प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२८

कैलाली:- कैलाली धनगढी उ.म.न.पा. २ सारदा स्कुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२१,६००।–  बराबरको छिद्रा माछा बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी नगरपालिका ८ नेपाल भारत सीमाना १८ नम्बर पिल्लर स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३४,२००।–  बराबरको बोईलर कुखुरा र पुनर्वास न.पा.३ SPL स्कुल नजिकैबाट अन्दाजी मुल्य रु. २०,२००।– बराबरको पेय पदार्थ,कपडा र किराना लगायका सामानहरु बुधबार इलाका प्रहरी कार्यालय दोदारा चाँदनी र त्रिभुवनबस्ति,कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।  

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२७

कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ जे.पी.चोक स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १२ ग्राम ७ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली जोशीपुर गा.पा.२ घर भई धनगढी उ.म.न.पा. ७ जे.पी.चोक स्थित कोठागरी बस्ने वर्ष २८ को रामलाल डगौरा र धनगढी उ.म.न.पा.७ बस्ने वर्ष २३ को अनिल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले रामलाल डगौराको कोठामा गोप्य सुचनाको आधारमा शंका लागि तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको छ  । यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ धनगढी गाउँ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १०० मिलिग्राम सहित जिल्ला कैलाली बर्दगोरिया गा.पा.२ घर भई हाल धनगढी उ.म.न.पा.८ कोठा गरी बस्ने वर्ष २० की मनिषा चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरी टोलीले मंगलबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२३,११०–  बराबरको मिठाई, भुटेको चना, सर्ति र किराना लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर :- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकी बजार स्थीत महेन्द्र राजमार्गबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१८,०००।–  बराबरको रेडीमेट कपडा, साडी, सुट र कुर्ती लगायतका सामानहरु मंगलबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।  

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२६

कैलाली :- जिल्ला कैलाली धनगढी उ.म.न.पा. वडा नं ७ वेलि हनुमान मन्दिर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम र नगद रु. ४,६७५।- रुपैया सहित सोही ठाउँ बस्ने ३० वर्षीय रमेश रानालाई सोमबार दिउँसो प्रहरी चौकी कनरी,कैलालीबाट  खटिएको प्रहरी टोलीले सोमबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ कञ्चनपुर :- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ४ उद्योग बाणिज्य संघ नजिक स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ८२ मिलिग्राम सहित जिल्ला बैतडी दोगडाकेदार गा.पा. ५ घर भई हाल भिमदत्त न.पा. १८ कोठा गरी बस्ने वर्ष २० को अशोक बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध ब्युरो शाखा महेन्द्रनगरबाट  खटिएको प्रहरी टोलीले सोमबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२५

कैलाली:-  जिल्ला कैलाली भजनी न.पा. वडा नं ३ सरदार चोक स्थितबाट २ ग्राम ९२० मिलिग्राम अवैध लागूऔषध जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली जानकी गा.पा. वडा नं ४ कन्चनपुर बस्ने वर्ष २२ को अमित डगौरालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।कञ्चनपुर :-  जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा. १२ कालागौडी स्थितबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ६५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३ जना किशोरहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यसैगरी,  जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा. १२ खल्ला सिविर स्थितबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षिया किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२५

कैलाली:- कैलाली जिल्ला टीकापुर न.पा.६ बाणीघाट पुल स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५१,०००।– बराबरको सुर्ति आइतबार दिउँसो इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर :- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२२,५२८।– बराबरको कपडा र किराना लगायतका सामानहरु आइतबार बेलुका जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२४

    कैलाली:-  जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं ३ बोराडँडीबाट २४० मिलिग्राम अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ र तौल गर्ने काटाँ सहित सोही ठाउँ वस्ने वर्ष ३० को बबि रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यसैगरी,  जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं २ नयाँबजारबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम सहित जिल्ला कैलाली बर्दगोरिया गाउँपालिका वडा नं १ बस्ने वर्ष २१ को संजिप चौधरीलाई इलाका प्रहरी कार्यालय सुख्खड,कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार राती शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२३

कञ्चनपुर:-  जिल्ला कञ्चनपुर पुनर्वास न.पा.१० चकमेली बजार नजिकै हुलाकी सडक खण्डबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४१० मिलिग्राम, Nitrzpm-2 Tablets, Spamsmo-4 Tablets र Nitrazepam-24 Tablets सहित जिल्ला कैलाली, धनगढी उ.म.न.पा.वडा नं ४ चौराह बस्ने वर्ष ३० को मनिष भट्ट, ऐ.ऐ.वडा नं ३ बडरा बस्ने वर्ष ३० को हरि भन्ने हरिष खड्का र ऐ.ऐ. बस्ने वर्ष ३० को बिरेन्द्र चौधरीलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यसैगरी,  जिल्ला कञ्चनपुर पुनर्वास न.पा.१० चकमेली बजार नजिकै हुलाकी सडक खण्डबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ३६० मिलिग्राम सहित जिल्ला कैलाली, धनगढी उ.म.न.पा.वडा नं २ चौराह बस्ने वर्ष २७ को नरेन्द्र बहादुर विष्टलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।