सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायल - परिचय
जय नेपाल, सत्य सेवा सुरक्षणम् , नेपालको संविधान तथा प्रचलित कानुनको अधिनमा रहि समाजमा शान्ति सुरक्षा कायम राख्न तथा अपराधको रोकथाम तथा नियन्तरण गर्ने ट्राफिक ब्यवस्थापन गर्ने, विशिष्ट ब्यक्ति तथा महत्वपुर्ण प्रतिष्ठनको सुरक्षा गर्ने, बिभिन्न प्राकृतिक तथा मानव निर्मित प्रकोपहरुको ब्यवस्थापन गर्ने, आम नागरिकको जिउधनको सुरक्षा गर्ने लगायतका महत्वपुर्ण कार्य बोकेको नेपाल प्रहरी संगठनमा दक्ष र सक्षम जनशक्ति उत्पादन गर्न तालिम केन्द्रको आवश्यकता पर्दछ । बिभिन्न समयमा बिभिन्न तालिम केन्द्रको स्थापना भयो ।
बि.स. २०१२ सालमा बैधानिक रुपमा स्थापित नेपाल प्रहरीका नव नियुक्त प्रहरी जवान तथा प्र.स.नि. हरुलाई आम नागरिकबाट दक्ष र ब्यवसायिक प्रहरीमा रुपान्तरण गर्ने र आधारभुत तालिम प्राप्त गरेका प्रहरी कर्मचारीहरुलाई पेशागत दक्षता अभिबृद्दी गराउने उदेश्यले बिभिन्न उन्नत तालिम गराउन मिती २०३९/०७/०१ गते क्षेत्रीय प्रहरी तालिम केन्द्रको रुपमा यो तालिम केन्द्रको स्थापना भएको हो ।
बर्तमान अबस्थामा प्रहरी जवान आधारभुत तालिम र जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुलाई बिभिन्न उन्नत तालिम संचालन गर्दै आईरहेको छ ।
तत्कालिन अवस्थामा सेती अञ्चल डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका वडा नं. २ घाडी स्थित सेती नदीको किनारमा के.आई सिंह राजमार्गको उत्तर तर्फ १.५ कि.मि. को दुरीमा अवस्थित यो प्रहरी तालीम केन्द्र तत्कालिन माननिय मन्त्री नारायण दत्त भट्ट ज्यू र तत्कालिन प्रहरी नायव महानिरीक्षक हेम बहादुर सिंह ज्यूको सक्रियतामा वि.स.२०३९ साल कार्तिक १ गते स्थापना भएको हो ।
यसको क्षेत्रफल २१० रोपनी रहेको छ । यसको पूर्वमा कोटभैरव मन्दिर तथा ऐतिहासिक प्राचीन दरवारको भग्नाबशेष, पश्चिममा दिपायल विमानस्थल, उत्तरमा प्रहरीबाट संरक्षित तालीम केन्द्र परिसरमा जोडिएको जंगलयुक्त पहाड र दक्षिणमा दिल्पेश्वर महादेवको मन्दिर रहेको छ ।
प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयको तालीम सम्वन्धि नीति, निर्देशन र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्राज्ञिक कृयाकलापलाई आत्मसात गरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको प्रशासनिक नियन्त्रणमा रहने गरी यस सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायलले प्रहरी संगठनले कल्पना गरे अनुरुप सक्षम, ईमान्दार, अनुशासित, पेशागत दक्षतायुक्त व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गर्न, प्रहरीमा भर्ना तथा छनौट भएका प्रहरी कर्मचारीहरुलाई आधारभूत र सेवारत प्रहरी कर्मचारीहरुलाई उन्नत तथा अनुशिक्षण तालीम प्रदान गर्ने उद्देश्य लिएको छ ।
सुदूरपश्चिम प्रदेशलाई चाहिने सम्पुर्ण दक्ष प्रहरी जनशक्ति उत्पादन गर्ने जिम्मेवारी यस तालिम केन्द्रको रहेको छ । यस केन्द्रको प्रत्यक्ष मातहतमा बुडर स्थित जोरायल गा.पा. वडा नं. २ डोटी जिल्लामा रहेको प्रहरी प्रशिक्षणस्थल बुडरको भौतिक पुर्वाधारको जगेर्ना गर्दै प्रहरी प्रशिक्षणस्थल बुडरलाई स्तरोन्नति गरि प्रहरी तालीम केन्द्रको रुपमा विकसित गर्ने लक्ष्य राखिएकोछ । आज यहा उपस्थित वरिष्ट महानुभावहरु लाई यसै तालिम केन्द्र र यसकै सेरोफेरोमा संझिप्त जानकारी गराउन पाउदा अत्यन्त हर्षित छौ ।
SSP Pravin Dhital
Commandant