८ बस्ने बर्ष ५२ को लक्ष्मी दत्त पाण्डे ।३. बिद्युतिय कारोबार मुद्दामा ६ महिना कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष २६ को नबिन राना ।४. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय तोकिएको पुनर्वास न.पा.२ अर्निकोबस्ती बस्ने बर्ष २८ को केशव सिंह योञ्जन ।५. लागूऔषध चरेश मुद्दामा ६ महिना कैद सजाय तोकिएको भिमदत्त न.पा.२ बस्ने बर्ष २६ को बसन्त जोशी ।६. राष्ट्रिय बन क्षेत्रबाट बिना ईजाजत बन पैदावार हटाएको मुद्दामा १ महिना कैद सजाय तोकिएका बेलौरी न.पा.५ बस्ने बर्ष ४० को गंगा राम चौधरी र सोही ठाउँ बस्ने बर्ष ३८ को बुद्दिराम चौधरी ।

पेस्तोल लगायत विभिन्न समान सहित सहित एक जना नियन्त्रणमा
२०८३-०२-२७

कैलाली:- देश भारत जिल्ला लखिमपुर खिरी घर भई हाल धनगढी उ.म.न.पा.५ सत्कार चोक स्थित कोठा गरि बस्ने बर्ष २४ को साहिल खानलाई कटुवा पेस्तुल थान -१, खुकुरी थान-१, फलामको रड थान-१,  रेन्च थान-१, डिजिटल काटा थान-१, चाँदिको जस्तो देखिने माला थान-२, फलामको टी थान-१ र टर्चलाईट थान-२ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले शंका लागि निजको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार र सामान फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।  

फरार प्रतिबादी पक्राउ
२०८३-०२-२६

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२५ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१.    सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र रु.४,०००।– जरिवाना तोकिएको घोडाघोडी न.पा.१ बस्ने खडक रेश्मी मगर ।२.    सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय तोकिएको शुक्लाफाँटा न.पा. १० बस्ने खेमराज जोशी । ३.    लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र रु.५,०००।– जरिवाना तोकिएको जिल्ला बझाङ वित्थडचिर गा.पा.२ बस्ने धन वहादुर बोहरा ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-२६

      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकीसत्ता र ऐ.१७ बाँसखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२२,०००।– बराबरको हेडफोन, स्पिकर, जेमेक्ट्रीबक्स, कपी, भारतिय नम्बरको मोटरसाइकल लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७९,९००।– बराबरको वाल पेपर रोल, ग्रास कार्पेट, व्यानर, फ्रेम लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-२५

      डडेल्धुरा:- डडेल्धुरा जिल्लाको बिभिन्न स्थानहरु परशुराम न.पा.९ कुयापानी र ऐ.१२ जोगबुढाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५१,८९०।– बराबरको बिडी, छाता, पास्ता, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आइतबार इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,२००।– बराबरको किराना लगायतका सामानहरु आइतबार वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-२४

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिक र भजनी न.पा.७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३९,४५०।– बराबरको चिनी, पेय पदार्थ, कुरकुरे, साडी, सुटपिस, तन्ना, सुपारी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।          कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ तिनतारा र ऐ. ११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३३,०००।– बराबरको साडी, किराना लगायतका सामानहरु शनिबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

फरार प्रतिबादी पक्राउ
२०८३-०२-२२

       कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लेनदेन साँवा व्याज भराई पाउँ मुद्दामा १ बर्ष कैद सजाय तोकिएको कैलारी गा.पा.४ भितरिया बस्ने वर्ष ४४ को खुसि राम चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले विहीबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।११।२७ गतेको फैसलाले बहु-विबाह मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको बेलडाँडी गा.पा.५ झिलमिला बस्ने बर्ष ३५ को अमर सिंह रानालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरीले विहीबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२२

      कैलाली:-  धनगढी उपमहानगरपालिका-३ मोहना नदी किनारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने १८ वर्षीया किशोरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।     प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       यसैगरी, लम्कीचुहा न.पा.६ चैनपुरबाट सोही ठाउँ बस्ने बर्ष २१ को बिकास थापा मगरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम सहित विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले निजको घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२१

      कैलाली:- गोदावरी नगरपालिका-२ अत्तरीया डेरा गरी बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-६ महेन्द्रनगर घर भएकी ३६ वर्षीया ममता भट्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।      कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा.८ पचुई स्थित हुलाकी राजमार्गबाट ९४० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ३ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, धनगढी उप-महानगरपालीका ३ बडहरा गाउ बस्ने वर्ष २४ को प्रकाश चौधरी, वर्ष २५ को शिव चौधरी र वर्ष २२ को अविनास चौधरी रहेका छन ।  प्रहरी चौकी पचुई, कञ्चनपुरबाट खटिएको प्रहरीले से ३ प १९८४ नम्बरको मोटरसाइकलमा सवार निजहरु लाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि तिनै जनालाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिबादी पक्राउ
२०८३-०२-२०

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१९ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी टिकापुर न.पा.१ बस्ने बर्ष ५७ की गंगा देवी शाह ।२. लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएको लम्कीचुहा न.पा.२ बस्ने बर्ष २३ को कृष्ण रावल ।      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१. सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको शुक्लाफाँटा न.पा.१० झलारी बस्ने बर्ष ३२ को सुरज राना ।२. सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएको बेलौरी न.पा.६ हात्तिबोझा बस्ने बर्ष ४० को चन्दु राना ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-२०

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१८ डिपो बजार, भजनी न.पा.५ मिलनपुर र ऐ. ६ महादेलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,४३,८५०।– बराबरको चिनी, सुर्ति, वाईरिङ पाईप, फलामको जन्जिर, ट्याकटरका विभिन्न पार्टपुर्जा, मोटरसाइकल थान-१  लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ बजार, ऐ.१० गज्जर र बेलडाँडी गा.पा.२ बेलडाँडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४०,९००।– बराबरको पेय पदार्थ, विभिन्न किसिमका कपडा, मोटरसाइकल थान-१ लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   

फरार प्रतिबादी पक्राउ
२०८३-०२-१९

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना ६ दिन कैद र रु. १००० जरिवाना तोकिएको जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ७ बस्ने बिरेन्द्र रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१८ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१. कर्तब्य ज्यान मुद्धामा २ बर्ष ६ महिना कैद र २५,०००।– (पच्चिस हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर लालझाडी गा.पा. १ बस्ने बर्ष ३३ को प्रशु राना ।२. लागुऔषध चरेश मुद्धामा १ बर्ष कैद र ५,०००।– (पाँच हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त न.पा.५ बस्ने बर्ष ७० को पिउठा बोहरा ।३. लागुऔषध खैरो हिरोईन मुद्धामा ५ बर्ष कैद र ५,०००।– (पाँच हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ भगतपुर बस्ने बर्ष २५ को कमल बहादुर चन्द ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

      कैलाली:- जिल्ला कैलाली  धनगढी उप-महानगरपालिका १३ मोहनपुरबाट ३६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा जिल्ला बैतडी, पाटन नगरपालिका ८ बस्ने बर्ष ३३ को ईन्द्र बहादुर बिष्ट र जिल्ला कञ्चनपुर लालझाडी गाउपालिका ११ बस्ने बर्ष २५ को शुसिल थापा मगर रहेका छन ।  प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो      यसैगरी, धनगढी उप-महानगरपालिका ३ बाट नियन्त्रित लागूऔषध स्पास (ट्रामाडोल) २९ ट्याबलेट सहित सोही ठाउँ बस्ने बर्ष २३ को रितेश थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त नियन्त्रित लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ       यसैगरी,  भजनी नगरपालिका ६ बिसनपुरबाट ६ ग्राम २९० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका ७ बस्ने बर्ष २३ को राजबिन महतो र १८ बर्षिय किशोर रहेका छन ।  जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० बनपुरुवाबाट २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा बेलडाँडी गाउपालिका २ चौवन्नी खल्ला बस्ने बर्ष २३ को लोकेन्द्र राना, बर्ष २४ को सुरेन्द्र राना  र १८ बर्षिय किशोर रहेका छन ।  इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरीले डी.एल. ३ एस.एफ.भी. २३२४ नम्बरको भारतिय मोटरसाइकलमा सवार निजहरु लाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि तिनै जनालाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।    

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१९

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९८,५००।– बराबरको कपडा,मल, मिठाई, सिद्रा माछा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भीमदत्त न.पा. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६४,५३०।– बराबरको चिनी, मिश्री, बिभिन्न किसिमका कपडा, चप्पल लगायतका सामानहरु सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,  कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१८

     कैलाली:- गोदावरी नगरपालिका-२ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम २ सय ४० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका-६ घर भएका ४३ वर्षीय धर्मानन्द भट्ट समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले धर्मानन्दको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।      यसैगरी, कैलारी गा.पा.३ सुर्मिनालाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम २० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २९ को मिमुह चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१८

     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ बसपार्क र दोधारा चाँदनी न.पा.३ न्याउली घाँटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३५,१००।– बराबरको तरकारी, कुरकुरे, पेय पदार्थ, पाप्पड, माछा, मोटरसाइकल थान-१ लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३१,३५०।– बराबरको चिनी, खाने तेल, ग्याँस लाइटर, साडी, सुटपिस, किराना लगायतका सामानहरु आईतबार प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित ८ जना मानिस पक्राउ
२०८३-०२-१७

       कैलाली:-  जिल्ला कैलाली लम्किचुहा न.पा.१ बाट २३० ग्राम लागूऔषध गाँजा देखिने पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २४ को कमल चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले निजको घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।     यसैगरी,  टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ६३० मिलिग्राम सहित सोही न.पा.१ ब्लक नम्बर १६  बस्ने बर्ष ३१ को दिनेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      यसैगरी,  टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम २० मिलिग्राम, नाईट्रोजाम ३ क्यापसुल र स्पाजाम ८ क्यापसुल सहित सोही न.पा.७ बैद्य टोल बस्ने बर्ष २१ को खकेन्द्र साउदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी,  भजनी न.पा.६ विस्नापुरबाट ३४० मिलिग्रमा लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा जानकी गा.पा.४ मुनुवा बस्ने बर्ष २० को प्रासिस रावत र १८ बर्षिय किशोर रहेका छन ।  जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     कञ्चनपुर:-  जिल्ला कञ्चनपुर लालझाडी गा.पा.६ चन्देवबाट २३० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा जिल्ला बैतडी, पुर्चौडी न.पा.८ बस्ने बर्ष ३२ को अर्जुन धानुक र पुनर्वास न.पा.२ मोतिबस्ति बस्ने बर्ष २२ को आशिष साउद रहेका छन ।  इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले से ६ प ७५९ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।      दार्चुला:-  जिल्ला दार्चुला महाकाली न.पा.४ बाङ्गा बगरबाट ११ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित मार्मा गा.पा. ४ घर भई हाल बाङ्गा बगर बस्ने  बर्ष ३१ को सन्तोष बर्मा सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१६

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खैरीपुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३३,०००।– बराबरको हाफ सर्ट, भेस्ट लगायतका सामानहरु शुक्रबार प्रहरी चौकी सत्ति, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर भीमदत्त न.पा. ४ तरकारी वजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,८००।– बराबरको माछा शुक्रबार जिल्ला प्रहरी कार्यालय  कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

फरार प्रतिबादी पक्राउ
२०८३-०२-१४

       कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१३ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१.     सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय तोकिएको मोहन्याल गा.पा.३ बस्ने दिपेन्द्र बहादुर बटला ।२.     बन मुद्दामा १५ दिन कैद सजाय र रु.३६,७१५।– जरिवाना तोकिएको बर्दगोरिया गा.पा.६ बस्ने कालु भुल ।३.     बन मुद्दामा ६ महिना कैद सजाय र रु.६०,६२४।– जरिवाना तोकिएको घोडाघोडी न.पा.४ बस्ने भुवन रतौली । ४.     आत्महत्या दुरुत्साहन मुद्दामा २३ दिन कैद सजाय र रु.३०,०००।– जरिवाना तोकिएको टिकापुर न.पा.१ भगरैया बस्ने भुपेन्द्र चौधरी ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१४

   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.९ जिरो पोईन्टबाट १ ग्राम ८८० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित ३ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा  सोही न.पा ७ हल्दुखाल बस्ने बर्ष २७ को मनोज बहादुर सिंह, बर्ष ४८ को उदय भट्ट र बर्ष २९ की हिमा सिंह रहेका छन ।  इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००४ प ७७५७ नम्बरको मोटरसाइकलमा सवार निजहरु तिनै जनालाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।     

फरार प्रतिबादी पक्राउ
२०८३-०२-१३

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१.     चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.३,०००।– जरिवाना तोकिएको बेदकोट न.पा.१ हात्तिथला बस्ने बर्ष २४ को मुकेश बोहरा ।२.     अभद्र ब्यवहार मुद्दामा १ महिना कैद सजाय र रु.५,०००।- जरीवाना तोकिएको बेल्डाडी गा.पा.२ बस्ने बर्ष ३८ को अम्मर ब.शाही ।    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकिएको मोहन्याल गा.पा.२ बस्ने बर्ष २५ को प्रेम देबकोटालाई इलाका प्रहरी कार्यालय सुखड, कैलाली समेतबाट खटिएको प्रहरीले मंगलबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१३

   कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिक र ऐ. ७ कालिका चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८१,९९०।– बराबरको चिनी, सरप, सुटपिस, पानि तान्ने मोटर, फिल्टर लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० गड्डाचौकी र बेलौरी न.पा.२ टेडुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,७७,१५०।– बराबरको बिभिन्न किसिमका कपडा, बोईलर कुखुरा, किरानाका सामान, कुखुरा ढुवानीमा प्रयोग भएका मोटरसाइकल थान-४ लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८३-०२-१२

     कैलाली:-  जिल्ला कैलाली गोदाबरी न.पा.९ बल्मी बस्ने लक्ष्मीदेवि जोशीको गाई/गोरु बाँध्ने गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठ र गोठ भित्र रहेका काठ, भुसा, पराल लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु.१,७०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा चौपाया क्षेती नभएको,  आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको हो ।      बाजुरा :-  जिल्ला बाजुरा खप्तडछेडेदह गा.पा.५ डोगडी बस्ने लोकेन्द्र रावतको ढुङ्गा माटोले बनेको टिनले छाएको २ तले ८ कोठे कच्ची घरमा बिद्युतको तार सट भई आगलागी हुँदा गोठमा बाधेका २ वटा  बाख्रा जलेर मृत्यु भएको हो । आगलागीबाट घर र घर भित्र रहेका खाद्यान्न, भाँडा वर्तन, लत्ताकपडा लगायतका धनमाल जलेर नष्ट भएको हो, क्षतिको विवरण आउन वाँकि रहेको छ, मानविय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१२

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ डोके बजार, भजनी न.पा.३ काँडा  र ऐ. ५ हलौना घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०६,५२०।– बराबरको चिनी, गुड, पेय पदार्थ, खाने तेल, पान मसला, बिडी, मैदा, जिरा, साबुन  लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ र ऐ.६ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,४९,९००।– बराबरको जुत्ता, पेचकिला, मन्दिर गुम्वा, मोटरसाइकल थान-१ लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको हो । 

फरार प्रतिबादी पक्राउ
२०८३-०२-११

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१० गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१.   १. चोरी मुद्दामा ३ महिना कैद सजाय, रु.१५,०००।– जरिवाना र अन्य चोरी मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१० बिकासबस्ती बस्ने बर्ष २६ को महेश राना ।     २. कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय र रु.५०,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.१ नौरङगा बस्ने बर्ष ३३ को सेवराज राना ।

रोकि राखेको ट्याक्टर अनियन्त्रित भई खस्दा वालिकाको मृत्यु
२०८३-०२-११

       कैलाली:- जिल्ला कैलाली मोहन्याल गा.पा.६ सोल्टा स्थित बागरादेखी सोल्टातर्फ आउँदै गरेको भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरी रोकी राखेको ट्याक्टर अचानक सडकबाट अन्दाजी १५/१६ मिटर तल खस्दा नजिकै रहेको धाराबाट पानी लिएर घरतर्फ आउँदै गरेकी सोही ठाँउ बस्ने उदीराम सिजापति मगरको छोरी वर्ष ९ की जैसरा सिजापतिलाई चोट लाग्न गई घटनास्थलमा नै मृत्यु भएको हो । सोही ठाउँ बस्ने नवराज वि.क.को छोरी वर्ष ५ की मनिषा वि.क. घाइते भई स्थानिय मेडिकलमा उपचार भईरहेको छ । ट्याक्टर धनी मोहन्याल गा.पा.६ बस्ने वर्ष २२ को जिवन वि.क. लाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक जिल्ला सुर्खेत, वि.न.पा. छिन्छु बस्ने सशिप ओली फरार रहेकोले निजको खोजतलास भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-११

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ भन्सार रोडबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २९ को संजय बिश्वकर्मालाई आइतवार विहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली कैलारी गा.पा.५ सडकपुरबाट ४ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई आइतबार वेलुकी प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा देश भारत लखिमपुरी जिल्ला तेकुनिया बस्ने बर्ष २८ को विकाश कुमार र बर्ष ३४ को मन्जोत सिंह रहेका छन ।  भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले यु.पी. ३१ सि.एफ. ५८८७ नम्बरको भारतिय मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.७ शारदा सामुदायिक वनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.६ बस्ने बर्ष २३ को आशिष शाही र वर्ष १९ को ओम प्रकाश खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरीले निजहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-११

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ र ऐ.१० सिमलघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७६,२५०।– बराबरको चिनी, मिठाई, पानिपुरी, मसला, सरप, कुर्ति, दोपट्टा, छिद्रा माछा लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० सुकासाल, ऐ.११ भुजेला र लालझाडी गा.पा. १ नौरङगाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३२,७४०।– बराबरको चप्पल, सुटपिस, केरा, विभिन्न किसिमका इलेक्ट्रिक सामान, किराना लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१०

   कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ र ऐ.३ सिसा पोष्टबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४३,१३०।– बराबरको सुटपिस, मिठाई, बच्चाका खेलौना, सरप, साइकलका विभिन्न सामानहरु, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.५ भकुण्डा, पुनर्वास न.पा.६ खप्तड स्कुल नजिक र पुनर्वास न.पा.८ लम्साल चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३२,५००।– बराबरको पेय पदार्थ, Air cooler, बोइलर कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

फरार प्रतिवादी पक्राउ
२०८३-०२-०९

   कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जानकी गा.पा.७ गौलौरी बस्ने बर्ष २२ को रबि कुमाल थारुलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।   बैतडी :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित उच्च अदालत पाटनको मिति २०७९।११।२६ गतेको फैसलाले बैङ्किग कसुर मुद्दामा ३ दिन कैद सजाय र रु.९,५०,०००।–(नौ लाख पचास हजार) जरिवाना तोकिएको पुर्चौडी न.पा.५ कुवाकोट वस्ने बर्ष ३७ को सुमित कुमार कुँवरलाई इलाका प्रहरी कार्यालय पाटन, बैतडी समेतबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।  

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०९

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४०० मिलिग्राम सहित टिकापुर न.पा.१ एकतानगर बस्ने बर्ष १९ को नरेश परियारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.२ वाणी दुई नम्बर चौराहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ८६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २५ को सुर्य नाथ, बर्ष २८ को रोहन बोहरा र वर्ष २८ को हिक्मत भण्डारी रहेका छन् । लागूऔषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      बझाङ:-  जिल्ला बझाङ जयपृथ्वी न.पा.१० बसपार्क स्थित सोही ठाउँ बस्ने वर्ष २५ की साधना बोहराले सञ्चालन गरेको किराना पसलबाट ३१४ ग्राम ८४० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले निजले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-०८

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ नेशनल ट्रेडिङ् नजिक र ऐ. १९ खेदाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१०,१००।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली, वोईलर कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु विहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ तिनतारा, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ बैजुडाडा र बेलडाँडी गा.पा.३ कमरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१५,९७१।– बराबरको चिनी, पेय पदार्थ, हार्डवेयर, किराना लगायतका सामानहरु विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०७

       कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ८० मिलिग्राम सहित भीमदत्त नगरपालिका-४ भगतपुर बस्ने २७ वर्षीय विद्यान बिष्ट समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।        कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ चटकपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २० को अंकित धामी समेत ६ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-०७

   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.३ चेतन होटल नजिक, ऐ.१३ बैजनाथ मन्दीर नजिक र बेलौरी न.पा.१० सडकघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७३,५४४।– बराबरको क्रिम, पाउडर, तेल, साबुन, विभिन्न किसिमका औषधि, किराना लगायतका सामानहरु वुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कैलाली:- जिल्ला कैलाली कैलाली धनगढी उ.म.न.पा.१९ लल्लीपुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,०००।– बराबरको सिद्रा माछा वुधबार इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।        बैतडी:- जिल्ला बैतडी कैलाली दशरथ चन्द न.पा.२ सुँगरखालीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४४,०००।– बराबरको ३६० बण्डल पनिहारिन बिँडि वुधबार जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय झुलाघाट, बैतडीमा वुझाएको हो  । 

फरार प्रतिवादी पक्राउ
२०८३-०२-०६

    कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले प्राचिन स्मारक मुद्दामा ३ महिना २ दिन कैद सजाय र रु.१४,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली बर्दगोरिया गा.पा.२ बौनिया वजार बस्ने अम्बर बहादुर शाहीलाई इलाका प्रहरी कार्यालय बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।२२ गतेको फैसलाले लागूऔषध मुद्दामा ७ महिना कैद सजाय तोकिएको भिमदत्त न.पा.६ ऐठपुर बस्ने बर्ष २९ को गणेश पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।     

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०६

   कैलाली:- जिल्ला कैलाली भजनी न.पा.१ भजनी वजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ५५० मिलिग्राम सहित जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ घर भई हाल भजनी वजार स्थित होटेलमा कोठा गरी बस्दै आएको बर्ष ३० को नरेन्द्र मार्कण्डलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.९ सुकुटी तालबाट १ ग्राम ३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २३ को श्याम राना र बर्ष २२ को सुरेन्द्र राना रहेका छन । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-०६

       कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सिसा पोष्ट, ऐ.७ मनेहरा, भजनी न.पा.७ हलौनाघाट र जानकि गा.पा. ४ मुनुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६९,६६०।– बराबरको चिनी, सुर्ति, सरप, पास्ता, इम्ली, सुटपिस, मोटरका बिभिन्न सामान, किरानाका सामान, मोटरसाइकल थान-१ लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ११ गड्डाचौकी र बेलौरी न.पा.१ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१९,३४०।– बराबरको चिनी, मिश्री, दाल, पेय पदार्थ, मिठाई, किराना लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०५

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम २३० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष १९ को लक्ष्मण रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट ७९० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा न.पा.७ बस्ने बर्ष २८ को शिव कामी र १७ वर्षिय किशोर रहेका छन । भारत बाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले भे ७ प ४४० नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली भजनी न.पा.८ काडाँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम १२० मिलिग्राम सहित जानकी गा.पा.२ बस्ने बर्ष २९ को दिपक दमाईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित घरमा लागूऔषध कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ वस्ने बर्ष २८ को फुलचरण राना र बर्ष २७ को हरिस रानाको घर कोठामा खानतलासी गर्दा फुलचरण रानाको घर कोठाबाट ८ ग्राम ८७० मिलिग्राम र हरिस रानाको घर कोठाबाट ६५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ सहित दुवै जनालाई पक्राउ गरेको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-०५

   कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.९ त्रिवेणीघाट र टिकापुर न.पा.८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१८,६६५।– बराबरको सुर्ति, किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भीमदत्त न.पा.६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६०,५००।– बराबरको तरकारी, किराना लगायतका सामानहरु सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,  कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु
२०८३-०२-०४

      कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ आर्मी ब्यारेक नजिक अत्तरीयाबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र. ०१-००२ त ६८९९ नम्बरको ट्याक्टरले सोही दिशाबाट आउँदै गरेको सु.प.प्र.०१-०१४ प २६२८ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक जिल्ला अछाम, मेल्लेख गा.पा.६ बस्ने बर्ष ३७ को प्रभाकर भट्टराई गम्भिर घाईते भई उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक धनगढी उ.म.न.पा.४ बस्ने बर्ष ६३ को राम बहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।   

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०४

   दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा.४ बाङ्गाबगरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ९५० मिलिग्राम,  लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ३८ ग्राम १५० मिलिग्राम र डिजिटल तराजु थान १ सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुहुँ गा.पा.१ स्थायी वतन भई हाल महाकाली न.पा.४ बाङ्गाबगर बस्ने बर्ष ३० को रबि कुवर, नौगाड गा.पा.१ दल्लेख बस्ने बर्ष २२ को देवेन्द्र चुनारा र व्यास गा.पा.१ तिङकर बस्ने बर्ष ३४ को प्रलभ तिंकरी रहेका छन् । रवि कुवँरको घरमा लागूऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

फरार प्रतिवादी पक्राउ
२०८३-०२-०२

    कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएकी जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ श्रीलङ्का टोल बस्ने बर्ष ३२ की शान्ती देवी चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।१०।२४ गतेको फैसलाले बहु बिवाह मुद्दामा १ बर्ष २ महिना कैद सजाय तोकिएका कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष ३० को दिलु बादी र सोही ठाउँ बस्ने बर्ष २७ की अन्नु सुनारलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले शुक्रबार सोही ठाउँ वणी बजारबाट पक्राउ गरेको हो ।    

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०२

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १९ ग्राम १६० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला बर्दिया, राजापुर न.पा. ४ बस्ने बर्ष ३० को तेज बहादुर बिटालु र जिल्ला सुर्खेत बिरेन्द्र नगर न.पा. १२ बस्ने बर्ष १९ को सोहन नेपाली रहेका छन । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले अटोमा सवार रहेका निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा. २ महेन्द्रनगर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १२० मिलिग्राम सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.७ घर भई हाल जिल्ला कैलाली गोदावरी न.पा.२  बस्ने बर्ष ३६ को तिलक वलि, धनगढी उ.म.नपा.१० बस्ने बर्ष १९ की संगिता राना, कैलारी गा.पा.८ बस्ने बर्ष १९ की नबिना चौधरी र जिल्ला बझाङ, जयपृथ्वी न.पा.७ बस्ने बर्ष १९ की अस्मिता खत्री रहेका छन । लागूऔषधको कारोबार भैइरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले तिलक बहादुर वलीले संचालन गरेको आर. बि. होटेलमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु चारै जनालाई पक्राउ गरेको हो ।       यसैगरी:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट ३ ग्राम ६६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, लम्की चुहा न.पा.१ बस्ने बर्ष २१ को दिच्छु चौधरी, बर्ष १९ को राजेश सोप बराल र  १८ बर्षिय किशोर रहेका छन । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बा ६२ प २९७६ नम्बरको स्कुटरमा सवार निजहरु लाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित पक्राउ गरेको हो ।        कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ गजरौला बजार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १८० मिलिग्राम सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ गुलरिया बस्ने बर्ष  ३१ को पारस जोशी, सोही न.पा. ६ मौरिफाटा बस्ने बर्ष २३ को भरत रोकाया र सोही न.पा. ७ कलुवापुर बस्ने १८ वर्षिय किशोर रहेका छन ।  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट गजरौला, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि  उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०१

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.१ ब्लक नम्बर १४  बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ११० मिलिग्राम र लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही न.पा.९ बस्ने बर्ष २० को पुष्प साउद समेत ६ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट २८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.१ बस्ने बर्ष ३० को कुबेर बनलाई विहीबार वेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बा ७८ प १५१५ नम्बरको स्कुटरमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित पक्राउ गरेको हो ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-३०

    कैलाली:- जिल्ला कैलाली बर्दगोरिया गा.पा.६ पृथ्वीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २५० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष ३५ को राजेन्द्र चौधरी, बर्ष २५ को सन्देश डगौरा र बर्ष २० को बिनोद चौधरी रहेका छन । इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० भुडाँ मैलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ८४० मिलिग्राम सहित बेलडाँडी गा.पा.१ रौलेश्वर बस्ने बर्ष २२ को हरेन्द्र साउँदलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि  उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-३०

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सिसा पोष्ट र टिकापुर न.पा.६ वाणीपुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४३,३००।– बराबरको कुर्ती सेट, धोती, साडी, सुटपिस, पेठा, चप्पल लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा. ७ बौद्धनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६०,०००।– बराबरको ICE STICKS मंगलबार इलाका प्रहरी कार्यालय दोधारा चाँदनी,  कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा.४ लास्कु खोलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३१,७८५।– बराबरको बिडी, सुर्ती, खाने तेल, काजु, बदाम, मिश्री लगायतका सामानहरु मंगलबार सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर,  दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२९

      कैलाली:- जिल्ला कैलाली भजनी न.पा.८ बदला चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६०० मिलिग्राम सहित टिकापुर न.पा.१ बस्ने बर्ष २५ को बिष्णु कठायत र सोही न.पा. १० बस्ने बर्ष १९ को धर्मेन्द्र शाहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली गौरीगंगा न.पा.८ चमारीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम १५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षिय किशोरलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । निजले घरमा लागूऔषधको कारोबार गरिरहेको छ सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरीले शरिर तथा घरमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-२९

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु भजनी न.पा.३ काडा, कैलारी गा.पा.३ हसुलिया र ऐ. ४ हनुमान मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०३,४५०।– बराबरको पेय पदार्थ, सुर्ति, धनियाँ लगायतका सामानहरु सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ सिचाई नजिक, ऐ.६ ऐठपुर र ऐ. १७ नहर छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६८,६१०।– बराबरको फलफुल, फेन्सि, किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८३-०१-२८

     कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेदकोट न.पा.१० चथरी बस्ने गणेश सुनार र सोही ठाउँ बस्ने चक्र सुनारको संगै जोडिएको एक /एक तले कच्चि गोठमा नजिकै खेतमा जलाएको आगो गोठमा सल्किन गई गणेश सुनारको काठ जस्ता पाता लगायतका सामानहरु गरि अन्दाजी रु.२,५०,०००।– बराबरको र चक्र सुनारको गोठ भित्र राखेको खाद्यान्न लगायतका सामानहरु गरि अन्दाजी रु.१,५०,०००।– बराबरको गरि जम्मा अन्दाजी रु.४,००,०००।- बराबरको धनमाल आइतबार दिउँसो जलेर नष्ट भएको हो, मानविय तथा चौपाया क्षती नभएको, आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-२८

     कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ सिसा पोष्टबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५८,८००।– बराबरको सुटपिस, जुत्ता, चप्पल, मटर लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.२ भासिबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ७९,०९०।– बराबरको फेन्सि तथा किराना लगायतका सामानहरु आइतबार वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२७

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ त्रिनगर भन्सार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २६० मिलिग्राम सहित जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.७ बस्ने बर्ष २३ को भुवन ऐरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।   यसैगरी, जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ४९० मिलिग्राम सहित जानकी गा.पा.७ बस्ने बर्ष ३० को रामकृष्ण थारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, साइकल सहित निजलाई पक्राउ गरेको हो ।    यसैगरी, जिल्ला कैलाली जानकी गा.पा.१ गुजरुवा चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ८४० मिलिग्राम सहित जानकी गा.पा.५ पथरैया बस्ने बर्ष २६ को अशोक चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।      कञ्चनपुर, जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका-१० गड्डाचौकी ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-३ चौमला बस्ने १९ वर्षीय आयुष नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१३ बडैपुरबाट १४० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २९ को विक्की कुवँरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-२७

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ सिसा पोष्ट र भजनी न.पा.५ पगियापसारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०२,२००।– बराबरको धोती, सुटपिस, भाँडाकुडा, सिद्रामाछा लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।         यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा. १९ फुलबारी घाटबाट अबैंध रुपमा नेपालबाट भारत तर्फ भन्सार छलि गरि लैजादै गरेका अन्दाजी मूल्य रु.७०,०००।– बराबरको बाख्रा शनिवार साँझ इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-२६

      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भाँसी र ऐ.४ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०३,६५०।– बराबरको चिनी, मिस्री, केरा, किराना लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।        कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ सिसा पोष्टबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५९,५५०।– बराबरको कुर्ती, साडी, सुटपिस, किराना लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२५

   कैलाली:- जिल्ला कैलाली बर्दगोरिया गा.पा.१ झगडपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १०० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष ३१ को गणेश मल्ललाई  विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।    यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा. ४ बसपार्क नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ६० मिलिग्राम सहित २ जनालाई विहीबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उ.म.न.पा.२ बस्ने १८ वर्षिय किशोर र जिल्ला कञ्चनपुर पुर्नवास न.पा. ११ बस्ने बर्ष १९ को निशान ढकाल  रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा.२ क्याम्प चेकपोष्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६ मिलिग्राम सहित ३ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त न.पा.४ गोबरीया बस्ने बर्ष २९ को अमित चौधरी, सोही न.पा.१८ सालघाँरी बस्ने बर्ष २७ को शेखर चौधरी र शुक्लाफाँटा न.पा.७ झण्डभोज बस्ने बर्ष २४ को सुशिल डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कञ्चनपुर बेदकोट न.पा.१ चम्पापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ५ ग्राम ४०० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ बर्षिय किशोरलाई प्रहरीले पक्राउ गरेको छ भने चेकजाँच गर्ने क्रममा सोही ठाउँ बस्ने बर्ष २४ को निरज शाह भागि फरार रहेको छ निजको प्रहरीले खोजतलास गरिरहेको छ । अस्थायी प्रहरी बिट चम्फापुर, कञ्चनपुरबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

फरार प्रतिवादी पक्राउ
२०८३-०१-२४

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बस्ने बर्ष ४६ को अनिल चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०१।२३  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७३।०४।३२ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १५ दिन कैद सजाय र रु. २,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर,लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष ५५ को सुखराम रानालाई इलाका प्रहरी कार्यालय शंकरपुर,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०१।२३  गते पक्राउ गरेको ।  

दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा मृत्यु, घाईते
२०८३-०१-२४

      कञ्चनपुर:-  जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.८ स्थित भित्रि सडक खण्डमा म २ प ५०५५ नम्बरको मोटरसाइकल र से ६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा से ६ प ५९१३ नम्बरको मोटरसाइकल चालक जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.८ पारीफाटा बस्ने बर्ष ४५ को मिन बहादुर जागरी गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा वुधबार वेलुकी मृत्यु भएको हो, सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ५५ को मंगल महरा र म २ प ५०५५ नम्बरको मोटरसाइकल चालक शुक्लाफाटा न.पा.८ पारीफाटा बस्ने बर्ष ४२ को कम्मान सिह ठगुन्ना घाइते भई मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको छ  । दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

फरार प्रतिबादी पक्राउ
२०८३-०१-२३

  कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०७।२४ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र रु.३,०००।– जरीवाना तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.९ बिचफाटा बस्ने बर्ष ४१ को बिर बहादुर बुढालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले मंगलबार सोही न.पा. १० दोधा पुलबाट पक्राउ गरेको हो ।       डडेल्धुरा :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले बैङ्किङ कसुर मुद्दामा २ बर्ष कैद सजाय तोकिएको जिल्ला डडेल्धुरा, भागेश्वर गा.पा.३ बस्ने बर्ष ३० को भुवन सिंह भाटलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२३

  कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.९ बङ्ग्राकटानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम १३० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उ.म.न.पा. ८ बस्ने तिन जना किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली गौरीगंगा न.पा.७ मनकापुर स्थित मसुरिया तालबन्दा भित्री सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३२० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २६ को जय कुमाललाई  मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

नक्कली खुकुरी चुरोट सहीत २ जना मानिस पक्राउ
२०८३-०१-२०

       बझाङ:-  जिल्ला बझाङ जयपृथ्वी न.पा.१० जिपपार्क स्थित जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.९ बस्ने बर्ष ३२ को पंकज चौधरीले चलाएको सु.प.प्र.००१ क २५५२ नम्बरको मिनि ट्रक भित्र रहेको ९ पेटी १० डण्डा नक्कली खुकुरी चुरोट सहित निज ट्रक चालक र ट्रक साहु जिल्ला बैतडी, पाटन न.पा.२ बस्ने बर्ष २१ को हेमराज पाण्डेयलाई शनिबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले टोलीले उक्त ट्रक चेकजाँच गर्दा नक्कली खुकुरी चुरोट फेला पारि  ट्रक, नक्कली चुरोट, ट्रक चालक र ट्रक साहु सहित दुवै जनालाई पक्राउ गरेको हो ।  

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२०

       कैलाली:- धनगढी उ.म.न.पा.२ एलायन्स स्कुल नजिकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ४ ग्राम १० मिलिग्राम सहित सोही उ.म.न.पा.३ बस्ने ३५ को किसन बुडाल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी,  जिल्ला कैलाली कैलारी गा.पा.५ मनिकापुरबाट ३ ग्राम ७५० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित ऐ.गोबरैला बस्ने बर्ष २५ को धिरज चौधरी र सोही ठाउँ वस्ने १६ बर्षिय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले टोलीले सु.प.प्र.०१-०१० प ४६३८ नम्बरको मोटरसाइकलमा सवार निजहरु दुवै जनालाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।           यसैगरी, जिल्ला कैलाली लम्कीचुहा न.पा.१ बसपार्कबाट २६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने १८ वर्षिय दुई जना किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।       यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेल नजिकबाट देश भारत बिजनोर बस्ने बर्ष ३० को जमसेद आलमलाई नियन्त्रित लागूऔषध स्पास्मो ४९ ट्याब्लेट सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त लागूऔषध फेला  पारी पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-२०

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु भजनी न.पा.३ थेकिपुर र टिकापुर न.पा.६ भर्तापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३७,५००।– बराबरको युरिया मल, तरकारीमा हाल्ने बिषादी लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.१ खल्ला, ऐ.२ बैजुडाँडा र ऐ.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१३,२२०।– बराबरको चिनी, दुध पाउडर, सरप, सुर्ति, खानेतेल, चियापत्ति, पानिपुरी, पटौका, पेय पदार्थ, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-१९

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ शिवनगर टिकटक पुल नजिकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ३ ग्राम ६०० मिलिग्राम र ३५ ग्राम हरियो गाँजाको पात सहित ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उ.म.न.पा. ८ बस्ने बर्ष ५६ को शेर बहादुर चौधरी, ऐ. १५ बस्ने बर्ष ३० को रामस्वरुप राना, कैलारी गा.पा.५ बस्ने बर्ष २५ को शिवा चौधरी, जिल्ला कञ्चपुर बस्ने बर्ष २० को रोशन राना र देश भारत लखिमपुर खिरी बस्ने बर्ष २६ को महोमद आसीप रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी,  जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६९० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ बस्ने बर्ष २० को लक्ष्मण शाही र सोही ठाउँ बस्ने बर्ष २६ को प्रकाश रिमाल रहेका छन् ।इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ५ प ४४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा. ७ पौलाहाबाट १ ग्राम ४१० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३ राजपुर बस्ने बर्ष १९ को जनक राम रानालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१९

       कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ७ मनेहरा र भजनी न.पा.३ थेगीपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७१,९००।– बराबरको बिडी, केरा, सिद्रा माछा, ४ थान साइकल लगायतका सामानहरु शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१७ नहर नजिक र बेदकोट न.पा.८ भाँसीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१४,९५०।– बराबरको खाने तेल, चामल चियापत्ति, माछा, मोटरसाइकल थान-१ लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

फरार प्रतिबादी पक्राउ
२०८३-०१-१८

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०१।१७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१. चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.५,०००।– जरिवाना र अभद्र ब्यबहार मुद्दामा २७ दिन कैद सजाय र रु.३,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ भगतपुर बस्ने बर्ष २३ को योगेश माल ।२. लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु. २,००० जरिवाना तोकिएको जिल्ला कञ्चनपुर ,लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष २२ को प्रदिप राना ।       दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०७२।०२।१३ गतेको फैसलाले हाडनाता करणी सम्बन्धी मुद्दामा १ बर्ष कैद सजाय र रु.१,०००।- जरिवाना तोकिएको जिल्ला दार्चुला, मालिकार्जुन गा.पा.५ डाँडाकोट बस्ने बर्ष ३२ को हरिश राम लुहार र सोही मुद्दामा ५ महिना कैद सजाय र रु.१,०००।– जरिवाना तोकिएकी सोही ठाउँ वस्ने बर्ष ४२ की पार्वती लुहारलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले विहीवार पक्राउ गरेको हो ।    

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-१८

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.६ मटियारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ११० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० को प्रकाश रानालाई विहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली भजनी न.पा.३ जस बहादुर घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६५० मिलिग्राम सहित जोशिपुर गा.पा.५ सिमराना बस्ने १६ वर्षिय किशोरलाई विहीवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेदकोट न.पा.३ सामादैजीबाट ६ ग्राम २७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित आफ्नै घरको पछाडी सिढी नजिकबाट बर्ष २७ को केशब बोहरालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषधको कारोवार भई रहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजलाई खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।       यसैगरी,  जिल्ला कञ्चनपुर बेलौरी न.पा. १० सडकघाटबाट ६ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अटो चालक बेलडाँडी गा.पा.२ सिंहपाल बस्ने बर्ष ४७ को करन ओखेडा समेत ४ जनालाई विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको सु.प.प्र. ०१-००१ ह ८४४३ नम्वरको डिजल अटोमा सवार निजहरु चारै जनालाई उक्त पदार्थ, अटो सहित पक्राउ गरेको हो ।    

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१८

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.९ बङ्ग्राकटान र टिकापुर न.पा.९ खक्रौलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३१,६३०।– बराबरको बिडी, सुर्ति, आँप लगायतका सामानहरु विहीवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० बिद्युत कार्यालय नजिक र बेलौरी न.पा.१ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३८,८८०।– बराबरको पेय पदार्थ, अण्डा, मोवाईल कभर, विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-१७

      कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ राधास्वामी मन्दिर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २०० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० को संजय रानालाई वुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।       यसैगरी,  जिल्ला कैलाली भजनी न.पा.५ गुलरियाघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ५०० मिलिग्राम सहित २ जनालाई वुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, गौरीगंगा न.पा.४ बस्ने बर्ष २० को करन बि.क. र सोही ठाउँ बस्ने बर्ष २६ को चन्दरे टमट्टा रहेका छन् । इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१२ प ९०१०  नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।      यसैगरी,  जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ५ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई वुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, जानकी गा.पा.१ बस्ने बर्ष ४४ को सुरेन्द्र चौधरी, सोही ठाउँ बस्ने बर्ष ३० को भुवन कठरिया र सोही ठाउँ बस्ने बर्ष २१ को प्रसन चौधरी रहेका छन् । बिशेष गोप्य सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भजनी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुईवटा साइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, साइकल सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो ।         कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१० कञ्चनपुर भन्सार ब्यारेल नजिकबाट ५ ग्राम ६० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.११ बडैपुर बस्ने बर्ष २९ को रबिन बिष्टलाई वुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले युके.०३ टिए ७७२७ नम्बरको भारतिय कारलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त कार सहित निजलाई पक्राउ गरेको हो ।         यसैगरी, जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा. २ क्याम्प चेकपोष्ट नजिकबाट २ ग्राम ६०० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई वुधवार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष २३ को मनिष थापा र बेलडाँडी गा.पा.५ झिलमिला बस्ने बर्ष २५ को मनोज खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१७

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलन चोक र ऐ. ८ राधास्वामी मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,३९०।– बराबरको पङखा, किराना लगायतका सामानहरु वुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ५ बनगाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,९७,१००।– बराबरको मोवेल, मार्वल कटर, गेटवाल, भारतिय नम्वर प्लेटको मोटरसाइकल थान-१ लगायतका सामानहरु वुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको हो ।

आगलागीबाट ४ चौपायाको जलेर मृत्यू
२०८३-०१-१६

  बझाङ :-  जिल्ला बझाङ मष्टा गा.पा.५ द्धारी बस्ने राजेन्द्र कठायतको ढुङगा माटोले बनेको दुई तले दुई कोठे कच्ची घरमा गएराती आगलागी हुँदा गोठमा बाधेका २ वटा  गोरुको जलेर मृत्यु भएको हो । आगलागीबाट घर पुर्ण रुपमा जलेको, मानविय क्षती केही नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।     बैतडी :-  जिल्ला बैतडी सिगास गा.पा.५ ठुला खोला स्थित जगनाथ धामीको खरले छाएको गोठमा मंगलबार दिउसो आगलागी हुँदा २ वटा भैसीको जलेर मृत्यु भएको र २ वटा भैसी जली घाईते भएका छन । आगलागीबाट गोठ जलेर नष्ट भएको हो, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । 

२ जना फरार प्रतिवादी पक्राउ
२०८३-०१-१६

   कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बहुविबाह मुद्दामा १८ दिन कैद सजाय र रु.५,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली धनगढी उ.म.न.पा.१८ बस्ने गोमा बोहरा बयडीलाई इलाका प्रहरी कार्यालय बहुलिया,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।   कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।३० गतेको फैसलाले अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी कसुर मुद्दामा १० वर्ष कैद सजाय र रु.३,००,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा. १० बस्ने वर्ष ४५ को मोहन सिह ऐरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउसो जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ४ दशरथचोक निजकैबाट पक्राउ गरेको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१५

   कैलाली:-  जिल्ला कैलाली भजनी न.पा.७ हिम्मतपुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६९,३५०।– बराबरको चिनी,मिठाई,चिसो पदार्थ सोमबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर,कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१० सुकासाल स्थितबाट अबैंध रुपमा भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २३,७००।–बराबरको कपडा सोमबार दिउसो अस्थायी प्रहरी पोष्ट सुकासाल,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१४

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१ त्रिवेणीघाट, ऐ.३ ज्ञानु प्लाजा नजिक र चटकपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१४,१००।– बराबरको थान कपडा, सुटपिस, प्लाष्टिक झिल्ली, बाख्रा लगायतका सामानहरु आईतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ गोबरिया, दोधारा चाँदनी न.पा. ३ कल्चुघाट  र बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४५,६३०।– बराबरको पेय पदार्थ, केरा, बोइलर कुखुरा लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-१३

     कैलाली:- जिल्ला कैलाली टीकापुर नगरपालिका-१ ब्लक नम्बर १२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय बिशाल कुँवरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      यसैगरी,  जिल्ला कैलाली भजनी न.पा.३ मोहनपुरबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ५ ग्राम २१० मिलिग्राम सहित देश भारत उत्तर प्रदेश रननगर खिरी बनविरपुर बस्ने बर्ष ३४ को गुरमुख सिंहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलाली समेतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको यू.पी. ३१ सी.ई. ५३४८ नम्बरको भारतिय मोटरसाइकलमा सवार निजलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-१२

      कैलाली:- जिल्ला कैलाली घोडाघोडी न.पा.१० पहलमानपुरबाट ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष १९ को शंकर भट्ट र १८ वर्षिय किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।        कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकी ७ नम्वर नजिकबाट ४.८६ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका ६ बस्ने बर्ष ३१ को राम धानुकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।        यसैगरी, जिल्ला कञ्चनपुर बेदकोट न.पा.८ गाउजी अमर सामुदायीक बनको गेट नजिकबाट १८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित भिमदत्त न.पा.३ बस्ने बर्ष २३ को बिशाल बिष्टलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट गैलनदी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।        यसैगरी,  जिल्ला कञ्चनपुर बेलौरी न.पा. १० स्थित ४ नम्बर किल्ला नजिकबाट १ ग्राम ४४० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित बेलडाँडी गा.पा.१ सिद्धचोक बस्ने बर्ष २६ को मनोज सिंह डडाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा सु.प.प्र. ०१-०१० प ३१८६ नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।          डडेल्धुरा:- जिल्ला डडेल्धुरा सल्लाघारी स्थित सोही ठाउँ बस्ने बर्ष ५२ को दुर्लब सिहं खड्काले संचालन गरेको खड्का मदिरा पसलबाट ५.२२ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले निजलाई शंका लागि खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।   

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-११

     कैलाली:- जिल्ला कैलाली कैलाली गोदावरी न.पा.१ बाट ५१० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २५ को राजन हमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा निजको घर नजिकै रहेको कुखुराको फर्मको मुनितिर लुकाई छिपाई राखेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।        यसैगरी,  जिल्ला कैलाली घोडाघोडी न.पा.५ देउकलियाबाट सोही नगरपालिका साडेपानी बस्ने बर्ष १९ को पुर्ण बहादुर बिष्ट र बर्ष १९ को सुरज नेपालीलाई नियन्त्रित लागूऔषध Nitrazepam १७० tablets र चक्कु थान १ (एक)  सहित बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरीले निजहरुको साथबाट उक्त लागूऔषध फेला  पारी पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोडबाट ४८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २८ को जिवन बहादुर खड्का र जिल्ला कञ्चनपुर, पुनर्बास न.पा.६ बस्ने १८ बर्षिय किशोरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सेवन गरि रहेको अवस्थामा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ कञ्चन बहुमुखी क्याम्पस नजिकबाट ४३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ३२ को हर्क बहादुर देउवा र सोही नगरपालिका ६ सिङपुर बस्ने बर्ष ३६ को दिल बहादुर चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागूऔषध सेवन गरिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजहरु दुवै जनालाई उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।      यसैगरी,  जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा. २ लठ्ठाघाट स्थित सोही ठाउँ बस्ने वर्ष ४० को गोर्खे दमाईले सञ्चालन गरेको पसलबाट ९ ग्राम ८३० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निज र निजको १८ बर्षिय छोरालाई विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।       यसैगरी,  जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा.१० नगरपालिका रोडबाट २१.४७ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित सोही नगरपालिका ९ सिसैया बस्ने बर्ष ७० को भिम बहादुर ऐरलाई विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले संकास्पद बसि रहेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१०

  कैलाली:-  जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा न. ३ चिसापानी बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,२०,०००।– बराबरका मोबाईल थान सेट-११ सहित भारत मध्यप्रदेश जिल्ला रबिर जलगाउँ बस्ने बर्ष ३२ को अजय सन्त राम जाधवलाई बुधबार इलाका प्रहरी कार्यालय चिसापानी,कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी  आवश्यक कारवाहीको लागी सत्ति भन्सार कार्यालय कैलाली पठाईएको हो ।  यसैगरी,  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,२७,२००।– बराबरको सुपरपावर,बिडी, सिष्टम र सिस्टम मसला लगायत अन्य सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   कञ्चनपुर:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,६९,५५०।– बराबरको चप्पल, कपडा लगायत अन्य सामानहरु बुधबार  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-०९

  कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,६८,०५०।– बराबरको किराना समान, सिद्रा माछा लगायत अन्य सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  कञ्चनपुर:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५,०९,७००।– बराबरको फेन्सी सामान सहित , बा.५२ प.२४३६ को मो.सा. थान-१ मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   दार्चुला:-  जिल्ला दार्चुला लेकम गा.पा.५ चौपाता स्थितबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५२,०१०।– बराबरको श्रृङ्गार लगायत अन्य सामानहरु मंगलबार इलाका प्रहरी कार्यालय रिठाचौपाता,दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-०७

  कैलाली :-  कैलाली गोदावरी न.पा.०२ वसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित जिल्ला डोटी शिखर न.पा. २ बस्ने बर्ष २५ को कृष्ण दमाईलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यसैगरी, लम्कीचुहा न.पा.वडा न. १ थपालिपुर स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश शर्मालाई आईतबार  दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यसैगरी, भजनी न.पा.३ कुसुमघाट स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित जिल्ला कैलाली जोशिपुर गा.पा.७ घैला बौनिया बस्ने बर्ष ३० तेज बहादुर मौनीलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    कञ्चनपुर :-  बेलडाँडी गाउँपालिका वडा नं ३ बनपुरुवा स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित जिल्ला कन्चनपुर बेलडाँडी गाँउपालिका वडा नं ३ बस्ने बर्ष २२ को सुनिल चौधरी र ऐ. ऐ. बस्ने बर्ष १८ को हसिव चौधरीलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुँडा,कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यसैगरी, कञ्चनपुर बेलौरी न.पा.१० दर्सिखल्ला स्थितबाट जिल्ला कन्चनपुर बेतकोट न.पा.६ ओझाखाली बस्ने बर्ष ३२ को इश्वर डगौराले चलाएको सु.प.प्र ०२-००३प. २३७३ नं को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १० ग्राम ५२० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही मो.सा. पछाडी सवार ऐ.ऐ. ५ बस्ने २५ वर्षिया आकाश डगौरालाई आईतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मो.सा. सहित दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-०६

    कञ्चनपुर:- कञ्चनपुर बेलौरी न.पा.१० सडकघाट स्थितबाट जिल्ला कन्चनपुर पुनर्वास न.पा. ३ बस्ने बर्ष २४ को बिजय गिरीले चलाएको सु.प.प्र.०१-०१३ प.२६८१ नं.को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा. पछाडी ऐ.ऐ.वडा नं ७ बस्ने बर्ष २१ को अमन तामाङ,जिल्ला चितवन भरतपुर महानगरपालिका १४ शिबनगर बस्ने बर्ष २४ को रोहन बि.क.को साथबाट २ ग्राम १९० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र ट्रमाडोल क्याप्सुल ५ पिस समेत फेला पारी शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुँडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मो.सा. सहित तिनै जनालाई पक्राउ गरेको हो ।     यसैगरी, कञ्चनपुर पुनर्वास न.पा.५ पैसठ्ठी बिघा स्थितबाट ऐ.ऐ. बस्ने वर्ष २० को रोहन तामाङले चलाएको प्रदेश ३-०९२ प १११ नम्बरको मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा. पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष २२ को बिरेन्द्र रानाको साथबाट ९ ग्राम ४३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र  लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले दुबै जनालाई मो.सा. सहित पक्राउ गरेको हो ।   यसैगरी, जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ राजघाट स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५८ मिलिग्राम सहित ऐ.ऐ. बस्ने वर्ष ३१ को अनिल  रानालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय रैकवार,कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-०६

    कैलाली:-   कैलाली जिल्लाको विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,३८,४५०।– बराबरको फेन्सी कपडा र किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:-   जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ वनदेवि जंगल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५७,०५०।– बराबरको चप्पल र किराना सामान शनिबार इलाका प्रहरी कार्यालय गुलरिया,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

फरार प्रतिवादी पक्राउ
२०८३-०१-०४

   कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८१।०६।१३ गतेको फैसलाले लागु-औषध खैरो हिरोईन मुद्दामा ४ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली टिकापुर न.पा.८ बस्ने बर्ष २२ को अमन चौधरीलाई  इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको हो ।     डोटी :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको मिति २०६८।१२।२४ गतेको फैसलाले मानव वेचविखन तथा ओसारपसार मुद्दामा ३ महिना कैद सजाय तोकिएकी जिल्ला डोटी दिपायल सिलगढी न.पा.वडा नं.३ बस्ने बर्ष ३६ की फुलमाया सोपलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले बिहिबार निजको पक्राउ गरेको हो । 

अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-०४

   कैलाली:- धनगढी उपमहानगरपालिका वडा नं २ त्रिनगरबाट ६५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित जिल्ला कैलाली गोदावरी न.पा.१ बस्ने बर्ष २१ को राज बि.कलाई बिहिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    यसैगरी, धनगढी उपमहानगरपालिका वडा नं ३ त्रिनगरबाट २ ग्राम २२० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित जिल्ला कैलाली गोदावरी न.पा. ६ बडैया बस्ने बर्ष २२ को राज कुमार घर्तीलाई बिहिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।     यसैगरी, गोदावरी न.पा. १ स्थित शिवशक्ती महारुद्र स्टिल तथा आल्मुनियम उद्योगबाट ३ ग्राम ९२० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ऐ.ऐ. २ बस्ने  बर्ष २७ को दिकसन पन्तलाई विशेष सुचानाको आधारमा बिहिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।     कञ्चनपुर:- बेलौरी न.पा. ८ पचुई स्थित  जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ७ बस्ने बर्ष ३४ को माहादेव रानाले चलाएको से.७ प २९२५ नं.को मो.सा.मा सवार ऐ.ऐ.बस्ने बर्ष अं.२६ सुकविन्द्र राना समेतलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३२० मिलिग्राम सहित बिहिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरीले दुबै जनालाई मो.सा. सहित पक्राउ गरेको हो ।