प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८०-१०-२२

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा २ त्रिनगर ब्यारेल नजिकबाट ४०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २८ को बिपिन मल्ल र ऐ.३ बस्ने बर्ष ३२ को रुपेश बि.क.लाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुले प्रयोग गरेको मोटरसाईकलको डिग्गीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाईकल थान-१ सहित दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी:- जिल्ला कैलाली, जानकी गा.पा. १ मिलनचोकबाट १३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने वर्ष २४ को पदम खत्रीलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थसहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. १ स्थित माहाकाली नदिमा निर्माणाधिन पक्कि पुलबाट अबैध कोडिन नामक १००ml को ५ बोतल लागू औषध सहित शुक्लाफाँटा न.पा १० झलारी बस्ने वर्ष २१ को निर्मल कुमार सुनार र पुनर्वास न.पा. ७ बस्ने बर्ष ३० कोबलराम सुनारलाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट झोलुङ्गे कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुले प्रयोग गरेको मोटरसाईकल भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाईकल थान-१ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०२-०५

    कैलाली:- मिति २०८१।०२।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ.९ त्रिवेणीघाट र टीकापुर न.पा. ८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६०,७७०।– बराबरको प्याज, चिनी, पानि तान्ने मोटर, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।    कञ्चनपुर:- मिति २०८१।०२।०४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१ भासि, ऐ.१० बिद्युत कार्यालय नजिक, पुनर्वास न.पा.११ डोकेबजार, गुम्बा र बेलडाँडी गा.पा. ३ बलराम टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,४०,२३०।– बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, मसला, चप्पल, अचार, चामल, नरिवल, फिल्टर, कट्टु, भेष्ट माला, सुटपिस, खुर्सानी, तिल, तावा, प्लाष्टिक झिल्ली, गाडीको क्लोज पिलेट, सिघ्रा मिक्सर मोटर, इलेक्ट्रीक मधानि मेसिन, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।यसैगरी, मिति २०८१।०२।०५ गते ०४:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.८ मोतियाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८,६३,९००।– बराबरको अबैध बोईलर कुखुराको चल्ला ५८ कार्टुन, बिनाको नम्बर पिलेटको ट्याक्टर थान-१ सहित सोही ठाउँ बस्ने बस्ने बर्ष ३५ को रमेश राना (चालक), बर्ष २९ को प्रमोद राना र बर्ष १८ को बसन्त राना गरि ३ जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   बैतडी:- मिति २०८१।०२।०४ गते १७:१५ बजेको समयमा जिल्ला बैतडी, दशरथचन्द न.पा.५ कलवाड मोड स्थित गोठालापानी झुलाघाट सडक किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,७९०।–  बराबरको चिनी, मिश्री, मिठाई, आटा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०२-०४

   कैलाली:- मिति २०८१।०२।०३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ.४ बोराडाडी,  टीकापुर न.पा. ८ बटनपुर, भजनि न.पा. ३ पकडीया र  ऐ. ८ खैराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,८९,५९०।–  बराबरको प्याज, चिनी, बिडी, सरप, अचार, नरिवल, सुर्ती, आलु, प्लाष्टिक झिल्ली, टेबुल पंखा, साइकलको टायर, ट्याक्टरका पार्ट पुर्जा, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   यसैगरी, मिति २०८१।०२।०३ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.९ बङग्राकटानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३५,६५०।– बराबरको गन्जी, अण्डर वेयर, कुर्ती , कुर्ती प्लाजा, सुट पिस लगायतका सामानहरु सहित ऐ. ८ बस्ने बर्ष ३५ को बुद्वीराम चौधरीलाई सु.प.प्र.०१०१० प ८६७८ नम्बरको स्कुटि सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

फरार प्रतिवादी पक्राउ
२०८१-०२-०४

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।०३ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । १. चोरी मुद्दामा १५ दिन कैद सजाय र रू. १०,०००।– जरिवाना ठहर भएका बर्दगोरीया गा.पा. १ बस्ने बर्ष २९ को सोनि नेपाली ।२. चोरी मुद्दामा २ दिन कैद सजाय र रू. १०,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.२ बस्ने बर्ष २१ को कमल वली ।३. घरेलु हिंसा मुद्दामा रु.१५,०००।– जरिवाना ठहर भएकी धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष ६० की चन्द्रा साउँद ।