प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

मुलभुत विचार

" कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ती स्थापना गरी मानव अधिकारको...

इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण तथा अवलोकन सम्पन्न
इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण तथा अवलोकन सम्पन्न
२०८३-०६-२७

    कैलालीः- मिति २०८३ साल असोज २७ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक श्री सानुराम भट्टराईज्यूबाट इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको निरीक्षण तथा अवलोकन सम्पन्न भएको छ।निरीक्षणका क्रममा उहाँले कार्यालयका विभिन्न शाखाहरूको अवलोकन गर्नुका साथै शाखागत कार्यसम्पादन, नागरिक सेवा प्रवाहमा कार्यालयको भूमिका तथा हिरासत कक्षको अवस्थाबारे जानकारी लिनुभयो। सोही क्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक श्री गिरासिंह महराज्यूले कार्यालयबाट सम्पादन भइरहेका कार्यहरू, शान्ति सुरक्षा व्यवस्थापन तथा समग्र कार्यसम्पादनका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो।निरीक्षणपश्चात् प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै प्रहरी नायब महानिरीक्षक भट्टराईज्यूले नागरिकमैत्री, प्रभावकारी तथा गुणस्तरीय प्रहरी सेवा प्रवाहमा जोड दिनुभयो। साथै, आसन्न बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न, सम्भावित आपराधिक गतिविधिको पूर्वसूचना सङ्कलन तथा विश्लेषण गर्न, घटनास्थलमा तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रतिकार्य गर्न र आफ्नो कार्यक्षेत्रमा हुन सक्ने चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि नियमित गस्ती तथा पेट्रोलिङलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो। उहाँले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन र प्रहरी आचरण तथा अनुशासन कायम राख्दै जिम्मेवारी निर्वाह गर्नसमेत निर्देशन दिनुभयो।उक्त निरीक्षण तथा अवलोकनका क्रममा अत्तरिया क्षेत्रका प्रमुख प्रहरी उपरीक्षक श्री नवराज कार्कीज्यू, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक श्री नरेन्द्र चन्दज्यू, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक श्री गिरासिंह महराज्यू, अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

  • सवारी दुर्घटनाबाट चालकको मृत्यू
    २०८३-०७-१५

         कञ्चनपुर :- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१० तिल्केनी स्थित भित्री सडक खण्डमा   म १ त ६११ नम्बरको टेक्टर र  ईलेक्ट्रिक स्कुटर एक आपसमा ठोकिन जाँदा ईलेक्ट्रिक स्कुटर चालक ऐ.ऐ. वडा नं १० वस्ने वर्ष १८ को आशिष बम गम्भिर घाईते भई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा निजको शनिबार बेलुका उपचारको क्रममा मृत्यू भएको हो । टेक्टर चालक ऐ.ऐ. वडा नं ९ बस्ने वर्ष ५८ को प्रेम सिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । 

    [ विस्तृतमा ]
  • अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
    २०८३-०७-१५

        कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३९ मिलिग्राम सहित ऐ.ऐ. बस्ने वर्ष १९ को किरण रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको छ ।               कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा न.११ गड्डाचौकी भाईरल रोड स्थितबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ०.५४ ग्राम सहित जिल्ला कञ्चनपुर शुक्लाफाटा नगरपालिका वडा न. ०५ बस्ने वर्ष २४ की प्रियका सुनार र ऐ.ऐ. बस्ने वर्ष २१ को प्रबिण सुनारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार भारतबाट नेपाल तर्फ पैदल हिडी आईरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
  • अबैध भन्सार छलिका सामान नियन्त्रणमा
    २०८३-०७-१५

        कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८८,७५०।– बराबरको विभिन्न किसिमका ईलेक्ट्रिक सामान, प्लाष्टिक पोलिथिन,कपडा र किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८३-०६-०२ जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८३-०६-०२) ।
२०८०-१०-२६ जनपद प्रहरी समूह तर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८०-१०-२६)
२०८०-१०-२६ जनपद समूह तर्फ प्रहरी सहायक निरीक्षक पदको मागपद संख्या थप सम्बन्धी सूचना (२०८०-१०-२६)
२०८०-१०-२५ प्राविधिक प्रहरी समूह तर्फका विभिन्न पदहरूको प्रारम्भिक तथा विस्तृत स्वास्थ्य परीक्षण तालिका प्रकाशन सम्बन्धी सूचना (२०८०-०९-२५)
२०७८-१०-२३ कोभिड-१९ संक्रमणको कारण स्थगित भएको प्रहरी सहायक निरीक्षक (जनपद) र प्रहरी जवान (प्राविधिक) पदहरूको लिखित परीक्षा संचालन सम्बन्धी सूचना (२०७८-१०-२३)
२०७८-०६-२२ जनपद प्रहरी समूह तर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त प्राविधिक प्रहरी जवान पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०७८-०६-२२)
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

रेडियो कार्यक्रम

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview