प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध बोईलर कुखुरा सहित मो.सा. बरामद

२०८०-०३-११

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०८०।०३।११ गते दिउसो जिल्ला कञ्चनपुर बेलौरी न.पा. ६ भुराकोट स्थित अबैध रुपमा भंन्सार छलि गरि ल्याएका भारतीय नं. प्लेटको UP31 AP. ८६३८ नं. को मुल्य अ. रु ४०,०००।– बराबरको मो.सा.मा.अ. रु. २४,०००।– बराबरको अ.१२० के.जी अबैध बोईलर कुखुरा बेवारीसे अवस्थामा छाडी मो.सा. चालक फरार भएको, खो.त. कार्य जारी, मो.सा. र अबैध बोईलर कुखुरा बरामद गरी  ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । माथि उल्लेखित बोईलर कुखुरा स्थानिय जनप्रतिनिधि स्थानिय संचारकर्मी, स्थानिय मानिसहरुको साक्षि रोहबरमा नष्ट गरेको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-२५

     कैलाली:-  मिति २०८१।०७।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ आदर्श चोक, भजनी न.पा ०७ शिबिर टोल र टीकापुर न.पा. ९ ठोसे बजार स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,८७,८५०।– बराबरको चिनी, हरियो खुर्सानी, बदाम, कट्टु, ब्रा, मोजा, जुत्ता, जुत्ती, सिद्रा माछा,  भारतिय नम्बर प्लेटका मोटरसाइकल थान-३  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     कञ्चनपुर:-  मिति २०८१।०७।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १२ फोरलाईन पुल र ऐ. १६  मझगाउ चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,५००।– बराबरको कस्मेटिकका समानहरु र जुत्ता लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरु खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-२५

      कैलाली:- मिति २०८१।०७।२४ गते १२:०० बजेको समयमा प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ भन्सार कार्यालय नजिकबाट ऐ.१३ बस्ने बर्ष १९ को निरज रानाले चलाएको से ७ प ६३५९ नम्बरको  मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको अगाडीको हेडलाटको भागमा लुकाई छिपाई राखेको अवस्थामा ५ ग्राम ८४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा निज, उक्त पदार्थ, निजले प्रयोग मोटरसाईकल र निज सँगै मोटरसाइकलमा पछाडी सवार ऐ.१३ राजपुर बस्ने बर्ष २१ को सुनिल रानालाई समेतलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।             यसैगरी, ऐ. २२:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ रामजानकी मन्दिर नजिकबाट सोही ठाउँ बस्ने बर्ष २३ को रोशन खड्का, ऐ. ३ बस्ने बर्ष २१ को अमित शर्मा र १६ बर्षिय किशोर समेत ३ जनालाई १५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, १ ग्राम ५६० मिलिग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ र निजहरुले प्रयोग गरेको से ५ प ४१२६ नम्बरको  मोटरसाइकल समेत नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।            कञ्चनपुर:- मिति २०८१।०७।२४ गते १८:१५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १७ बडुवालटोलबाट ऐ. ४ बस्ने बर्ष २४ को सुरज नाथ र ऐ. १८ बस्ने वर्ष ३० को प्रकाश चन्दलाई ०.२२ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र २.२२ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-२४

     कैलाली:-  मिति २०८१।०७।२३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ मिलन चोक, ऐ. १८ थापाघाट, गोदावरी न.पा.४ भिमदत्त राजमार्ग बन्नदेबि मन्दिर नजिक, टीकापुर न.पा. ९ ठोसे बजार स्थित भित्री सडक खण्ड र जोशीपुर गा.पा.३ भितरियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,९५,४६०।– बराबरको प्याज, चिनी, मिश्री, गुड, साबुन, मिठाई, सुर्ती, बिडी, बदाम, ब्लाउज, कुर्ति, सुट, हरियो खुर्सानी, चुरन, अटोका लक, अटोका हरन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:-  मिति २०८१।०७।२३ र २४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० भन्सार कार्यालय नजिक, दोधारा चाँदनी न.पा. ४ चाँदनी बजार र बेलौरी न.पा. ६ बैशाखाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,२५,९८०।– बराबरको सुर्ती, सुट कपडा, स्विटर, ज्याकेट, मुक्लर, कुर्ती, रुमाल, थान कपडा, मल, पोटास, कस्मेटिक, किरानाका सामान, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरु तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकीबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-२३

      दार्चुला:- मिति २०८१।०७।२३ गते १०:३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, शैल्यशिखर न.पा. ०९ गोकुलेश्वर बजारमा बैतडी बाट गोकुलेश्वर दार्चुला तर्फ आउदै गरेको ग ३ च ३३५१ नम्बरको बोलेरो जिपलाई रित पुर्बक खानतलासी गर्दा जिल्ला दार्चुला, नौगाड गा.पा. ५ बस्ने बर्ष १९ को विरेन्द्र सिंह धामी र ऐ. ४ बस्ने सोही जिपको चालक बर्ष २२ को लोकेन्द्र सिंह ठगुन्नाको साथबाट ९०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी  उक्त पदार्थ, जीप र निजहरु दुवैजनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कैलाली:- मिति २०८१।०७।२३ गते ११:०० बजेको समयमा लागु औषध (खैरो हिरोईन) बेच बिखन तथा सेवन कार्य भईरहेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, लम्कीचुहा न.पा. १ राजिपुर स्थित वर्ष २२ को पदम न्यौपानेको घरमा रित पुर्वक खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम १७० मिलीग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा निज, उक्त पदार्थ र निज सँगै रहेको ऐ. तिल्केनी बस्ने वर्ष २१ को टंक बोहरा  समेतलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।            कञ्चनपुर:- मिति २०८१।०७।२३ गते १३:१० बजेको समयमा इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ६ बञ्जरियाबाट सोही ठाउँ बस्ने बर्ष ३६ को दिल बहादुर चौधरीलाई ३५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।