प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१३

     कैलाली:- मिति २०८२।०१।१२ गते १३:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेल स्थित भारतबाट नेपाल आउदै गरेको अवस्थामा जिल्ला बैतडी, दशरथचन्द न.पा.१ बस्ने बर्ष २७ को विरेन्द्र सिंह भाटलाई ६६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८२।०१।१२ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिकबाट जिल्ला डोटी, जोराईल गा.पा.१ गैरा बस्ने बर्ष २४ को किरण बहादुर बिश्वकर्मालाई २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

फरार प्रतिवादी पक्राउ
२०८२-०१-१२

       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०१।११ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. लागू औषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ६ सिसैया बस्ने बर्ष २४ को निश्चल के.सी. । २. लागू औषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा.६ सिसैया बस्ने बर्ष २५ को प्रदिप मार्कण्ड भण्डारी ।३. सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा.२ बाणी बस्ने बर्ष २३ को अनिल चौधरी ।४. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ७ बस्ने बर्ष ३८ को भोजराज डगौरा ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-१२

       कैलाली:-  मिति २०८२।०१।११ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ फिस रिसोर्ट नजिक र शिशा पोष्ट नजिक, ऐ.९ त्रीवेणीघाट, गोदावरी न.पा.४ हनुमान मन्दिर नजिक, भजनी न.पा.३ ढुसी र टीकापुर न.पा.९ खैरिपुर राजापुर सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,४७,०१०।– बराबरको सुर्ति, बिडी, काजु, केक, साडी, प्लाजु, धोती, मेक्सी, मोबाइलका ग्लास, ब्याट्री, चार्जर, नेटबर्किङ पिन, माछा, सिद्रा माछा, मोटरसाइकल थान-१  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।            कञ्चनपुर:-  मिति २०८२।०१।११ गते जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,०००।– बराबरको माछा इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नष्ट गरिएको । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-११

      कैलाली:- मिति २०८२।०१।१० गते १६:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १५ कनरीगाउँबाट ६० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ७ बेली बस्ने बर्ष २६ को तिर्थराज रानालाई प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।         यसैगरी मिति २०८२।०१।१० गते १९:४५ बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा.१ ब्लक नं. ९ स्थित सडकखण्डबाट सोही ठाउ बस्ने बर्ष ३२ को सुमित साउद र ब्लक नं. १२ बस्ने बर्ष २८ को शाहिल शाहलाई ३२० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धमा थप अनुसन्धान भईरहको ।        कञ्चनपुर:- मिति २०८२।०१।१० गते १५:३५ बजेको समयमा इ.प्र.का.झलारी कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. वडा.न.२ बंक स्थित सोही ठाउ बस्ने बर्ष अ.५० को पदम बहादुर कार्किले संचालन गर्दै आएको मां डिलासैनि होटल एण्ड लजको कोठा भित्रबाट २.३१५ (दुइ किलो तिनसय पन्ध्र ग्राम) किलोग्राम लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित होटल संचालक पदम बहादुर कार्किलाई नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-११

     कैलाली:- मिति २०८२।०१।१० गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका- २ बिश्वनाथ मन्दिर नजिक, धनगढी उप-महानगरपालिका – २ मसानटोल, धनगढी उप-महानगरपालिका- १९ लल्लिपुर, भजनी न.पा.-६ नवलपुर, भजनी न.पा.-७ हिक्मतपुर र टिकापुर न.पा. -९ बाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु. २,९९,८६०।– बराबरको गम्छा, तौलिया, सारी, कुर्ती, सुट, टप्स, सेन्डो, बिडी, सुर्ती, गुट्खा, छिद्रा माछा, ब्रोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       कञ्चनपुर:- मिति २०८२।०१।१० गते जिल्ला कञ्चनपुर बेलौरी न.पा. १ फटैयाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.१५,८००।– बराबरको बोईलर कुखुरा र चिसो पेय पदार्थ प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१०

कैलाली:- मिति २०८२।०१।०९ गते २१:०० बजेको समयमा जिल्ला कैलाली कैलारी गा.पा.- १ हसुलिया स्थित हुलाकी सडक खण्डमा शांकास्पद हिडिरेहेका जिल्ला कैलाली कैलारी गा.पा. वडा नं. ७ रामपुर बस्ने वर्ष २३ को आशिष कुमार चौधरी र जिल्ला कैलाली ध.उ.म.न.पा. वडा नं. १ शिवमन्दिर बस्ने वर्ष २७ को अजय रसायलीलाई चेकजाच गर्ने क्रममा आशिष कुमार चौधरीको साथबाट २ ग्राम ६९० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित दुबै जनालाई इलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।  कञ्चनपुर:- मिति २०८२।०१।०९ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ११ गड्डाचौकीबाट १ ग्राम ९२ मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ३ भासी बस्ने बर्ष २७ को अजय घिमिरेलाइ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-१०

कैलाली:- मिति २०८२।०१।०९ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका- २हिमाल एकेडेमी स्कुल नजिक, धनगढी उप-महानगरपालिका – ३ मिलनचोक, धनगढी उप-महानगरपालिका- ७ मनेहरा, कैलारी गा.पा.- ६ सुरमी, जोशीपुर गा.पा. ३ मनिकापुर र भजनी न.पा.९ पहलवानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,५७,३३०।– बराबरको चिनि, प्याज, सुर्तिजन्य पदार्थ, कुर्ति सेटहरु, चिसो पेय पदार्थ, प्लाष्टीकको डोरी, छिद्रा माछा, साईकल, साईकलको पुर्जाहरु, कुखुराको चल्लाहरु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । कञ्चनपुर:- मिति २०८२।०१।०९ गते कञ्चनपुर जिल्लाका बिभिन्न स्थानहरू भिमदत्त नगरपालिका वडा नं. ४ बसपार्क,  बेलौरी न.पा. ६ भुराकोट र हात्तीबोझाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.३,६७,०२५।– बराबरका चिनि, बिडी, प्याज, खाद, बिष्कुट, कुरकुरे, ड्यु, फ्रुटी, भडाकुडा, कपडा, र किराना लगायतका सामानहरु से ७ प ४९४५ न.को मोटरसाइकल सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-०९

       कैलाली:- मिति २०८२।०१।०८ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका- ३ पुरानो हण्डा सोरुम नजिक, धनगढी उप-महानगरपालिका – ७ मनेहरा, धनगढी उप-महानगरपालिका १४ D गाउ, गोदावरी नगरपालिका वडा नं. ४ वनदेवी मन्दिर नजिक, जोशीपुर नगरपालिका -१ पिपरकोटी,  र टिकापुर नगरपालिका वडा नं. ९ बालुवाटारबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,३२,८१०।– बराबरको चिनि, बिडी, सुर्ती, गुट्खा, छिद्रा माछा, श्रृंगारको सामान, खेलौना, थानको कपडा, नल्का बनाउने सामान, नट बोल्टहरु, प्लाष्टिक झोला लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       कञ्चनपुर:- मिति २०८२।०१।०८ गते जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ भुजेला र वडा नं. १७ बासखेडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.२,४२,७००।– बराबरका जुत्ता, कपडा, हार्डवेयरका र किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-०८

       कैलाली:- मिति २०८२।०१।०७ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका – ३ सिसापोष्ट, टिकापुर नगरपालिका वडा नं. ४ वाणीपुल र भजनि नगरपालिका वडा नं. ९ पहलवानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,४५,२००।– बराबरको चिनि, चकलेट, पानीपुरी, सेरवानी सेट, टप्स, प्लाजु सेट, बच्चाको लेहेङ्गा, अण्डर ट्राउजर, दिपावली लाईट(झाल्लर लाईट), टेन्टको माथीको कपडा, प्लस्टिक झोला, स्पाईट, छिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       कञ्चनपुर:- मिति २०८२।०१।०७ गते जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नं. ८ कलकत्ताबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी रु.१०,१८५।– बराबरका ऐना, चुरा, बिन्दी, टिका, क्रिम, काइयो, प्रफ्युम, गाजल, डिउ, मुमदाल, कुरकुरे, कैची, धोजा, अण्डा लगायतका सामानहरु प्रहरी चौकी पचुई कञ्चनपुरबाट खटिएको टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       बैतडी:- मिति २०८२।०१।०७ गते जिल्ला बैतडी दशरथचन्द्र नगरपालिका वडा नं. ६ जेबालीबाट अबैध रुपामा भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी मुल्य रु.१०,०००।– बराबरको चिनि प्रहरी चौकी सेरा बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-०७

      कैलाली:- मिति २०८२।०१।०६ गते २०:३० बजेको समयमा जिल्ला कैलाली कैलारी गाउँपालिका वडा नं. १ सडकपुरबाट ४३० मि.लि लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली कैलारी गाउपालिका वडा नं. ८  दुधिया बस्ने वर्ष २५ को सन्जु कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले निन्त्रणमा लिएको , सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।     कञ्चनपुर:- मिति २०८२।०१।०६ गते १३:३० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकी नेपाल भारत सिमाना दशगजा पिल्लर न.७ स्थित भारतबाट नेपाल तर्फ हिडिरहेको जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.-११ बस्ने बर्ष अन्दाजी २५ को राम बहादुर बिष्टलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १३.२७ ग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र जि.प्र.का.कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।      यसैगरी मिति २०८२।०१।०६ गते १६:४५ बजे जिल्ला कञ्चनपुर बेलौरी न.पा.-१ हनुमानथान नजिकबाट प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला डडेल्धुरा गन्याधुरा गा.पा.-३ सकायल बस्ने बर्ष ३९ को करन बहादुर देउवा र सोही ठाउ बस्ने बर्ष ३५ को रोहीत शाहीलाई शंकालागि चेकजाँच गर्ने क्रममा करन बहादुर देउवाको साथबाट ०.४६ ग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित दुबै जनालाई नियन्त्रणमा लिएको । थप अनुसन्धना भई रहेको ।      

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-०७

           कैलाली:- मिति २०८२।०१।०६ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका – ७ बेली, धनगढी उप-महानगरपालिका १५ सिद्धबाबा सामुदायीक वन र  टीकापुर नगरपालिका वडा नं.९ झुङ्गाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८९,६००।– बराबरको बिडी, गुट्खा, सुर्ति, प्लाष्टीकका भाडाहरु, तरकारीको बिउहरु, कालो प्पाष्टिक, चकलेट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।           कञ्चनपुर:- मिति २०८२।०१।०६ गते जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.११,६००।– बराबरको चिसो पेय पदार्थ(स्प्राईट, ड्यु, कोकाकोला) लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।