प्रहरी सेवाहरु
सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
मुलभुत विचार
" कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ती स्थापना गरी मानव अधिकारको...
-
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०१कञ्चनपुर:- लागु औषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ चम्मचोक स्थित न्यु तहल्का होटल एण्ड लजको कोठा नं. १०६ मा जिल्ला कञ्चनपुर बेदकोट न.पा. वडा नं.७ बस्ने बर्ष अ.३४ को मनोज राज भट्टलाई लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी निजको साथबाट शुद्ध तौल ३ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ लागु औषध ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिवार साँझ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-०१कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,८३,९००।- ( दुई लाख त्रिरासी हजार नौ सय ) बराबरको रेडिमेड कुर्ता सुरुवाल र बिभिन्न किराना सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबट खटिएको प्रहरी टोलीले शनिवार वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको । कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,०३,८००।- ( तिन लाख तिन हजार आठ सय ) बराबरको बिउ-बिजन, दाल, तोरी, तेल, गुड, बिडि, मिठाई, नरिवल, सुर्ती लागायतका किराना सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको । दार्चुला :- जिल्ला दार्चुला महाकाली नगरपालिका वडा नं. ९ मेलखेत खोलाको किनारमा अवैधरुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु. १,४१,३६०।- ( एक लाख एकचालिस हजार तिन सय साठी ) बराबरको ७४४ बण्डल बिडी प्रहरी चौकी जलजिवी दार्चुलाबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको ।
[ विस्तृतमा ] -
फरार प्रतिवादी पक्राउ
२०८३-०६-३०कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८२।०२।१९ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु. १,६२,०००।- ( एक लाख बइसठ्ठी हजार ) जरिवाना तोकिएको टीकापुर न.पा.१ ब्लक नं. १२ बस्ने वर्ष ३२ को रोहित कठायतलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ । कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८३।०३।०९ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र रु.२७,२००।- ( सत्ताइस हजार दुई सय ) जरिवाना तोकिएको जिल्ला बैतडी, पाटन न.पा.३ टाकुरा घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ चटकपुर डेरा गरी बस्ने वर्ष ३५ को दिनेश खत्रीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो पक्राउ गरेको छ ।
[ विस्तृतमा ]
| प्रकाशित मिति | शीर्षक | कार्यहरु |
|---|---|---|
| २०८३-०१-२५ | जनपदका प्रहरी जवानहरुको सरूवा सम्बन्धमा २०८३/०१/२५ गते | |
| २०८३-०१-२३ | जनपद तर्फका प्रहरी कार्यालय सहयोगीहरूको सरुवा सम्बन्धमा (२०८३।०१।२३ गते) | |
| २०८२-१२-२२ | जनपद तर्फ प्रहरी हवल्दारहरुको सरुवा सम्बन्धमा (२०८२/१२/२२) | |
| २०८२-१२-२० | जनपद तर्फ प्रहरी वरिष्ठ हवल्दाहरुको सरुवा सम्बन्धमा (२०८२/१२/२०) | |
| २०८२-१२-२० | जनपद तर्फ प्रहरी सहायक निरीक्षकहरुको सरुवा सम्बन्धमा (२०८२/१२/२०) | |
| २०८२-१२-२० | जनपद तर्फ प्रहरी नायव निरीक्षकहरुको सरुवा सम्बन्धमा (२०८२/१२/२०) |