जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०८-१३
- A
- A-
- A+
बैतडी:- २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डिलाशैनी गाउँपालिका-४ द्वरी बस्ने ६८ वर्षीय मोहन सिंह बोहरालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । मोहनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट धौनाखोलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।