प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

मुलभुत विचार

" कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ती स्थापना गरी मानव अधिकारको...

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी कार्यालय प्रमुखहरुलाई निर्देशन
२०८०-१०-१५

धनगढी, १५ माघ ।    आज मिति २०८०।१०।१५ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीमा एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले प्रदेश अन्तर्गत तराई जिल्लामा रहेका प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । उहाँले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा आवश्यक निर्देशन दिनु भयो ।    उक्त अवसरमा उहाँले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले नि:स्वार्थ सेवा प्रवाह, निष्ठावान, ईमानदार एवम् सिर्जनशील भई अबैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण,यात्रुमैत्री व्यवहार,Smart Policing,आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुका साथै नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरी सेवा प्रदान गर्न समेत निर्देशन दिनुभयो     उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलाली,नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगर,सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली,कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी,बिपद व्यवस्थापन गुल्म महेन्द्रनगर र सुदूरपश्चिम प्रदेश प्रहरी बिद्यालय धनगढीमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरु समेतको उपस्थिती रहेको थियो । 

  • फरार प्रतिवादी पक्राउ
    २०८१-०१-१५

        कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ५ दिन कैद सजाय र रु.१,५०,०००।- जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली, गोदावरी न.पा.३ बस्ने बर्ष ३० को सुमन ताम्रकारलाई शुक्रबार दिउँसो अस्थायी प्रहरी पोष्ट चौकीडाँडा,कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । 

    [ विस्तृतमा ]
  • आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
    २०८१-०१-१५

        कैलाली:- जिल्ला कैलाली,  गोदावरी न.पा. ८ बस्ने टिकाराम जोशीको काठले बनेको १ तले कच्ची घरमा शुक्रबार दिउँसो बिद्युतिय मिटर बक्स सर्ट भई अचानक आगलागी हुँदा घरभित्र रहेका नगद,सुन, अन्नपात, भाँडावर्तन, लत्ता कपडा लगायतका सामानहरु गरि अन्दाजी रु. ५,००,०००।– (पाँचलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   यसैगरी,  जोशीपुर गा.पा. १ स्थित जोशीपुर बस्ने नन्दन बोहराले सञ्चालन गरेको कुखुरा फर्ममा जोशीपुर भजनी सडक किनारमा रहेको बिद्युतको पोलबाट अचानक तार सर्ट हुन गई शुक्रबार दिउँसो आगलागी हुँदा कुखुरा फर्म र फर्ममा रहेका ४ क्विन्टल कुखुरा गरि अन्दाजी रु.२,००,०००।– (दुईलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   यसैगरी,  भजनी न.पा.२ पल्टुपुर बस्ने बस्ने कृष्ण बुढाको गहुँ काटेको खेतमा (गहुको भुसामा) आगलागी हुदाँ आगो हावाको कारणले सर्दै सोही ठाउँ बस्ने जित बहादुर बि.क. र राम लखन चौधरीको काठ र खरले बनेको भुईतले कच्ची घरहरुमा शुक्रबार दिउँसो आगलागी हुँदा दुई वटै घर लगायतका सामानहरु गरि अन्दाजी रु. १,८०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   यसैगरी, जानकी गा.पा ९ पुर्वि खैरिफाँट बस्ने रमेश जैशीको खरले छाएको गाइगोठमा  शुक्रबार दिउँसो अचानक आगलागी हुँदा गाइगोठ पुर्ण रुपमा जलेर अन्दाजी रु.५०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानिय सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर,  पुनर्वास न.पा. ५  बस्ने बाहाली रानाको चार कोठे पक्की घरको उत्तर दक्षीण पट्टीको कोठामा राखेको फ्रिजको स्टिपलाइजरमा शुक्रबार दिउँसो बिद्युतको सट हुन गइ आगलागी हुँदा सो कोठामा राखिएका फ्रिज,काठको दराज,TV,काठको पलङ, टेबुल फ्यान,सिलिङ फ्यान,लत्ताकपडा लगायतका सामानहरु गरि अन्दाजी रु. २,००,०००।– (दुईलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   यसैगरी,  शुक्लाफाटा न.पा. ७ र बस्ने नरेस ठगुन्नाको एकतले काठले बनेको कच्ची बाख्राको गोठमा शुक्रबार अचानक आगलागी हुँदा गोठभित्र रहेका २ वटा बाख्रा जलले मृत्यु भएको र एउटा बाख्रा जलेर घाईते भएको हो ।  उक्त आगलगीबाट गोठ र गोठ भित्र रहेका काठ लगायतका सामानहरु गरि अन्दाजी रु. १,५०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       डडेल्धुरा:- जिल्ला डडेल्धुरा,  आलिताल गा.पा. ५ सिराडी बस्ने अम्बीका सार्कीको ३ कोठे २ तले काठले बनेको खरले छाएको कच्ची घरमा नजिकै रहेको बालवान सामुदायिक बनमा लागेको आगोबाट शुक्रबार आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात,भाँडा वर्तन, लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । आगलागीबाट भएको क्षतीको विवरण आउँन वाँकि रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    [ विस्तृतमा ]
  • आगलागीमा जली मृत्यु
    २०८१-०१-१५

        डडेल्धुरा:- जिल्ला डडेल्धुरा, नबदुर्गा गा.पा. ३ बस्ने बर्ष अन्दाजी ६२ को चन्द्रे चुनारा आफ्नै खेतबारीको घेरबार हाल्नको लागी झिग्रा काट्ने क्रममा शुक्रबार दिउँसो सोही ठाउँ बस्ने दिपक राज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडी जलेर घटनास्थलमै मृत्यु भएको हो । निज चन्द्रे चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको हो भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा समेतबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८०-१०-२६ जनपद प्रहरी समूह तर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८०-१०-२६)
२०८०-१०-२६ जनपद समूह तर्फ प्रहरी सहायक निरीक्षक पदको मागपद संख्या थप सम्बन्धी सूचना (२०८०-१०-२६)
२०८०-१०-२५ प्राविधिक प्रहरी समूह तर्फका विभिन्न पदहरूको प्रारम्भिक तथा विस्तृत स्वास्थ्य परीक्षण तालिका प्रकाशन सम्बन्धी सूचना (२०८०-०९-२५)
२०७८-१०-२३ कोभिड-१९ संक्रमणको कारण स्थगित भएको प्रहरी सहायक निरीक्षक (जनपद) र प्रहरी जवान (प्राविधिक) पदहरूको लिखित परीक्षा संचालन सम्बन्धी सूचना (२०७८-१०-२३)
२०७८-०६-२२ जनपद प्रहरी समूह तर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त प्राविधिक प्रहरी जवान पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०७८-०६-२२)
२०७८-०५-२५ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०७८-०५-२५)
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम "प्रहरी स‌ंवाद"
रेडियो कार्यक्रम

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।