प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी युनिट ईन्चार्जहरुलाई निर्देशन

२०८०-१०-१७

  • A
  • A-
  • A+
Share

आज मिति २०८०।१०।१७ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीमा एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला स्थित सिमानाकामा रहेका प्रहरी युनिट ईन्चार्जहरु लाई आवश्यक निर्देशन दिनु भएको छ । उहाँले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा समिक्षा गर्दै , आगामी दिनमा आईपर्न सक्नेसुरक्षा चुनौती एवं समाधानका विषयहरुमा निर्देशन दिनु भयो ।

निर्देशन सम्बोधनको क्रममा उहाँ ले नेपाल भारतको सिमा नाकाबाट हुने भन्सार चोरी तस्करी तथा सिमानाकामा हुने अपराधिक गतिविधिका विरुद्ध प्रभावकारी प्रहरी परिचालन र कानून कार्यान्वयन गर्ने, लागू औषधको ओसार पसार, बिक्री बितरण नियन्त्रण गर्ने,सवारी दुर्घटना नियन्त्रणका लागि बिशेष सक्रिया देखाउने  , नियमित रुपमा चेकजाँच गर्ने,फरार अपराधीहरूको खोजी,सामाजिक अपराधहरु रोकथाम तथा नियन्त्रणमा  प्रभावकारी ढंगले प्रस्तुतहुने, नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध विकास  गरी नागरीक मैत्री सेवा प्रवाह गर्ने ।  गैह्र व्यवसायिक आर्थिक लाभ र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधीमा संलग्न नहुने,उच्च अनुशासन र मनोवलका साथ त्रुटीरहित ढंगबाट कार्य गर्ने , प्रभावकारी सूचना संकलन एवं विश्लेषण गरी गुणस्तरीय र जनसहभागिता मूलक  प्रहरी सेवा प्रदान गर्ने  लगायतका  विषयहरुमा आवश्यक निर्देशन समेत दिनुभयो ।

      उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलाली,सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली,कञ्चनपुर तथा मातहत सिमा नाकाहरुमा प्रहरी युनिटहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत ,ट्राफिक प्रहरी पोष्ट ईन्चार्ज हरु  लगायत प्रहरी कर्मचारीहरु  उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०२-०५

    कैलाली:- मिति २०८१।०२।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ.९ त्रिवेणीघाट र टीकापुर न.पा. ८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६०,७७०।– बराबरको प्याज, चिनी, पानि तान्ने मोटर, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।    कञ्चनपुर:- मिति २०८१।०२।०४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१ भासि, ऐ.१० बिद्युत कार्यालय नजिक, पुनर्वास न.पा.११ डोकेबजार, गुम्बा र बेलडाँडी गा.पा. ३ बलराम टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,४०,२३०।– बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, मसला, चप्पल, अचार, चामल, नरिवल, फिल्टर, कट्टु, भेष्ट माला, सुटपिस, खुर्सानी, तिल, तावा, प्लाष्टिक झिल्ली, गाडीको क्लोज पिलेट, सिघ्रा मिक्सर मोटर, इलेक्ट्रीक मधानि मेसिन, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।यसैगरी, मिति २०८१।०२।०५ गते ०४:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.८ मोतियाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८,६३,९००।– बराबरको अबैध बोईलर कुखुराको चल्ला ५८ कार्टुन, बिनाको नम्बर पिलेटको ट्याक्टर थान-१ सहित सोही ठाउँ बस्ने बस्ने बर्ष ३५ को रमेश राना (चालक), बर्ष २९ को प्रमोद राना र बर्ष १८ को बसन्त राना गरि ३ जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   बैतडी:- मिति २०८१।०२।०४ गते १७:१५ बजेको समयमा जिल्ला बैतडी, दशरथचन्द न.पा.५ कलवाड मोड स्थित गोठालापानी झुलाघाट सडक किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,७९०।–  बराबरको चिनी, मिश्री, मिठाई, आटा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०२-०४

   कैलाली:- मिति २०८१।०२।०३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ.४ बोराडाडी,  टीकापुर न.पा. ८ बटनपुर, भजनि न.पा. ३ पकडीया र  ऐ. ८ खैराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,८९,५९०।–  बराबरको प्याज, चिनी, बिडी, सरप, अचार, नरिवल, सुर्ती, आलु, प्लाष्टिक झिल्ली, टेबुल पंखा, साइकलको टायर, ट्याक्टरका पार्ट पुर्जा, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   यसैगरी, मिति २०८१।०२।०३ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.९ बङग्राकटानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३५,६५०।– बराबरको गन्जी, अण्डर वेयर, कुर्ती , कुर्ती प्लाजा, सुट पिस लगायतका सामानहरु सहित ऐ. ८ बस्ने बर्ष ३५ को बुद्वीराम चौधरीलाई सु.प.प्र.०१०१० प ८६७८ नम्बरको स्कुटि सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

फरार प्रतिवादी पक्राउ
२०८१-०२-०४

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।०३ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । १. चोरी मुद्दामा १५ दिन कैद सजाय र रू. १०,०००।– जरिवाना ठहर भएका बर्दगोरीया गा.पा. १ बस्ने बर्ष २९ को सोनि नेपाली ।२. चोरी मुद्दामा २ दिन कैद सजाय र रू. १०,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.२ बस्ने बर्ष २१ को कमल वली ।३. घरेलु हिंसा मुद्दामा रु.१५,०००।– जरिवाना ठहर भएकी धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष ६० की चन्द्रा साउँद ।