प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०१-२४

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०१।२३ गते १६:३० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. १ पशुपति टोल स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा भिमदत्त न.पा ५ सुकासाल बस्ने वर्ष २४ को बिक्रम सिह साँउदलाई २ ग्राम ७२० मिलिग्राम  लागू औषध खैरो  हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

  कैलाली:- मिति २०८१।०१।२३ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. ६ बड्याहाबाट पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष बर्ष २७ को जय किशन चौधरी र बर्ष १९ को रमेश बिष्टलाई १ ग्राम २०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०८

     कैलाली:- मिति २०८२।१०।०६ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ त्रिनगर व्यारेल नजिकबाट ऐ.७ बस्ने बर्ष २८ को फुलचन राना र ऐ.१६ बस्ने बर्ष २० को विवेक रानालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ७६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, साथै पक्राउ परेका दुई जना मध्ये फुलचन राना सम्मानित जिल्ला अदालत कैलालीबाट लागूऔषध मुद्दामा २ महिना २६ दिन कैद सजाय तोकिएको फरार प्रतिवादि समेत रहेको खुल्न आएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८२।१०।०६ गते २३:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ शहिदगेटबाट सोही ठाउँ बस्ने बर्ष २१ को सन्दिप अधिकारी समेत दुई जनालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट Pregabalin ट्यापलेट थान-१४ र एन्टिकप ट्यापलेट थान-६  प्रतिवन्धित लागूऔषध फेला पारी उक्त लागूऔषध सहित दुवै जनालाई अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     कञ्चनपुर:-  मिति २०८२।१०।०६  गते १३:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.८ जनप्रिय सामुदायिक वन भित्र वसि रहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष २४ को रोहित खत्री र ऐ.९ बस्ने बर्ष २९ को शेर बहादुर ठकुरीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ५९०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    यसैगरी,  मिति २०८२।१०।०६  गते १४:४० बजेको समयमा लागूऔषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ मछलिपुल नजिकबाट ऐ.५ गजरौला बस्ने वर्ष ३० को कमल किशोर भट्टलाई चेकजाँच गर्दा निजको साथबाट ४०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।