सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायल - हाम्रो बारेमा
उद्देश्य:
- संगठनको मूल्य, मान्यता (Norms, Value) र अनुशासन लाई कायम राख्दै जन अपेक्षा अनुसार सेवा उपलब्ध गराउन प्रहरीको आचरण व्यवहारलाई जनमैत्री एवं चुस्त दुरुस्त बनाउने सन्दर्भमा तालिमको माध्यमद्बारा ज्ञान, सिप र कार्य कौशलता प्रदान गर्ने ।
- तालुक कार्यालय तथा यस केन्द्रको तत्वावधानमा आयोजित तालिमहरु संचालन गर्ने र मातहत प्रहरी ईकाईहरुमा संचालन गराउने ।
- नव प्रवेशी प्रहरी जवानहरुलाई आधारभूत तालिम र प्रहरी सहायक निरीक्षक लाई जुनियर प्रहरी अधिकृत अल्पकालीन आधारभूत तालीम संचालन गरी व्यावसायिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने साथै आचरण तथा प्रहरी संस्कार र मुल्य मान्यताहरुको विकास गराई कुशल तथा सक्षम प्रहरी जनशक्तिको उत्पादन गर्ने ।
- सेवा बिशिष्टिकरणको अबधारणा अनुसार समय सापेक्ष व्यवसायीक क्षमता अभिबृध्दी गर्न तालीमको निति र कार्य योजना अनुसार बिभिन्न उन्नत, अनुशिक्षण तथा On the job training तालीमहरु सञ्चालन गर्ने ।
- नियमित अतिरिक्त कृयाकलापको माध्यमबाट प्रशिक्षक, प्रशिक्षार्थी लगायत सबै प्रहरी कर्मचारीहरुको ब्यक्तिगत क्षमतालाई प्रष्फुटन गराई नेतृत्व क्षमताको विकास गर्ने ।
- प्रहरी प्रशिक्षण निकायहरुका लागि आवश्यक कुशल एवं योग्य बाहय प्रशिक्षकहरु तयार गर्नु ।
- तालीम सम्वन्धि खोज तथा अन्वेषण गर्ने साथै आवश्यकता अनुसार निरीक्षण, अनुगमन एवं मुल्यांकन गरी सल्लाह सुझाव प्रदान गर्ने
निष्पक्ष एवं पारदर्शी भर्ना तथा छनौट गर्ने । - प्रहरी कर्मचारीहरुको वृति विकासको लागि बिभिन्न कल्याणकारी कार्य गर्ने
तालिम केन्द्रका कार्यहरु
क ) प्रहरी कार्य (Police Activity )
१) तालीम संचालन- आधारभुत/ उन्नत एबं अनुशिक्षण प्रशिक्षण संचालन
२) प्रहरी कार्य-
आन्तरिक - शान्ति सुरक्षा
बाह्य - शान्ति सुरक्षाको लागि थप मद्दत
३) आन्तरिक कृयाकलाप :- सांस्कृतिक कार्यक्रम , मासिक पत्रिका प्रकाशन
४) खेलकुद - आन्तरिक तथा बाह्य, प्रदेश स्तरिय खेलकुद, निजामती खेलकुद, जुडो, कराते, तेकवान्दो
५) प्रहरी दिवश/ राष्ट्रिय दिवश
ख ) जनसेवा (public service)
१) समाजिक कार्य –सरसफाई, सामाजिक निर्माण, धार्मिक कार्य,सुरक्षा गस्ती
२) उद्धार कार्य - आगलागी, बाढी, पहिरो, सवारी दुर्घटना
३) संगीत ब्याण्ड – सर्व साधरण ब्यक्तिहरु लाई न्युनतम शुल्कमा ब्याण्ड प्रदान
४) भर्ना छनौट - सुचना प्रबाह एबं छनौट
५) नागरिक सहायता कक्ष - जनसेवा प्रवाह सम्बन्धमा
६) अतिथि गृह - VIP र विशिष्ट श्रेणीका सरकारी कर्मचारीको लागि नि-शुल्क
७) Telemedicine सेवा
८) Social Media Crime Help Desk सेवा
ग) कल्याणकारी कार्य ( Wealfare Activity)
१) आन्तरिक कल्याणकारी कोष स्थापना र परिचालन
२) केन्द्रिय कोषबाट - प्रहरी परिवार आवास व्यवस्था
३) पुर्व प्रहरी कर्मचारीहरु बाट राय संकलन गरी उनिहरुको कल्याणकारी योजना प्रति सहयोगी भुमिका निर्बाह
४) महिला आवास भवन व्यवस्था – यस केन्द्रमा तालिमरत आधारभूत र उन्नत तालीमका महिला प्रहरीहरु बस्ने व्यवस्था ।

प्र.ना.उ. सुरज बहादुर खड्का
मो. ९८५१२८१८२९
ईमेल surajkhadka512@gmail.com
सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटी
SSP Pravin Dhital
Commandant