प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : मनसुनि भारी बर्षा र बाडि पहिरो
महाकली नदीमा पानीको बहाव बढ्न गई ट्याक्टर सहित मानिसको उद्धार
२०७९-१०-१६

आज मिति २०७९।१०।१६ गते बिहान ११:१५ बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ११ भुजेला स्थित रहेको महाकाली नदीबाट बालुवा गिट्टी ल्याउदै गरेका ८ वटा ट्याक्टरहरु बनबासा ब्यारेजको ढोका खोल्दा महाकाली नदीमा पानीको बहाव अचानक बढ्न गई बिच नदीमा पुर्ण रुपमा डुबान हुन गएको र उक्त ट्याक्टरमा रहेका चालक ८ जना सहित २० जना मजदुरहरू ट्याक्टरको माथि रहेका भनि जानकारी प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोली खटिई गई भारतको बनबासा ब्यारेज पुलसंग समन्वय गरी पुलका ढोका बन्द गर्न लगाई ऐ. १२:१५ बजेको समयमा उक्त ट्याक्टरहरु, चालक सहित २० जना मजदुरहरूको जे.सि.बि.द्धारा उद्धार गरिएको, अन्य मानविय क्षेती केही नभएको ।

अबिरल बर्षाका कारण भएको मानवीय, चौपाया,धनजनको क्षतिको विवरण (०७।०९ गतेको थप अपडेट सहित ):-
२०७८-०७-०७

मानविय क्षति:-मृत्यु:-  जम्मा ३७ जना । (डोटीमा मृत्यु  १६ जना ।  डडेल्धुरामा मृत्यु ३ जना:-  बैतडीमा मृत्यु जम्मा ४,बझाङ:- मृत्यु १२ जना, , कैलाली:- १ जान मृत्यु, अछाम :- १)घाईते जम्मा १८  जना । (डोटीमा घाईते १२ जना , ,  डडेल्धुरामा घाइते जम्मा २ जना, बैतडीमा जम्मा घाईते २ जना:- , बझाङ:- घाईते १ जना, बाजुरा :- १ ।पहिरोमा परि बेपत्ता २२ जना:- बझाङमा बेपत्ता जम्मा -१९ जना, कैलाली १जना, बैतडी १ जना, डोटी-१ ।  यातायात अवरुद्ध सम्वन्धि बिवरण:-डडेल्धुरा जिल्लाको  अमरगढी न.पा.वडा नं ११ रडुवाखोला  र गजरौलाको बिच भागमा १०० मिटर जति रोड भाँसिएकोले अबरुद्ध, दुबै तर्फबाट डोजरले बाटो खुलाउने कार्य भईरहेको ।डोटीको वडा एरियामा एकतर्फि बाटो खुलेको दोहोरोतर्फ रोड खुलाउने कार्य भईरहेको ।कञ्चनपुर र कैलालीको एरियामा सडक अवरुद्ध नभएको ।अछाम: राजमार्ग सुचारु भएको । बैतडी: राजमार्ग सुचारु भएको । बझाङ: वित्थडचिर गा.पा २ पैरा , केदारस्यु गा.पा १देउरा , ऐ  नारिगौडा , छविसपाथिभरा गा. पा १ जाली वगर ऐ. मौरी वगर , जयपृथ्वी न.पा ७ कचाली खोला खुलाउने कार्य  भईरहेकको ।दार्चुला:- महाकाली न.पा. वडा नं.५ किम्तडी भन्ने ठाउँमा बाटो अन्दाजि १०/१२ मिटर जति भाँसिई अबरुद्ध भएकोलेस्काईभेटर द्धारा बाटो खुलाउने कार्य जारी ।बाजुरा:-. १ अम्कोट भन्ने स्थानमा२/३ महिना अगाडीदेखि नै बाटो अबरुद्ध भई रहेको, ऐ. ६ बाजुगाडस्थित रोडमा ठूलो ढुङगा आई बाटो अबरुद्ध भएको र बुढीगंगा न.पा. ३ ताप्रिसेरामा पहिरो आई  बाटो अबरुद्ध खुलाउने पहल भईरहेको ।इन्टरनेट:-सबै जिल्लाहरुमा चालुअवस्थामा रहेको ।टेलिफोन:-सबै जिल्लाहरुमा चालुअवस्थामा रहेको ।