अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-१३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.७ स्थित लागूऔषधको कारोवार भइरहेको छ भन्ने बिशेष सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ३२० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ४० को योगेन्द्र साउँद, वर्ष २६ को खगेन्द्र रावल र वर्ष २४ को सुरज चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।