अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ फनपार्क नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५२,०००।– बराबरको विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु बुधबार राति जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८९,४००।– बराबरको चिनी, मिश्री, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
बैतडी:- जिल्ला बैतडी पञ्चेश्वर गा.पा.४ तिमलेखाली स्थित बिनायक जंगलबाट गोप्य सुचनाको आधारमा अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,१७,७१०।– बराबरको चिनी, खाने तेल, मिठाई, ध्वजा/नेजा, नरिवल, जिरा, सुर्ति, नटबोल्ड, पेन्ट, पास्ता लगायतका सामानहरु बुधबार दिउँसो इलाका प्रहरी कार्यालय तस्वदेही र प्रहरी चौकी हल्दुविनायक, बैतडीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।