प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : अपराध रिपोर्ट
भागरथी भट्टको बलत्कार पछि हत्या गर्ने अभियुक्त पक्राउ ।
२०७८-०६-१३

मिति २०७७/१०/२१ गते बिहान जिल्ला बैतडी दोगडाकेदार गा.पा वडा.न.७ बस्ने अन्दाजी बर्ष १८ की भागरथी भट्टको बिद्यालयबाट घर फर्किने क्रममा  बलत्कार पछि हत्या गर्ने अभियुक्त पक्राउ परेको छ । माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा हराएकी भागरथी भट्ट अर्को दिन बिहान मृत अवस्थामा फेलापरेकी हुन । भट्ट मृत अवस्थामा फेला परेको खवर पाएपछि प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान सुरु गरेको हो । प्रहरीले अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बैतडी दोगडाकेदार गा.पा वडा.न.७ बस्ने अन्दाजी १६ बर्षीय युवक रहेका छन । पक्राउ गरिएका युवकलाई अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको छ । हाल पक्राउ गरिएका युवक प्रहरी हिरासतमा रहेका छन ।

डाँका मुद्धाका फरार प्रतिबादी पक्राउ :-
२०७८-०६-१३

मिति २०७७।०७।१९ गते बेलुकिको समयमा जिल्ला कन्चनपुर बेतकोट नगरपालिका वडा न. ०५ पोलखरी बस्ने पुष्कर सिंह बोहराको घरमा नातिको जन्मोत्सबको खुशियालीमा खानपिन तथा रमाईलो गरी रहेको अवस्थामा केशब सिंह बिष्ट समेतका ६/७ जना उक्त स्थानमा आई सि.आई.बि. प्रहरी हुँ भन्दै हतियार देखाई पुष्कर सिंह बोहरा समेतका मानिसहरुको साथमा रहेको नगद तथा मोबाईलहरु लुटपाट गरेको घटनामा संम्लग्न रही वारदात मिति देखी फरार प्रतिबादी जिल्ला कन्चनपुर शुक्लाफाटा नगरपालिका वडा न ०५ खजुवा  बस्ने बर्ष २६ को रबिन्द्र साँउदलाई यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलिले जिल्ला कन्चनपुर बेलौरी नगरपालिका वडा न. ८ स्थित  पचुईबाट मिति २०७७।०८।१४ गते पक्राउ गरी कानुन बमोजिम थप अनुसन्धान कार्य भईरहेको                                    

अ.२५ के.जी. लागु औषध (चरेश) सहित २ जना पक्राउ
२०७८-०६-१३

मिति:-२०७७।०६।१५ गते अ.०३:३० बजे वित्थडचिर गा.पा. २ लिम भन्ने स्थानमा विशेष सुराकीको आधारमा सु.प.प्र. अनुसन्धान समुह (RIT) बाट प्र.ना.नि. केशव जोशीको कमाण्डमा खटिएको टोली र प्रहरी चौकी वित्थडचिर  बाट प्र.स.नि. राम बहादुर बमको कमाण्डमा खटिएको टोलीले निम्न स्थान बस्ने निम्न ब्यक्ती हरुले प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई अ.२५ के.जी. लागु औषध (चरेश) बोकी बुङ्गलबाट वित्थड बझाङ तर्फ आईरहेको अवस्थामा निजहरुलाई नियन्रत्रणमा लिई प्र.चौ. वित्थडचिरको नियन्त्रणमा राखेको । निम्न:- १. जि. बझाङ बुङ्गल न.पा.२ बस्ती बस्ने नरविर धामीको छोरा बर्ष अ.२५ को धन बहादुर धामी । २. जि. बझाङ बुङ्गल न.पा. २ बनभ्वाँ बस्ने कल्यान धामीको छोरा बर्ष अ.२८ को धन बहादुर धामी ।

वन मुद्दामा फरार २ जना पक्राउ
२०७८-०६-१३

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले वन मुद्दामा फरार निम्न स्थान बस्ने व्यक्तीहरुको खोज तलास गर्दै जाँदा मिति २०७७।०५।१८ गते निजहरुकै वतनमा लुकिछिपी बसेको अवस्थामा  पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा दाखिला गरेको  ।                                                                               निम्न जिल्ला कैलाली गोदावरी न. पा. ९ बस्ने बर्ष ३३ को नरे सार्कीलाई मिति २०७१।०८।२२ गतेको आदेशले रु.१,११,०००।-जरिवाना भएको ।ऐ.ऐ. कैलारी गाउपालीका वडा नम्बर ५ बस्ने बर्ष ५१ को राम बहादुर कठरियालाई मिति २०७५।७।१२ गतेको आदेशले रु. रु. १,८४,९२८।- जरिवना भएको   

डाकाँ चोरी मुद्दामा फरार १६ बर्ष पछि २ जना पक्राउ ।
२०७८-०६-१३

जिल्ला कैलाली साविक चौमला गाविस ६ हाल ऐ.गौरिगंगा न पा २ स्थित स्थानियको घरमा मिति २०५८।१०।०४ गते राती हातहतियार सहित आएको समुहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न निम्न व्यक्तीहरुलाई तत्कालै पक्राउ गरी सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागी कारागार कार्यालय कैलालीमा पठाएकोमा  मिति २०६१।१०।२७ गते निजहरु कैलाली कारागारबाट भागी फरार भएको र मिति २०६६।३।२ गतेको कैलाली जिल्ला अदालतको फैसलाले निजहरुलाई ६ बर्ष कैद र जनहि रु. ४,१४७।६५ (चार हजार एक सय सत्तचालिस रुपैया पैसठ्ठी पैसा) जरिवना भई पुनरावेदन अदालत दिपायलबाट समेत सोही सजाय सदर भई हाल सम्म फरार रहेकोमा निजहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०५।१८ गते पक्राउ गरी आवश्यक कारबाहीका लागी निजहरुलाई कैलाली जिल्ला अदालतमा दाखिला गरेको ।                                              निम्न - जिल्ला कैलाली गौरिगंगा नगरपालीका वडा नम्बर २ बस्ने बर्ष ५६ को श्याम चौधरी ।ऐ.ऐ बस्ने बर्ष ५० को फुलपाती चौधरी ।

कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैद भई फरार १ जना पक्राउ ।
२०७८-०६-१३

मिति २०६१।०७।०७ गते रातिको समयमा जिल्ला कैलाली साविक पवेरा ७ हाल ऐ.कैलारी गाउँपालीका वडा नम्बर ५ बस्ने बर्ष २३ को राम बहादुर कुमाल निजको माटोको भाडा बनाउने घरकोठामा एक्लै सुतेकोमा ऐ.८ गते बिहान धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा घर परिवारका मानिसले फेला पारेको घटना सम्बन्धमा अनुसन्धानका क्रममा पुरण प्रसाद कुमाल समेतलाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी कैलाली जिल्ला अदालतमा पेश भएकोमा निजलाई पुर्पक्षका लागी कारागार पठाईएको र मिति २०६१।१०।२७ गते निज कैलाली कारागार बाटै भागी फरार भए पश्चात निजको खोज तलासका लागी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०५।१५ गते निज पुरण प्रसादलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी आवश्यक कारबाहीका लागी कैलाली जिल्ला अदालतमा दाखिला गरिएको छ ।

डाकाँ चोरी मुद्दामा फरार १६ बर्ष पछि पक्राउ ।
२०७८-०६-१३

जिल्ला कैलाली साविक चौमला गाविस ६ हाल ऐ.गौरिगंगा न पा २ स्थित स्थानियको घरमा मिति २०५८।१०।०४ गते राती हातहतियार सहित आएको समुहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न जिल्ला कैलाली साविक चौमला गाविस ६ हाल ऐ.गौरिगंगा न पा २ बस्ने बर्ष ६२ को चुलुवा चौधरी समेतलाई तत्कालै पक्राउ गरी सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागी कारागार कार्यालय कैलालीमा पठाएकोमा  मिति २०६१।१०।२७ गते निज कैलाली कारागारबाट भागी फरार भएको र मिति२०६६।३।२ गतेको कैलाली जिल्ला अदालतको फैसलाले निजलाई ६ बर्ष कैद र रु. ४,१४७।६५ ( चार हजार एक सय सत्तचालिस रुपैया पैसठ्ठी पैसा) जरिवना भई पुनरावेदन अदालत दिपायलबाट समेत सोही सजाय सदर भएका निज चुलुवाको खोज तलासका लागी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०५।१५ गते आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेलापारी पक्राउ गरी आवश्यक कारबाहीका लागी निजलाई आज मिति २०७७।०५।१६ गते कैलाली जिल्ला अदालतमा दाखिला गरिएकोछ ।

२० बर्ष पछि डाँका चोरी मुद्दाका फरार ४ जना प्रतिवादी पक्राउ
२०७८-०६-१३

आजभन्दा २० बर्ष पहिला विभिन्न मितिमा समुह बनाई रातिको समयमा साथमा हात हतियार भरुवा बन्दुक, खुकुरी र लाठ्ठी समेत बोकी स्थानिय व्यक्तीहरुको घरमा घेरा हाली आफ्नो पहिचान लुकाउन मुखमा पट्टी बाधी घरमा सुति रहेका मानिसहरुलाई नियन्त्रणमा लिई डरत्रास देखाई घर भित्र रहेका जिन्सी तथा धनमालहरु लुटपाट गरी डाँका चोरी गर्ने समुहका निम्न ४ जना २० बर्ष पछि मिति २०७७/०५/०९ गते जिल्ला प्रहरी कैलालीले निजहरुकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरि निजहरुलाई आवश्यक कारबाहीको लागी  मिति २०७७।०५।११ गते सम्मानित कैलाली जिल्ला अदालतमा दाखिला गरिएको ।                                                                       निम्न :  पक्राउ प्रतिवादीको विवरण :- १)नामथर वतन- जिल्ला कैलाली जोशीपुर गाउपालीका ६ बस्ने बर्ष ४५ को रोगही भन्ने क्रमराज (करन राज) थापा २) नामथर वतन- जिल्ला कैलाली जोशीपुर ३ बस्ने बर्ष ४९ को रोहिना भन्ने भगत चौधरी ३) नामथर वतन- जिल्ला कैलाली जोशिपुर गाउपालीका ४ बस्ने बर्ष ३८ कालु भन्ने गुन सिंह कठरिया ४) नामथर वतन- जिल्ला कैलाली भजनी न पा ६ बस्ने बर्ष ४७ को टिकाराम चौधरी(डगौरा)

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ८ बर्ष ७ महिना पछी पक्राउ
२०७८-०६-१३

जिल्ला कैलाली ध. उ.म.न.पा. १ बस्ने वर्ष ४१को सुरेन्द्र बहादुर सिंहलाई मिति २०६८।०८।१८ गते जि.कैलाली ध.न.पा.वडा नं.०८ धनगढी गाउ स्थित दुर्गा मन्दिरमा लागेको मेला हेर्न गएको समयमा ऐ.ऐ. वडा नम्बर १ बस्ने बर्ष ४० को सुर्वण श्रेष्ठ समेतका २ जनाले कुटपिट गरी घाइते बनाई उपचारको क्रममा मृत्यु भएको र सो पश्चात निज दुवै जना फरार रहेकोमा अर्का प्रतिवादीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी सम्मानित कैलाली जिल्ला अदालतबाट जन्म कैद २० बर्ष फैसला भई सकेको र निज सुवर्ण श्रेष्ठ हाल सम्म फरार रहेकोमा खोज तलास गर्ने क्रममा मिति २०७७।०४।१० गते जिल्ला कैलाली ध उ म नपा ९ स्थित लुकिछिपी बसेको अवस्थामा फेलापारी निजलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी आज मिति २०७७।०४।११ गते सम्मानित कैलाली जिल्ला अदालतमा बुझाईएको ।