प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
 
 
आसरा सुधार केन्द्र फुलबारी, धनगढी कैलाली
परिचय

       

            यस सुदूरपश्चिम प्रदेशमा विद्यमान लागू-औषध दुर्ब्यसन, एड्स, चेलिबेटी बेचबिखन जस्ता सामाजिक दुष्कृति एवं विकृतिहरु मानब सभ्यता बिरुद्धको जटिल समस्या भएकाले नै उल्लेखित विकृति तथा विसंगतिलाई निर्मुल गर्दै त्यस्ता मानसिक तनाब तथा रोगबाट पीडीत भई परिवार र समाजबाट अपहेलित तथा बिस्थापित भएका ब्याक्तिहरुलाई पुनर्स्थापित गरि देशको सुयोग्य नागरिक बानाउनमा महत्वपूर्ण भमिका निर्वाहि गर्ने – कार्यमा टेवा पुर्‍याउने पवित्र सामाजिक उद्धेश्य लिई  आसरा सुधार केन्द्र फुलबारी [AASARA SUDHAR KENDRA PHULBARI (ASKP)] नामक *मुनाफा रहित संस्था स्थापना र संचालन गर्न वान्छनिय भएकाले संस्था दर्ता ऐन, २०३४ को अधिनमा रहि विधान तर्जुमा गरिएको छ ।
 
उदेश्यहरु

 

                नेपाल सरकारको प्रचलित ऐन कानुनको परिधि भित्र रहि सम्बन्धित निकायसंग सम्वद्ध समन्वय कायम गरि आसरा सुधार केन्द्र फुलबारीको उद्धेश्य देहाय बमोजिम हुनेछन् ।

 

१. समाजमा देखा परेका विभिन्न लागु-औषध दुर्ब्यसन, एड्स चेलिबेटी बेचबिखन जस्ता सामाजिक दुस्परिणाम एवम् बिकृतिहरुका विरुद्ध जनचेतना अभिबृद्धि गर्ने गराउने । 
२. लागू-औषधको सेवन, एडस लगायत अन्य रोग तथा दुर्ब्यसनमा लागी मानसिक रुपले पीडीत भई परिवार तथा समाजबाट विस्थापित भएका ब्यक्तिहरुलाई पुनर्स्थापित गर्ने । 
३. लागू-औषध प्रयोग कर्तालाई उपचार गरि गराई कुलतबाट सहि मार्गतर्फ उन्मुख गराउने र परिवारमा जनचेतनाको अभिबृद्धि गराई लागू औषध प्रयोग कर्ताहरु प्रतिको दृष्टिकोणमा परिवर्तन गराउने । 
४. लागू औषध प्रयोग कर्ताहरुलाई पुनर्स्थापित गर्नको लागी पुरुस एवम महिला Rehabilitation Centre केन्द्र, परामर्श सेवा केन्द्र अध्ययन अनुसन्धान आदी केन्द्र स्थापना गर्ने तथा संचालन गर्ने गराउने ।  
५. एडस रोगी तथा देहब्यापारद्धारा पीडित महिलाहरुलाई आत्म निर्भर बनाई समाजमा स्थापित गर्नका लगी शिपमूलक तथा आयमूलक तालीमको ब्यबस्था गर्ने, गराउने ।
६. केन्द्र संचालनका लागी आवश्यक साधन श्रोत एवं प्रविधिको व्यवस्था मिलाउने ।
७. केन्द्रका उद्धेश्यहरुलई बिभिन्न संचार माध्यमबाट प्रचारप्रसार गर्ने तथा उद्धेश्यसँग सम्बन्धित बिषयहरुको ज्ञानसर्वसाधारणलाई गराउन पुस्तक,पुस्तिका पत्रपत्रिका स्मारिका आदि प्रकाशन योग्य सामाग्रीहरु छपाई गरि प्रकाशित गर्ने गराउने ।
८. यस्तै उद्धेश्यले भएका अन्य संघ संस्थाहरु,अन्तर्राष्ट्रिय संघ संस्थासँग आबद्धको निमित नेपाल सरकारको स्वीकृति लिई कार्यक्रम संचालन गर्ने गराउने ।
९. आसरा सुधार केन्द्र फुलबारी नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण पहलकदमीमा स्थापना भएकोले नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशको उद्धेश्य प्राप्तिमा समेत रचनात्मक सहयोग गर्ने ।
१०. माथी उल्लेखित उद्धेश्यहरुसँग सम्बन्धित अन्य कार्यहरु गर्ने ।