प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : जानकारीमूलक
आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-०७

       बैतडी:- जिल्ला बैतडी, पञ्चेश्वर गा.पा. ४ भनकुडा स्थित जय बहादुर चन्दको ढुंगाले बनेको खर र त्रिपालले छाएको ४ कोठे र ७ कोठे गरी २ (दुई) वटा घरमा सोही ठाँउ स्थित जंगलमा लागेको आगोबाट दुबै घरमा बिहीबार साँझतिर आगलागी हुँदा घर भित्र रहेका काठ, भाडाबर्तन,लत्ताकपडा,खाद्यान्न,सोलार प्यानल लगायतका सामानहरु गरि अन्दाजी रु. ५,००,०००।–(पाँच लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

कर्णाली नदीमा बगेर बेपत्ता
२०८१-०१-०७

     बाजुरा:- जिल्ला बाजुरा, जगन्नाथ गा.पा.२ बस्केना बस्ने नन्द बहादुर शाहको छोरी अन्दाजी बर्ष १५ की सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी अन्दाजी बर्ष १३ की सन्जु कुमारी शाही बिहीबार दिउँसो ऐ.नुनेपानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा बगी बेपत्ता भएका हुन । निज दुबै जना बालिका बगी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई गई बुझ्दा निजहरु सहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकालाई सकुशल उद्दार गरिएको साथै नदीमा बगेर बेपत्ता भएका बालिकाहरुको प्रहरीले खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-२७

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ८ क गाउ स्थित ढकाल लाईन बस्ने दली थापाको माटो र ईटाले बनेको एक तले ४ कोठे टिनले छाएको कच्ची घरको ग्यालरीमा रहेको बिद्युत मिटर बक्समा अचानक तार सट हुन गई मंगलबार बिहान आगलागी हुदाँ  घर सहित घर भित्र रहेका नगद,खाद्धान्न,लत्ताकपडा,फर्निचर,भाँडावर्तन,सुन,मोबायल थान ३ लगायतका सामानहरु गरि अन्दाजी रु. १६,००,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ । 

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-२५

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ पशुपती टोल स्थित हिरा नाथको कच्ची घरको भान्सा कोठा र गोठमा आईतबार बिहानतिर अचानक आगलागी हुँदा उक्त भान्सा कोठा र गोठभित्र रहेका भाडावर्तन,लत्ताकपडा अन्नपात लगायका सामानहरु गरी अन्दाजी रु.५,००,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो ।  आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको । उक्त आगलगी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    यसैगरी, कृष्णपुर न.पा. ४ किचाही स्थित भागरथी बिष्टको काठले बनेको गाई गोठमा आईतबार दिउँसो अचानक आगलागी हुँदा गोठभित्र रहेको एउटा बाख्राको जलेर मृत्यु भएको हो । उक्त आगलागीबाट अन्दाजी रु.६०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय क्षती नभएको । उक्त आगलागी स्थानिय,प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    यसैगरी, बेल्डाडी गा.पा.-२ चन्दनबस्ती स्थित दले दमाईको घर नजिकै रहेको नहरको छेउमा बालेको आगोबाट निजको १ तले कच्ची घरमा आगो सल्किन गई आईतबार दिउँसो आगलागी हुँदा अन्दाजी रु.७०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-२५

      डडेल्धुरा:- जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.११ स्थित सल्लेरी सामुदायिक वनमा लागेको आगोबाट ऐ.तलगडी बस्ने ललित देवकोटाको काठ र माटोले बनेको खरले छाएको २ तले २ कोठे कच्ची घरमा शनिबार साँझतिर आगलागी हुदाँ  घरको भुईतलामा गोठभित्र रहेका एउटा गाईको बाच्छो जली मृत्यु भएको र तिन वटा गाई जलेर घाईते भएका हुन ।  उक्त आगलागीबाट घर भित्र रहेका लत्ता-कपडा,खाद्मान्न लगायतका सामानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानविय क्षती नभएको । आगलागीबाट भएको क्षतिको बिबरण आउन बाँकी रहेको । उक्त आगलागी स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०८०-१२-२३

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. वन्यजन्तुको अवैध सिकार मुद्दामा रु.१०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१५ बस्ने जित बहादुर राना ।२. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका जोशीपुर गा.पा.१ बस्ने खडके देउवा ।३. चेक अनादर मुद्दामा १ महिना कैद सजाय र रु.३,०००।– जरिवाना ठहर भएका जिल्ला दार्चुला शैल्यशिखर न.पा.९ बस्ने दिनेश राज बिष्ट ।४. छुवाछुत मुद्दामा रु.५००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा ३ बस्ने ओम प्रकाश पाण्डेय ।५. चोरी मुद्दामा रु.१,९००।–जरिवाना ठहर भएका धनगढी उ.म.न.पा ७ बस्ने ज्ञानु चौधरी ।

फरार प्रतिवादी पक्राउ
२०८०-१२-२२

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. चोरी मुद्दामा रु.३५,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.२ बस्ने भवानी प्रसाद संग्रोला ।२. नक्कली मुद्रा सम्बन्धी मुद्दामा रु. ४७,३००।– जरिवाना ठहर भएकी  धनगढी उ.म.न.पा.७ बस्ने  सुनिता राना ।३. फौजदारी बिबिध मुद्दामा रु.३,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने रघुनाथ भट्ट ।४. फौजदारी बिबिध मुद्दामा रु.३,०००।– जरिवाना ठहर भएकी धनगढी उ.म.न.पा.६ बस्ने चन्द्रा देवी भट्ट ।५. लागू औषध मुद्दामा ५ बर्ष कैद सजाय र रु.५,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ८ बस्ने जय शंकर सिंह ।६. नकवजनी चोरी मुद्दामा २९ दिन कैद सजाय र रु.१०,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा. ९ बस्ने दिपक राज जोशी ।७. लागू औषध मुद्दामा ३ महिना २१ दिन कैद सजाय ठहर भएका गोदावरी न.पा. २ बस्ने घनश्याम जोशी ।८. जारी मुद्दामा १ महिना कैद सजाय र रु.१,०००।– जरिवाना ठहर भएकी गौरीगंगा न.पा. ८ बस्ने शिवचरणी चौधरी ।९. वन मुद्दामा रु.१,५६,९८२।– जरिवाना ठहर भएका कैलारी गा.पा.८ बस्ने छेदु राम चौधरी ।    कञ्चनपुर:-  सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५२।०५।०७ गतेको फैसलाले बन मुद्दामा रु.२,४७४।- जरिवाना ठहर भई फरार रहेका बेल्डाडी गा.पा.-१ बेल्डाडी बस्ने बर्ष  ५० को रमेश सिंहलाई बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-१९

     बझाङ:- जिल्ला बझाङ, मष्टा गा.पा.६ रिलु बस्ने जिते रोकाया,ऐ.बस्ने ईश्वर रोकाया र ऐ.बस्ने लोकेन्द्र रोकायाको सङ्गै जोडिएका ३ तले पत्थरले छाएका घरहरुमा सोमबार दिउँसो अचानक आगलागी हुँदा घर लगायत घर भित्र रहेका अन्नपात,भाडाबर्तन,लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको । उक्त आगलागी स्थानियको सहयोगमा नियन्त्रणमा आई सकेको । आगलागीबाट भएको क्षतिको बिबरण आउन बाँकी रहेको । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय मष्टा बझाङबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान गरिरहेको छ ।     कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा. ७ राना गाँउ स्थित कल्लु रानाको जस्तापाताले छाएको भुईतले कच्ची गोठमा राखेको भुसा र परालमा खाना पकाउन बालेको आगोबाट सोमबार दिउँसो अचानक आगलागी हुँदा उक्त गोठ र गोठ भित्र रहेको भुसा,पराल,काठको कडी, जस्तापाता लगायतका सामानहरु गरि अन्दाजी रु.१,५०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागीबाट गोठ भित्र रहेको बाख्रा १ वटा जलेर घाईते भएको छ भने अन्य मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-१५

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ मनेहरा जे.पि.चोक बस्ने बाटु कामीको काठले बनेको खरले छाएको कच्ची गोठमा मच्छर मार्नको लागि बालेको आगोबाट अचानक बुधबार राती आगलागी हुँदा गोठ भित्र रहेका २ वटा बाख्राका पाठा जलेर मृत्यु भएको । निज बाटु कामीको पिठ्यू,हात र खुट्टामा जलेर सामान्य  घाईते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार पश्चात डिस्चार्ज भएकी । गोठ पुर्ण रुपमा जली नष्ट भएको,उक्त आगलागीबाट भएको क्षतिको बिबरण आउन बाँकी रहेको । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०८०-१२-१४

    कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा रु.२,०००।- जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली,धनगढी उ.म.न.पा. २ बस्ने बर्ष ४७ को जनक बहादुर देउल्याललाई मंगलबार प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।     कञ्चनपुर:- सम्मानित उच्च अदालत जनकपुरको मिति २०७९।१२।२२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय र रु. १०,००,०००।-(दश लाख) जरिवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर,पुनर्वास न.पा. ११ भिमबस्ती बस्ने बर्ष ३० को समेल महतालाई मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट निजलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित जिल्ला अदालत कञ्चनपुर समक्ष पेश गरेको हो । 

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-१२

    बझाङ:- जिल्ला बझाङ, बिथ्थडचिर गा.पा.९ बागथला स्थित भान बहादुर बिष्टले संचालन गरेको जस्ताका पाताले बनेको ४ कोठे भुईतले होटेल र खुद्रा पसलमा आईतबार राती अचानक आगलागी हुँदा उक्त होटेल र पसल भित्र रहेका सर-सामानहरु जलेर नष्ट भएको हो । उक्त आगलागीबाट मानविय क्षती नभएको । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     बाजुरा:- जिल्ला बाजुरा, बडिमालिका न.पा. ६ कोर्ध स्थित अमर बडुवाल र बल बहादुर बडुवालको सँगै जोडिएको ढुङ्गा र माटोले बनेको सिलेटले छाएको ३ तले घरमा बिजुलीको लाईन सर्ट हुन गई  आईतबार साँझतिर अचानक आगलागी हुँदा घर र घर भित्र रहेका सरसामानहरु जलेर नष्ट भएको हो । उक्त आगलागीबाट मानविय/चौपाया क्षती नभएको । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको छ ।  

तालमा डुबी मृत्यु
२०८०-१२-१२

  बाजुरा:- जिल्ला बाजुरा, खप्तडछेडेदह गा.पा.७ लमगाउँ बस्ने बर्ष अन्दाजी ३०/३२ को बिरेन्द्र बहादुर रावत ऐ.स्थित छेडेदह तालमा घुम्न गएको अवस्थामा उक्त तालमा रहेको डुङ्गामा चढी तालमा खेल्ने क्रममा अचानक डुङ्गा पल्टिन गई तालमा डुबेर निजको आईतबार दिउँसो मृत्यु भएको हो । निज सहित ७ जना आईतबार दिउँसो तालमा रहेको डुङ्गामा चढी खेल्ने क्रममा डुङ्गा पल्टिन गई निज बिरेन्द्र बहादुर रावत तालमा डुबि बेपत्ता भएका थिए भने अन्य ६ जना पौडी खेली स-कुशल बाहिर निस्केका हुन । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुरा समेतबाट प्रहरी टोली खटिई गई निजलाई तालबाट मृत अवस्थामा फेला पारेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु र एक जना घाईते
२०८०-१२-११

      डोटी:- जिल्ला डोटी, आदर्श गा.पा. वडा नं. २ कुचेडा स्थित घर पोत्ने माटो खन्ने क्रममा माथीबाट खसेको माटोको ढिस्कोमा पुरिएर ऐ. २ मौवा बस्ने अन्दाजी बर्ष ६० की भागा देवी ओझाको आईतबार दिउँसो घटनास्थलमा मृत्यु भएको हो । सोही माटोको ढिस्कोले च्यापिएर ऐ.१ बाँझककनी बस्ने अन्दाजी बर्ष ५० की पार्वती खड्का घाईते भएकी हुन । निजको कम्मर मुनीको भाग च्यापिएको अवस्थामा उद्दार गरी उपचारको लागि स्वास्थ्य चौकी मौवा हुदै जिल्ला अस्पताल डोटीमा पठाएको हो । माटोको ढिस्को खसेर घाईते तथा च्यापिएको भन्ने खवर प्राप्त हुना साथ तत्काल ईलाका प्रहरी कार्यालय आदर्श डोटी समेतबाट प्रहरी टोली खटिई गई उद्दार गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

माटोको ढिस्कोले पुरिएर मृत्यु
२०८०-१२-११

    डोटी:- जिल्ला डोटी, शिखर न.पा.९ ढुङग भन्ने स्थानमा घर पोत्ने माटो खन्ने क्रममा माथीबाट खसेको माटोको ढिस्कोमा पुरिएर ऐ. ९ छोया बस्ने बसन्त रोस्याराको श्रीमती बर्ष २२ कि निर्मला रोस्याराको शनिबार दिउँसो घटनास्थलमा मृत्यु भएको हो । सोही ठाँउका अन्य ३ जना समान्य घाईते भएका हुन । घाईते हुनेहरुमा सोही ठाउँ बस्ने बर्ष १९ की लक्ष्मी रोस्यारा,बर्ष २९ की दिपा रोस्यारा र बर्ष ४० की सुना भुल रहेका छन । माटोको ढिस्को खसेर पुरिएकी भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिलताली डोटी समेतबाट प्रहरी टोली खटिई गई उद्दार गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

*** प्रहरी नायव महानिरीक्षक ज्यूबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ***
२०८०-११-२४

    धनगढी:- सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया,कैलालीको स्थलगत निरीक्षण गर्नु भयो । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, शाखाहरु, ब्यारेक,मेसको निरीक्षण गर्नु भई सुदूरपश्चिम प्रदेश अन्तरगत ट्राफिक प्रहरी कार्यालयहरुमा कार्यरत बिभिन्न युनिटहरुका ईन्चार्जहरु समेतलाई आवश्यक निर्देशन दिनु भयो ।       निर्देशनको क्रममा उहाँले ओभरलोड लोड,भवरलोड,क्षमता भन्दा बढी यात्रु बोक्ने,प्राईभेट नम्बर प्लेट भएका सवारी साधनले यात्रुहरु बोक्ने,रुट पर्मिट नभएका स्थानमा सवारी साधन चलाउने,नबिकरण फेल भएका सवारी साधनहरु पनि निर्वाध रुपमा चलाउने,क्षमता भन्दा बढी नदीजन्य पदार्थको भार बोकी सडकमा पानी चुहाउदै टिपरहरु गुड्ने,यदाकदा ट्राफिक प्रहरीहरुकै नियम उल्लघंनकर्ताहरुसंग अब्यवसायिक साँठगाँठ हुने जस्ता प्रबृतीहरुलाई पुर्णतया निरुत्साहित गरि उच्च अनुशासनका साथ उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनु भयो ।      उक्त अवसरमा उहाँले सवारी दुर्घटना न्युनिकरणका लागि सरोकारवाला निकाय तथा नागरिक समाजसंग सहकार्य गरि जनचेतनामुलक कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्ने,ट्राफिक चेकजाँच कडाईका साथ पुर्ण ब्यवसायिक तबरले गर्ने,अनाबश्यक हैरानी नदिने,प्रहरी कर्मचारीहरुले नेपाल प्रहरीको मिडिया नीति बिपरित सामाजिक सञ्जालको प्रयोग नगर्न र प्रहरी आचरण विपरीतका कुनै गतिविधिमा संलग्न नहुन समेत सचेत गराउनु भयो । 

फरार प्रतिवादी पक्राउ
२०८०-११-२३

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. वन पैदावार ओसार पसार मुद्दामा रु.४,५०५।– जरिवाना ठहर भएका गौरीगंगा न.पा. ३ बस्ने दिल बहादुर खत्री ।२. सवारी ज्यान मुद्दामा १ महिना ८ दिन कैद सजाय र रु.२,०००।– जरिवाना ठहर भएका गौरीगंगा न.पा. ३ बस्ने अमृत चौधरी ।३. वनपैदावार ओसार पसार मुद्दामा १५ दिन कैद सजाय र रु. १६,३२५।– जरिवाना ठहर भएका बर्दगोरिया गा.पा. ६ बस्ने मान बहादुर सुनार ।४. वनपैदावार ओसार पसार मुद्दामा ५ दिन कैद सजाय र रु २६,४१८।– जरिवाना ठहर भएका भएका बर्दगोरिया गा.पा. ६ बस्ने  महेन्द्र बिश्वकर्मा ।५. लागू औषध (गाँजा/चरेश) मुद्दामा १० दिन कैद सजाय र रु. २०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ४ बस्ने तेज बहादुर धामी ।६. सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय ठहर भएका लम्की चुहा न.पा. १० बस्ने आइतवारी डगौरा । 

सवारी दुर्घटनामा मृत्यु
२०८०-११-२३

         कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ सामादैजी स्थित पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको भे.१ क. २११४ नम्बरको ट्रक र  बिपरित दिशा तर्फ जादै गरेको म.२ प. ८५८२ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन जाँदा मोटरसाईकल चालक ऐ. कृष्णपुर न.पा.९ पिपरीया बस्ने बर्ष २५ को पुरन रानाको मंगलबार साँझतिर मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाईते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र ट्रक चालक जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका २० बस्ने बर्ष २८ को मिन बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिबादी पक्राउ
२०८०-११-२२

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. चेक अनादर मुद्दामा रु.१,०००।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. २ बस्ने बिष्णु मायाँ पुजारा ।२. बन्य जन्तुको छाला ओसार पोसार मुद्दामा रु.१०,०००।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ४ बस्ने गगन देव पण्डित । ३. गाली बेईज्जती मुद्दामा रु.२५०।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.५ बस्ने नारायण चौधरी । ४. गाली बेईज्जती मुद्दामा रु.२५०।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.५ बस्ने कृष्ण चौधरी ।५. सवारी ज्यान मुद्दामा १० दिन कैद सजाय र रु.२,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१६ बस्ने राजेश राना । ६. वाल यौन दुरुपयोग मुद्दामा १८ दिन कैद सजाय र रु.५००।– जरिवाना ठहर भएका गोदावरी न.पा.५ बस्ने नव राज भट्ट ।          कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७२।०३।२० गतेको फैसलाले बन मुद्दामा रु,१,५४२।- जरिवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० बस्ने बर्ष ४० को देव सिंह साउदलाई सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

फरार प्रतिबादी पक्राउ
२०८०-११-२१

        कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनाधर मुद्दामा रु ५००।- जरिवाना ठहर भई फरार रहेका भजनी न.पा.३ पेरणी बस्ने बर्ष ४० को हरिराम डगौरालाई आईतबार ईलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले भजनी बजारबाट पक्राउ गरेको हो ।        कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. अभद्र व्यवहार मुद्दामा रु.३,०००।– जरिवाना ठहर भएका कृष्णपुर न.पा. ४ बस्ने सोनु बडैला ।२. अभद्र ब्यवहार मुद्दामा रु. ५,०००।– जरिवाना ठहर भएका भिमदत्त न.पा.१८ बस्ने आयुष भट्टराई ।३. नकवजनी चोरी मुद्दामा रु. १५,०००।– जरिवाना ठहर भएका बेलडाँडी गा.पा.१ बस्ने परिवर्तित नाम जिल्ला ७५ बेलडाँडी (झ) कुमार ।४. गालि बेईज्जति मुद्दामा रु.५००।- जरिवाना ठहर भएका भिमदत्त न.पा.-८ बस्ने जोगि गरि दमाई ।५. गालि बेईज्जति मुद्दामा रु.५००।- जरिवाना ठहर भएका भिमदत्त न.पा.-८ बस्ने भरत दमाई ।६. गालि बेईज्जति मुद्दामा रु.५००।- जरिवाना ठहर भएका भिमदत्त न.पा.-८ बस्ने पुनि दमाई ।७. सवारी ज्यान मुद्दामा रु. २,०००।- जरिवाना ठहर भएका दोधरा चाँदनी गा.बि.स.-७ बस्ने नर सिंह धामी ।८. जबरजस्ती करणी मुद्दामा ६ महिना कैद सजाय र रु. ३०००।– जरिवाना ठहर भएका दोधरा चाँदनी न.पा.-१ बस्ने केशब राज भट्ट ।९. कृते जालसाँज मुद्दामा रु. १,०००।– जरिवाना ठहर भएका भिमदत्त न.पा.-६ बस्ने पुरन कुमाल ।

अबैध काठ बरामद
२०८०-११-२०

         कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ६ भट्टी चोकबाट साल जातको काठ जस्तो देखीने कडी ७५ थान र फ्रेम ४१ थान (४७.४ क्यू फिट) सहित से १ ख १६२० नम्बरको मिनिट्रक र चालक जिल्ला डोटी बडिकेदार गाउँपालिका १ बस्ने बर्ष २९ को बसन्त मौनीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उक्त मिनिट्रक पल्टेको अवस्था रहेको भनि स्थानियले जानकारी गराउना साथ सामुदायिक प्रहरी सेवा केन्द्र हंसनपुरबाट खटिएको प्रहरी टोलीले उक्त काठ फेला पारी ट्रक सहित चालकलाई पक्राउ गरेको हो । उल्लेखित काठ,ट्र्क र चालकलाई आवश्यक कारवाहीको लागि प्रहरीले सव डिबिजन वन कार्यालय कैलालीलाई बुझाएको हो ।

फरार प्रतिबादी पक्राउ
२०८०-११-१८

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१.  बन मुद्दामा रु.९४,५७०।-  जरिवाना ठहर भएका जिल्ला कैलाली,चुरे गा.पा. ३ बस्ने भिम बहादुर थापा ।२. बन मुद्दामा २ महिना ४ दिन कैद सजाय र रु.१३,५००।-  जरिवाना ठहर भएका जिल्ला कैलाली,चुरे गा.पा. ६ बस्ने जवन सिंह रावत ।३. लागू औषध मुद्दामा ३ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा. ५ बस्ने किरण बोहरा ।४. चोरी मुद्दामा ५ महिना ८ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा. १६ बस्ने सुनिल चौधरी ।५. चेक अनादर मुद्दामा रू.२२५।– जरिवाना ठहर भएका  जिल्ला कैलाली चुरे गा.पा. १ बस्ने बिर बहादुर घर्ती मगर ।६. वन मुद्दामा २३ दिन  कैद सजाय र रु.१२,२५०।– जरिवाना ठहर भएका जिल्ला कैलाली लम्कीचुहा न.पा. २ बस्ने सुधराम डंगौरा ।   कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. किर्ते मुद्दामा १ बर्ष ४ महिना १६ दिन कैद सजाय र रु. १,५०,०००।- जरिवाना ठहर भएका पुनर्वास न.पा. ६ बस्ने हिमाल मल्ल ।२. नकवजनी चोरी मुद्दामा १८ दिन कैद सजाय र रु.६६१।– जरिवाना ठहर भएका भिमदत्त न.पा. १८ बस्ने राहुल चन्द ।

फरार प्रतिबादी पक्राउ
२०८०-११-१७

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१.लागू औषध मुद्दामा ४ महिना ३ दिन कैद सजाय र रु.२,०००।- जरिवाना ठहर भएका जिल्ला कैलाली गादावरी न.पा.५ बस्ने दिनरश चौधरी ।२.सरकारी छाप किर्ते मुद्दामा ५ महिना २८ दिन कैद सजाय र रु.५०,०००।– जरिवाना ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१४ बस्ने धन बहादुर तामाङ् । ३.सरकारी छाप किर्ते मुद्दामा ५ महिना २१ दिन कैद सजाय र रु.५०,०००।– जरिवाना ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१४ बस्ने दोर्चे लामा ।४.जुवातास मुद्दामा २६ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा. ४  बस्ने देवराज पाठक ।५.बन मुद्दामा रु. २,९५९।-  जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा.०७ बस्ने जिबन चौधरी ।६.बन मुद्दामा रु.२,९५९।-  जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा.०७ बस्ने भोज लाल चौधरी ।७.बन मुद्दामा रु.२,९५९।-  जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा.०७ बस्ने कर्मराज चौधरी ।

फरार प्रतिबादी पक्राउ
२०८०-११-१६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा लागू औषध (खैरो हेरोईन) मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७८।०८।२२ गतेको फैसलाले १९ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला कैलाली टिकापुर नगरपालिका १ बस्ने बर्ष २३ को तपेन्द्र ठकुल्लालाई ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझतिर निजकै घरबाट पक्राउ गरेको हो ।     यसैगरी:-  बन मुद्दामा सम्मानित अदालतको फैसलाले रु.६५,२०५।- जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली गौरीगंगा न.पा. ८ बस्ने बर्ष ५० को डिल्ली राज जोशीलाई ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो निजकै घरबाट पक्राउ गरेको हो । 

सवारी दुर्घटनामा मृत्यु
२०८०-११-१०

    बैतडी:- जिल्ला बैतडी, डिलासैनी गा.पा.१ घारडा स्थित गन्नाबाट  धौला तर्फ जादै गरेको सु.प.प्र.०१००१ च ३१४६ नम्बरको जीप अनियन्त्रीत भई सडकमा पल्टिई बिहीबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार सोही ठाउँ बस्ने  ५० बर्षिय गोपाल बोहराको  उक्त जिपले च्यापिन गई घटनास्थलमा नै मृत्यु भएको हो । साथै उक्त जीपमा १३ जना सवार मध्ये १ जनाको मृत्यु भएको, ५ जना घाईतेहरुलाई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला तर्फ पठाईएको छ भने अन्य यात्रुहरु सकुशल रहेका छन ।  दुर्घटना पश्चात फरार रहेका जीप चालको प्रहरीले खोजी गर्नुका साथै दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिस्फोट हुँदा ४ जना घाईते
२०८०-११-१०

     कैलाली:- जिल्ला कैलाली, चुरे गाउँपालिका ३ भीमदत्त राजमार्ग स्थित भासु भिर नजिक सडक चौडा गर्ने क्रममा JCB ले खनिरहेको अनस्थामा जमिन भित्र बाट नाम नखुलेको  बिस्फोटक पदार्थ बुधबार साँझतिर बिष्फोट हुन गई ४ जना मानिसहरु घाईते भएका छन । घाईते हुनेहरुमा JCB चालक जिल्ला डडेल्धुरा आलिताल गा.पा.८ बस्ने बर्ष २४ को बिकाश थापा (सामान्य घाईते), जिल्ला कैलाली चुरे गा.पा. ३ बस्ने बर्ष ४५ को बसन्त खडायत(अवस्था सिरियस), जिल्ला सुर्खेत घर भई हाल कञ्चनपुर बस्ने रोलर अप्रेटर बर्ष २२ को हिरा थापा(अवस्था सिरियस),  र बिराटनगर घर भई हाल कञ्चनपुर बस्ने बर्ष ३५ को नबिन देब (सामान्य घाईते) रहेका छन । निज घाईतेहरुको धनगढी स्थित मायामेट्रो अस्पताल उपचार भईरहेको छ । उक्त स्थानमा नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिई गई  यस सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु
२०८०-११-०९

        अछाम:- जिल्ला अछाम, चौरपाटी गाउँपालिका ५ लुङ्रा स्थित भित्री सडक खण्डमा लुङ्राबाट साँफे तर्फ जादै गरेको से १ ज ४२९  नम्बरको जीप अनियन्त्रीत भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार जिल्ला डोटी पुर्बि चौकी गा.पा. ४ बस्ने राजेन्द्र खड्काको छोरा १८ महिनाको ईसान खड्काको उपचारको क्रममा न्याय हेल्थ अस्पताल बयलपाटामा अन्दाजी १०:४५ बजेतिर मृत्यु भएको हो । साथै दुर्घटनामा घाईते भएका अन्य १४ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ भने जीप चालक ऐ. चौरपाटी गा.पा. ५ बस्ने बर्ष ५१ को तेज बहादुर रावलको स्थानिय मेडिकलमा उपचार भईरहेको छ ।  दुर्घटना सम्बन्धमा प्रहरीले घाईतेहरुको उद्दार गर्नुका साथै यस सम्बन्धमा आबश्यक अनुसन्धान गरि रहेको छ ।

सवारी दुर्घटनामा मृत्यु
२०८०-११-०७

    दार्चुला:- जिल्ला दार्चुला, नौगाड गा.पा.२  सुन्नमुन्न स्थित  भित्री सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सु.प.प्र.०२००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर आईतबार साँझतिर दुर्घटना हुँदा  ट्याक्टरमा सवार सोही निमार्ण सेवा कम्पनिका ओभरसियर जिल्ला धनुषा नारायण न.पा.५ गमरखोली बस्ने बर्ष ३२ को राम सागर रावतको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो । फरार रहेका ट्याक्टर चालक जिल्ला बैतडी मेलौली न.पा.१ बस्ने २८ को बिजेन्द्र सिंह नायक खोजिकार्य गर्नुका साथै  दुर्घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट अवश्यक अनुसन्धान भईरहेको छ । 

सवारी दुर्घटनामा मृत्यु
२०८०-११-०४

    बझाङ:- जिल्ला बझाङ, जयपृथ्बी न.पा.११ साईलाबगर स्थित तलकोटबाट सदरमुकाम चैनपुर तर्फ आउँदै गरेको से १ ज ८६८ नम्बरको जीप एक्कासि कच्ची सडकबाट अन्दाजी १५० मिटर तल खसेर बिहीबार राती दुर्घटना हुँदा जिपमा सवार जिल्ला बझाङ तलकोट गा.पा.३  बस्ने १९ की सुस्मिता कठायतको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भिर घाईते भएकी उनको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि घाईते भएका जीप चालक तल्कोट गा.पा. ३ बस्ने बर्ष २३ को राजेश कुमार कडाल र सहचालक मष्टा गा.पा. ५ बस्ने बर्ष १७ को कमल कठायतको उपचारको लागि जिल्ला अस्पताल बझाङ हुँदै थप उपचारको लागि निज दुवै जना घाईतेलाई धनगढी रिफर गरेको हो । यस दुर्घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

आगलागी बिभिन्न धनमाल जली नष्ट
२०८०-११-०३

    डोटी:- जिल्ला डोटी, पुर्बीचौकी गा.पा.२ कुडासैन बस्ने शरु देवी ठकुल्लाको २ तले २ कोठे कच्ची घरमा गोठको भान्सामा बालेको आगोबाट बुधबार बिहान अचानक आगलागी हुंदा गोठमा रहेका ३ वटा गाई र १ वटा बाख्राको जली मृत्यु भएको र गोठमा रहेको पराल, काठ लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु. १,००,०००।- (एक लाख)  बराबरको धनमाल जलेर नष्ट भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    बाजुरा:- जिल्ला बाजुरा, गौमुल गा.पा.१ माडी वस्ने महेन्द्र रोकायाको ढुङ्गा माटोले बनेको २ तले ४ कोठे कच्ची घरमा खाना पकाउन बालेको ग्याँस लिक भई बुधबार बिहान अचानक आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा, जस्तापाता र काठ लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु. २,००,०००।- (दुई लाख)  बराबरको धनमाल जलेर नष्ट भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    दार्चुला:- जिल्ला दार्चुला, शैल्यशिखर न.पा. ०९ गाजरी वस्ने सुदेव भट्टले सञ्चालन गरेको आरा मिलमा बिहीबार बिहान अन्दाजी ०३:३० बजेतिर अचानक आगलागी हुँदा आरा मिल भित्र रहेका काठ, ब्याट्री, सिसा, फ्रेम लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु. १०,००,०००।- (दश लाख)  बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल पुर्व प्रहरी संगठनद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम
२०८०-१०-२६

 धनगढी:- आज मिति २०८०।१०।२६ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीको हाता भित्र रहेको नेपाल पुर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिको कार्यालयको सभाहलमा नेपाल पुर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिका अध्यक्ष पुर्व प्रहरी बरिष्ठ उपरीक्षक उत्तम बहादुर सिंह लगायत कार्य समितिका पदाधिकारीहरु,नेपाल पुर्व प्रहरी संगठन जिल्ला समितिका पदाधिकारीहरु,पुर्व प्रहरी कर्मचारीहरु लगायतले एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूलाई स्वागत एवं अन्तरक्रिया कार्यक्रम समेत गर्नु भयो ।          उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्युले पूर्व प्रहरी कर्मचारीहरुले आफ्नो जीवनकालको अत्यन्त उर्जाशील समय नेपाल प्रहरी मार्फत राष्ट्रका लागि खर्चिएर पुर्‍याउनु भएको योगदानको उच्च सम्मान गर्दै उहाँहरूको सुखद भविष्यको कामना गर्नुभयो । यस क्रममा उहाँले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा,अपराध रोकथाम,गुण्डागर्दी,तस्करी लगायत समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा पूर्व प्रहरी कर्मचारीबाट रचनात्मक सहयोग सदैव प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो ।          उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका कार्यालय प्रमुख, नेपाल पुर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिका पदाधिकारीहरु,नेपाल पुर्व प्रहरी संगठन जिल्ला समितिका पदाधिकारीहरु,पुर्व प्रहरी कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो । 

फरार प्रतिबादी पक्राउ
२०८०-१०-२४

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा बन मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले १ महिना कैद सजाय र रु.९,००,०००।– (नौ लाख) जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली, गौरीगंगा नगरपालिका ९ बस्ने बर्ष ३८ को महेन्द्र देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझतिर निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा बहु विवाह मुद्दामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७९।०६।२६ गतेको फैसलाले ११ महिना ११ दिन कैद सजाय र रु.२०,०००।– जरिवाना ठहर भई फरार रहेकी जिल्ला कञ्चनपुर, भिमदत्त नगरपालिका १० बस्ने बर्ष ३२ की देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरि सम्मानित अदालत समक्ष उपस्थित गराएको हो । 

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१०-१९

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१५ गोबरीया स्थित करन कार्कीले संचालन गरेको कुखुरा फर्ममा एक्कासी बिजुलीको तार सर्ट हुन गई शुक्रबार बिहान आगलागी हुँदा उक्त फर्म भित्र रहेका ७०० वटा कुखुराका चल्लाहरू जलि अन्दाजी रु.६०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बसपार्क नजिक रहेको निरा प्रसाईले संचालन गरेको पाथिभारा ईम्पोरियम जुत्ता चप्पल र कपडाको पसलमा अचानक बिजुलीको लाईन सर्ट हुन गई शुक्रबार दिउँसो आगलागी हुँदा उक्त पसल भित्र रहेका सामानहरु जलि अन्दाजी रु. ८,००,०००।– (आठ लाख ) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी दमकल,प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी युनिट ईन्चार्जहरुलाई निर्देशन
२०८०-१०-१७

आज मिति २०८०।१०।१७ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीमा एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला स्थित सिमानाकामा रहेका प्रहरी युनिट ईन्चार्जहरु लाई आवश्यक निर्देशन दिनु भएको छ । उहाँले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा समिक्षा गर्दै , आगामी दिनमा आईपर्न सक्नेसुरक्षा चुनौती एवं समाधानका विषयहरुमा निर्देशन दिनु भयो ।निर्देशन सम्बोधनको क्रममा उहाँ ले नेपाल भारतको सिमा नाकाबाट हुने भन्सार चोरी तस्करी तथा सिमानाकामा हुने अपराधिक गतिविधिका विरुद्ध प्रभावकारी प्रहरी परिचालन र कानून कार्यान्वयन गर्ने, लागू औषधको ओसार पसार, बिक्री बितरण नियन्त्रण गर्ने,सवारी दुर्घटना नियन्त्रणका लागि बिशेष सक्रिया देखाउने  , नियमित रुपमा चेकजाँच गर्ने,फरार अपराधीहरूको खोजी,सामाजिक अपराधहरु रोकथाम तथा नियन्त्रणमा  प्रभावकारी ढंगले प्रस्तुतहुने, नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध विकास  गरी नागरीक मैत्री सेवा प्रवाह गर्ने ।  गैह्र व्यवसायिक आर्थिक लाभ र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधीमा संलग्न नहुने,उच्च अनुशासन र मनोवलका साथ त्रुटीरहित ढंगबाट कार्य गर्ने , प्रभावकारी सूचना संकलन एवं विश्लेषण गरी गुणस्तरीय र जनसहभागिता मूलक  प्रहरी सेवा प्रदान गर्ने  लगायतका  विषयहरुमा आवश्यक निर्देशन समेत दिनुभयो ।      उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलाली,सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली,कञ्चनपुर तथा मातहत सिमा नाकाहरुमा प्रहरी युनिटहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत ,ट्राफिक प्रहरी पोष्ट ईन्चार्ज हरु  लगायत प्रहरी कर्मचारीहरु  उपस्थिती रहेको थियो । 

धनगढी उप-महानगरपालिकाद्वारा स्वागत तथा परिचयात्मक कार्यक्रम ।
२०८०-१०-०५

धनगढी:-आज मिति २०८०।१०।०५ गतेका दिन धनगढी उप-महानगरपालिकाको सभाहलमा नगर प्रमुख श्री गोपाल हमाल ज्यू, कार्यकारी अधिकृत, महाशाखा, शाखा प्रमुख लगायत कर्मचारीहरुले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूलाई स्वागत गर्नु भयो । साथै उक्त अवसरमा उहाँले यस क्षेत्रको शान्ति सुरक्षा,लागू औषध नियन्त्रण,पर्यटन लगायतका बिषयमा सहभागिहरुबाट सोधिएका जिज्ञासाहरुका बिषयमा आफ्नो धारणा राख्नु भएको थियो । बिभिन्न सामाजिक अपराध लगायत  लागूऔषध नियन्त्रणमा स्थानिय निकायहरु संगको सहकार्य महत्वपुर्ण हुने बिचार ब्यक्त गर्दै सिमावर्ती क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापमा नियन्त्रण र प्रदेशको शान्ति सुरक्षामा प्रतिवद्द रहने धारणा  ब्यक्त गर्नु भयो । 

उद्योग वाणिज्य संघ कैलाली द्वारा स्वागत तथा परिचयात्मक कार्यक्रम
२०८०-१०-०४

धनगढी, ४ माघ  ।    आज मिति २०८०।१०।०४ गतेका दिन उद्योग वाणिज्य संघ कैलाली धनगढीको सभाहलमा संघका अध्यक्ष श्री पुष्पराज कुँवर समेतको कार्य समितिका पदाधिकारीहरु,होटेल,फलफुल,सागपात,खुद्रा ब्यबसायी,संचारकर्मी लगायत बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूलाई स्वागत गर्नु भयो । साथै उक्त अवसरमा उहाँले यस क्षेत्रको शान्ति सुरक्षा,तस्करी नियन्त्रण,लागू औषध नियन्त्रण,सिमा सुरक्षा लगायतका बिषयमा सहभागिहरुबाट सोधिएका जिज्ञासाहरुका बिषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

सवारी दुर्घटनामा मानिसको मृत्यु
२०८०-०९-०३

कैलाली:- जिल्ला कैलाली,कैलारी गा.पा.७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल र से ५ प ४७७४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन गई सोमबार साँझतिर दुर्घटना हुँदा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल चालक ऐ.५ बस्ने बर्ष २८ को शिशिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका से ५ प ४७७४ नम्बरको मोटरसाईकल चालक भजनी न.पा.५ बस्ने बर्ष २६ को बिर बहादुर चौधरी र सोही मोटरसाईकलमा सवार ऐ.बस्ने बर्ष २८ को राजेश डगौराको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको छ । दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ । 

सवारी दुर्घटनामा चार जनाको मृत्यु
२०८०-०९-०२

बाजुरा:- जिल्ला बाजुरा,बडिमालिका न.पा. २ खडिगाड भन्ने ठाउँमा सदरमुकाम मार्तडीबाट गौमुल तर्फ गईरहेको सु.प.प्र. ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरलाई सोही दिशा तर्फ गईरहेको लु. ४ त ७३०५ नम्बरको ट्याक्टरले ओभरट्याक गर्दा अगाडीको ट्याक्टरमा ठोकिदा दुवै ट्याक्टर रोडमा पल्टिन गई आईतबार साँझतिर दुर्घटना हुँदा लु. ४ त ७३०५ नम्बरको ट्याक्टरमा सवार जिल्ला बाजुरा गौमुल गा.पा. ६ बस्ने बर्ष २६ को ट्याक्टर चालक हिक्मत रोकाया,ऐ.बडिमालिका न.पा. १ बस्ने बर्ष ४० को चन्द्र दानी,ऐ. बडिमालिका न.पा. २ बस्ने बर्ष २३ की किट्टी रोकाया र ऐ. बडिमालिका न.पा. २ बस्ने बर्ष ४१ को देब राज जोशीको ट्याक्टर मुनि च्यापिन गई घट्नास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका सु.प.प्र. ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरमा सवार तीन जना उपचार पश्चात राती नै डिस्चार्ज भएका छन भने फरार रहेका सु.प.प्र. ०१-००२ त ४१०५ नम्बरको ट्याक्टर चालकको प्रहरीले खोजतलास गर्नुका साथै  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मानिसको सकुशल उद्दार
२०८०-०६-१६

कञ्चनपुर:- जिल्ला डडेल्धुरा,अमरगढी न.पा.वडा नं.७ बस्ने बर्ष ५२ को दल बहादुर ठाडामगर भारतको पुर्णागिरी मन्दिर दर्शन पश्चात सोमबार साँझतिर जिल्ला कञ्चनपुर,भिमदत्त नगरपालिका वडा नं.७ ब्रह्मदेब स्थित महाकाली नदीमा पौडी खेलेर निजको आफन्त ऐ, भिमदत्त नगरपालिका वडा नं.९ बस्ने दल बहादुर रोकायाको घरमा आउने क्रममा पौडी खेल्न थाके पछि निज नदीको बिच भागमा फसेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ब्रह्मदेब कञ्चनपुरबाट प्रहरी टोली खटिई गई स्थानिय र प्रहरीको सहयोगमा निजको सकुशल उद्दार गरि प्रहरीले निजलाई आफन्तको जिम्मा लगाएको हो ।

फरार प्रतिबादी पक्राउ सम्बन्धमा
२०७९-१२-०५

कैलाली:- फैसला कार्यान्वयन गर्ने क्रममा मिति २०७९।१२।०४ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरुबाट ३ जना फरार प्रतिवादीहरु प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी  कार्यालय मालाखेतीबाट खटी गएको प्रहरी टोलीले लागु औषध मुद्धामा सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीबाट दुई महिना कैद र रू. २०००।– (दुई हजार) जरीवाना फैसला भएको जिल्ला कैलाली गोदावरी न.पा. २ बस्ने बर्ष २९ को कुबेर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।      यसैगरि  सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीबाट लागु औषध (चरेश) मुद्धामा छ महिना कैद र रू. ५०००।– (पाँच हजार) जरिवाना फैसला भएको जिल्ला कैलाली गोदावरी न.पा. १ बस्ने बर्ष ४३ को मिन बहादुर रिठामेली र चोरी मुद्धाको रू. १०,०००।– (दश हजार) जरीवाना फैसला पश्चात फरार रहेको प्रतिबादी ऐ.ऐ. बस्ने बर्ष ३० को कमलेश दमाईलाई प्रहरीले पक्राउ गरेको हो । निजहरुलाई आवश्यक कारबाहीको लागी  सम्मानित अदालतमा प्रहरीले पेश गरेको हो ।

फरार प्रतिबादी पक्राउ
२०७९-१२-०३

कैलाली:- मिति २०७९।१२।०२ गतेको दिउसोतिर ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली गोदावरी नपा-२ अत्तरिया स्थित बिना इजाजत वन पैदावार हटाएको मुद्दामा सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीबाट जनही रू. ८३,९७०।– (त्रियासी हजार नौ सय सत्तरी) जरिवाना सजाय फैसला भई फरार रहेका जिल्ला कैलाली गोदावरी न.पा.२ बस्ने बर्ष  २० को रूपेश थापा, ऐ.ऐ. बस्ने बर्ष २० को ललित ओली, ऐ.ऐ. बस्ने बर्ष २८ को अर्जुन बोहरा, ऐ.ऐ. बस्ने बर्ष २४ को भानु ओली समेत ४ जनालाई लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो । निजहरुलाई आवश्यक कारबाहीको लागी सम्मानित अदालतमा पेश गरेको हो ।

“लागु औषध बिरुद्वको महाअभियान-२०७९”सञ्चालन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम:-
२०७९-१०-२५

आज मिति २०७९।१०।२५ गतेको दिउसो १३:१० बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय  धनगढीको आयोजनामा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा न.१ स्थित धनगढी उप-महानगरपालिकाको सभाहलमा धनगढी उप-महानगरपालिकाका नगर प्रमुख श्री गोपाल हमालज्युको अध्यक्षतामा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अशोक सिंहज्यु, स्थानिय तह (कैलाली र कञ्चनपुर) प्रमुखहरुको सहभागितामा “लागु औषध बिरुद्वको महाअभियान २०७९” सञ्चालन तथा पुनर्स्थापना गृहको सञ्चालन सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम शुरु भएको । उक्त कार्यक्रममा धनगढी उप-महानगरपालिकाका उप-प्रमुख,कैलाली-कञ्चनपुर जिल्लाका स्थानिय तहका प्रमुख,जिल्ला प्रहरी कार्यालय कैलाली,कञ्चनपुरका प्रहरी प्रमुखहरुको  सहभागिता रहेको थियो । 

छलफल तथा अन्तरक्रिया कार्यक्रम
२०७९-१०-२५

आज मिति २०७९।१०।२५ गतेको बिहान जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा न.१ स्थित उद्योग बाणिज्य संघको सभा हलमा यस सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अशोक सिंहज्युको संयोजकत्वमा मनोदिपक औषधीको ब्यबस्थापन सम्बन्धि सरोकारवाला निकायहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम-२०७९ शुरु भएको थियो । उक्त कार्यक्रममा धनगढी उप-महानगरपालिकाका नगर प्रमुख, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, उद्योग बाणिज्य संघका पदाधिकारीहरु,फार्मेसी/औषधि ब्यवसायी, संघ संस्थाका प्रतिनिधिहरु, समाजका भद्र-भलादमी पत्रकार तथा अन्य सरोकारवाला निकायहरुको उपस्थितिमा लागु औषधको रुपमा समेत प्रयोग हुने औषधी जन्य पदार्थको वेचविखन गर्दा चिकित्सकको सिफारिसलाई अनिवार्य गर्ने । सरोकारवाला सवै निकाय संघ संस्थाले आ-आफ्नो दायित्व बहन गरि अनुगमन, निरिक्षण लगायतका कार्यहरुलाई निरन्तरता दिने, साथै जिल्ला सुरक्षा  समितिले विशेष पहल कदमी लिई मनोदिपक पदार्थहरुको विक्री वितरण नियमन गर्ने तर्फ अग्रसरता लिने । कानून बमोजिम अधिकार प्राप्त स्वास्थ्यकर्मी बाहेक अन्य व्यक्तिहरुले मेडिकल सञ्चालन, औषधी बेचविखन लगायतका कार्यहरु नगर्ने/नगराउने निर्णयहरु गर्नुका साथै “लागु औषध बिरुद्वको महाअभियान २०७९” लाई सहज रूपमा सञ्चालन गर्ने सम्बन्धी समेत छलफल गरिएको थियो ।