प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०७९-१०-१७

  • A
  • A-
  • A+
Share

फैसला कार्यान्वयन गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट बसपार्क धनगढी कैलालीबाट खटिइ गएको प्रहरी टोलीले  जिल्ला कैलाली,धनगढी उ.म.न.पा.४ बस्ने बर्ष ४५ को राज कुमार चौधरीलेऐ.३ बस्ने दिल ब. थापामगरलाई मिति ०६४/१०/०२ गते राती कर्तव्य गरी मारी फरार रहेकोले निजराज कुमार चौधरीलाई निजकै घरबाट पक्राउ गरेको हो साथै सोही प्रहरी टोलीलेसम्मानित कैलाली जिल्ला अदालतको मिति २०६४/०५/०६ गतेको फैसलाले रु.२,०००।- जरिवाना तोकिएको सवारी ज्यान मुद्धाको फरार प्रतिवादी धनगढी उ.म.न.पा.४ बस्ने बर्ष ५० को जगत राम चौधरीलाई समेत पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     यसैगरिमिति २०७९/१०/१७ गतेको दिउसोअ.११:३० बजेको समयमा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.१२ बस्ने बर्ष अ.२० को अभद्र ब्यबहार मुद्दाको फरार प्रतिवादी कमल सिंह रानालाई ईलाका प्रहरी कार्यालय झलारीबाट खटिई गएको प्रहरी टोलीले निज प्रतिवादीलाई पक्राउ गरेको हो । निजलाई आवश्यक कारबाहीको लागी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा उपस्थित गराएको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-२०

   कैलाली:- मिति २०८१।०२।१९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ कार्मल स्कुल नजिक, ऐ. २ ट्राफिक चौराह, र भजनी न.पा. ५ मिलनपुर ऐ. ६ नवलपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०३,८०३।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, पेय पदार्थ, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   कञ्चनपुर:- मिति २०८१।०२।१९ गते १२:०० वजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,२९,०००।– बराबरको लेडिज साइड ब्याग, लेडिज हेण्ड ब्याग, लेडिज सानो पर्स, लेडिज ठुलो साइड ब्याग लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   डडेल्धुरा:- मिति २०८१।०२।१९ गते ०५:०० वजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.६ गडगडेबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,५२०।– बराबरको चिनी, बिडी, मसला, पानी वर्सादी, बिस्कुट, छाता, थान कपडा, धोती कपडा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु इलाका प्रहरी कार्यालय तातापानी, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सवारी दुर्घटनामा मृत्यु
२०८१-०२-२०

   कञ्चनपुर:- मिति २०८१।०२।१९ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.१० सिसैया स्थित पुर्ब बाट पश्चिम तर्फ जादै गरेको सु.प.प्र. ०२००१ क ५१४ नम्बरको टिप्परले सोही दिशा तर्फ आइरहेको साईकल यात्री ऐ. ६ बस्ने बर्ष ५२ को काले सुनारलाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको, उक्त  टिप्पर र टिप्पर चालक ऐ. ३ बस्ने बर्ष ३० को दिपक प्रसाद पन्तलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।    डडेलधुरा, गन्यापधुरा गाउँपालिका देउपाल सामुदायिक वनस्थित सडकमा बागमती प्रदेश ०१ ००४ क २२५३ नम्बको टिपर सडकबाट करिब ५ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा सहचालक अमरगढी नगरपालिका-१ बण्ड बस्ने २२ वर्षीय केशव ऐरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।